निर्णय नं. ४४२५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४२५ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/१०/१२ २४१७ निर्णय नं. ४४२५ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय सम्वत् २०४८ सालको रि.नं. ७५८ फैसला भएको मिति: २०४८।१०।१२ मा निवेदक : जनकपुर नं.पा.वा.नं. २ बस्ने रमादेवी ढुंगाना विरुद्ध प्रत्यर्थी : श्री मध्यमाञ्चल क्षेत्रीय अदालत, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) मोल वा उब्जा घटाउने कार्य मोहीबाट भएको अवस्थामा ऐ.ऐनको दफा २९ (२) अन्तर्गत नालेस लाग्न सक्ने भिन्दै प्रावधान रहेको अवस्थामा छुट्टै नालिस लाग्न सक्ने मुद्दा सम्बन्धी कारणलाई प्रस्तुत मुद्दामा आधार बनाइनु उचित एवं तर्कसंगत मान्न नसकिने । (प्रकरण नं. ७) (२) फैसलाको नक्कल प्राप्त गरेपछि समयमै अदालतमा प्रवेश गरेको देखिँदा अनुचित विलम्ब गरी आएको भन्न समेत नमिल्ने । (प्रकरण नं. ७) (३) मोही निष्काशनतर्फ क्षेत्रीय अदालतले मुद्दा सुहाउदो कारण नदिई निर्णय गरेको स्थितिमा क्षेत्रीय अदालतको फैसला प्रत्यक्षतः त्रुटिपूर्ण देखिएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७) रिट निवेदकतर्फबाट: विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्की विपक्षीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री अलिअकवर मिकरानी आदेश न्या.केदारनाथ उपाध्याय १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. जि. धनुषा गोविन्दपुर गा.वि.स. २(ख) कि.नं. २२ को क्षेत्रफल १–४–२ जग्गाको विपक्षी मोहीले २०४३ सालको कुतबाली समयमा नबुझाएको र धरौटी समेत नराखेकोले कुत धान १३।३४।४ वा सो (साविक पेज नं. ७९०) को मूल्य ४६५६।७५ विपक्षीबाट दिलाई भराई मोहीबाट निष्काशन समेत गरी पाउँ भनी विपक्षी भूमिसुधार अधिकारी समक्ष म्यादमा मेरो उजूरी परेकोमा जग्गा धनीले खोजेका बखत बाली बुझाउन तयार छु भन्ने समेतको विपक्षीको प्रतिउत्तर परेकोमा भू.सु.अ. बाट मिति ०४४।७।८ मा निर्णय हुँदा मोही निष्काशन हुने भएकोले कुत बुझाउन नपर्ने भन्ने भएकोले कुत तर्फ निवेदीकाको र निष्काशन तर्फ विपक्षीको पुनरावेदन परी मिति ०४६।३।१४ मा ज.अं.अ. बाट फैसला हुँदा कुत भरी पाउने तर मोही निष्काशन नहुने गरी फैसला भयो उक्त जनकपुर अञ्चल अदालतको फैसला उपर म.क्षे.अ. समक्ष मेरो पुनरावेदन परेकोमा मिति २०४६।९।२४ मा ज.अं.अ. को फैसलालाई सदर गरी म.क्षे.अ. बाट पुनरावेदन खारेज भयो । मेरो शुरु भू.सु.अ. मा परेको निवेदन भू.सं. ऐन, २०२१ को दफा २९ (१) र २९(३) अन्तर्गत परेको हो । उक्त दफा २९(१) ले कानुनले तोकेको अवस्था बाहेक अनिवार्य रुपमा म्याद भित्र मोहीले कुत बुझाउनु वा धरौट राख्नु पर्छ सो नभए मोही हटाउनु पर्ने कानुनी दायित्व छ र दफा २९(३) ले त्यस्तो मोहीबाट कुत समेत भराई माग्ने अधिकार कायम छ । तर विपक्षी प्रतिवादी कुत बुझाउन स्वयं तयार रहेको र कानुन बमोजिम कुत धरौटसम्म पनि राखेको छु भनी प्रतिवादीले जिकिर लिन नसकेको अवस्थामा मोहीबाट निष्काशन नगर्ने भन्ने कुनै किसिमको तजबिजी अधिकार भू.सु.का. वा अन्य अदालतलाई कानुनले प्रदान गरेको छैन । दफा २९(३) बमोजिम कुत भराउनु अघि मोही निष्काशन गर्नु पर्ने पूर्वशर्त उल्लेखित कानुन स्वयंले नै तोकेको अवस्थामा कानुनको आशय विरुद्ध गई श्री ज.अं.अ. ले मोही निष्काशन नहुने भनी ठहर गरेको र सोही ठहर सदर गरेको म.क्षे.अ. को ०४६।९।२४ को फैसला कानुनी छैन । जग्गाधनीले कुत बुझी नलिए