निर्णय नं. १०५९२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५९२ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७६/११/०६ १७६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७६।११।६ मुद्दा: कर्तव्य ज्यान ०७५-CR-१०२५ पुनरावेदक / प्रतिवादी : जिल्ला डोटी, पूर्वीचौकी गाउँपालिका वडा नं. ६ घर भई हाल कारागार कार्यालय, डोटीमा थुनामा रहेको टेकराज श्रेष्ठ विरूद्ध प्रत्यर्थी / वादी : देवीलाल थापाको जाहेरी नेपाल सरकार ०७५-CR-०९४१ पुनरावेदक / वादी : देवीलाल थापाको जाहेरी नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला डोटी, पूर्वीचौकी गाउँपालिका वडा नं.६ घर भई हाल कारागार कार्यालय, डोटीमा थुनामा रहेको टेकराज श्रेष्ठ कर्ता आवेश प्रेरित छ र निजले कसैउपर प्रहार गरेको चोट स्वाभाविक वा निर्दोष वा अन्जानमा नभई गैरकानूनी वा अनुचित रहेको र त्यो कार्यबाट कुनै मानिसको मृत्युसम्म हुन पुग्दछ भने त्यस्तो कार्यलाई भवितव्य मानी कम सजाय गर्न कानूनले अनुमति नदिने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री राधिका सुवाल प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री रामेश्वरप्रसाद कोइराला र श्री मनिषकुमार श्रेष्ठ अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री नरनारायण पौडेल डोटी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल उच्च अदालत दिपायल फैसला न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम दर्ता भई नियमबमोजिम दैनिक पेसी सूचीमा चढी निर्णयार्थ यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको फैसला सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ९१(४) र अनुसूची १२ को ढाँचामा तयार गरिएको छ । जाहेरी दरखास्त‚ अभियोगपत्रलगायतका तथ्य खण्ड, डोटी जिल्ला अदालतको फैसला, उच्च अदालत दिपायल फैसलाको बेहोरासमेतबाट देखिने हुँदा सोको यहाँ पुनरावृत्ति गरिएको छैन । यस अदालतको ठहर प्रतिवादी टेकराज श्रेष्ठ र मृतक मोहनसिंह थापासँग विवाद भई प्रतिवादीले मृतकसँग रहेको घगारूको आलो लठ्ठीले मृतकको टाउकोमा प्रहार गरेको र सोही चोटका कारण मोहनसिंह थापाको मृत्यु भएको देखिँदा प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १ र १३(३)) नं. बमोजिमको कसुरमा सोही महलको १३(३) नं. बमोजिम सजाय गरिपाउँ भन्ने अभियोग मागदाबी रहेकोमा डोटी जिल्ला अदालतबाट प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम कसुर कायम गरी १० वर्ष कैदको सजाय हुने ठहर्याई मिति २०७३।१२।०२ मा फैसला भएको देखियो । सो फैसलाउपर चित्त नबुझी वादी नेपाल सरकार र प्रतिवादी टेकराज श्रेष्ठको पुनरावेदन परेकोमा उच्च अदालत दिपायलबाट सुरू फैसला सदर हुने ठहर्याई मिति २०७५।०२।०६ मा फैसला भएको र सो फैसलाउपर चित्त नबुझी वादी प्रतिवादी दुवै पक्षको तर्फबाट यस अदालतमा प्रस्तुत पुनरावेदन पर्न आएको देखियो । वादी नेपाल सरकारको पुनरावेदनपत्रमा प्रतिवादीलाई मृतकले चोरीको आरोप लगाएकोले सोको पूर्वरिसइवीका कारण मृतकको टाउको जस्तो सवंदेनशील अङ्गमा पटकपटक प्रहार गरी लाग्न गएको चोटको कारणबाट मृतक मोहनसिंह थापाको मृत्यु हुन गएको अवस्था हुँदा सो वारदातको प्रकृतिबाट ज्यानसम्बन्धी महलको १३(३) नं. बमोजिम कसुर कायम गरी सजाय गर्नुपर्नेमा ऐ. महलको १४ नं. बमोजिम कसुर कायम गरी सजाय गर्ने गरेको उच्च अदालत दिपायलको फै