निर्णय नं. १०५९१ - जबरजस्ती करणी उद्योग र कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५९१ - जबरजस्ती करणी उद्योग र कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७६/१०/१९ २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।१०।१९ ०७५-CR-१५३९ मुद्दा:- जबरजस्ती करणी उद्योग र कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : जिल्ला बाग्लुङ, दर्लिङ गा.वि.स. वडा नं. ४ हाल गुल्मी, मुसीकोट गा.वि.स. वडा नं. ४ घर भई हाल कारागार कार्यालय, गुल्मीमा थुनामा रहेको मित्रलाल कामी विरूद्ध प्रत्यर्थी / वादी : कृष्णबहादुर थापाको जाहेरीले नेपाल सरकार भवितव्यबाट घटना घट्न गएको हो भन्ने जिकिर लिनेले सो कार्य दुर्घटना थियो, आपराधिक मनसाय र ज्ञानले गरिएको थिएन, काम गर्दा उचित सतर्कता र सावधानी राखिएको थियो भन्ने प्रमाणित गर्नुपर्ने । (प्रकरण नं.६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री इन्दिरा सिलवाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री मातृकाप्रसाद मरासिनी गुल्मी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री दयानाथ खरेल माननीय न्यायाधीश श्री बामदेव ज्ञवाली उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम दर्ता भई नियमबमोजिम पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । सुरूको घटनास्थल / लास जाँच मुचुल्का, जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, घटना विवरण कागज, अभियोगपत्र, साक्षीहरूको बकपत्र, प्रतिवादीको बयान, गुल्मी जिल्ला अदालतको फैसला, प्रतिवादीको उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा परेको पुनरावेदनपत्र र उच्च अदालत तुलसीपुर, बुटवल इजलासको फैसलाको बेहोरासमेत उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट भएको मिति २०७५।४।२२ को फैसलाबाट देखिने हुँदा यहाँ सो कुराको पुनरावृत्ति गरिएको छैन । यस अदालतको ठहर प्रतिवादी मित्रलाल कामीले ७५ वर्षीय वृद्ध महिला कौशिला थापालाई जबरजस्ती करणी गर्ने उद्देश्यले मृतकको घरभित्र पसी मृतकलाई समाउँदा मृतक कराउने, भाग्ने, उम्कने प्रयास गर्न खोज्दा मृतकको टाउको मझेरीमा ठोक्काई दिएको र सोही चोटको कारण निजको मृत्यु भएकोले प्रतिवादी मित्रलाल कामीको उक्त कार्य मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(५) नं. बमोजिम तथा ऐ. ऐन ज्यानसम्बन्धी महलको १ र १३(३) नं. बमोजिमको कसुर गरेको देखिँदा निज प्रतिवादीलाई मुलुकी ऐन, जबरजस्ती करणी महलको ३(५) नं. बमोजिम साथै ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्नेसमेत बेहोराको अभियोग मागदाबी भएको प्रस्तुत मुद्दामा सुरू गुल्मी जिल्ला अदालतले प्रतिवादी मित्रलाल कामीलाई अभियोग मागदाबीबमोजिम मुलुकी ऐन, जबरजस्ती करणी महलको १ र ३(५) नं. को कसुरमा सोही ३(५) नं. बमोजिम ३ वर्ष कैद र ज्यानसम्बन्धी महलको १ र १३(३) नं. को कसुरमा सोही महलको १३(३) नं. बमोजिम सर्वस्वसहित जन्मकैदको सजाय हुने ठहर्याई निज प्रतिवादीलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्न जाने देखिएकोले मुलुकी ऐन, अ.बं.१८८ नं. बमोजिम ५ (पाँच) वर्ष कैद सजाय गर्न रायसमेत व्यक्त गरी मिति २०७३।८।३० मा फैसला गरेको देखिन्छ । उक्त फैसलामा वादी प्रतिवादी दुवै पक्षको पुनरा