निर्णय नं. १०५९४ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५९४ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०२/२९ ४११२ सर्वोच्च अदालत, संयुक्त इजलास़ माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।२।२९ ०७५-CR-२३३५ मुद्दा:- जबरजस्ती करणी पुनरावेदक / वादी : परिवर्तित नाम D-D1 को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : धनबहादुरको छोरा ताप्लेजुङ जिल्ला आङखोप वडा नं २ घर भई हाल तेह्रथुम जिल्ला लालीगुँरास नगरपालिका वडा नं. २ बस्ने दलबहादुर तामाङ महिलाहरूउपर हुने कुनै प्रकारको हिंसा, बलात्कारजन्य कुकृत्यप्रति न्यायिक संवेदनशीलता देखाउन अत्यन्त आवश्यक हुन्छ । कानूनले समेत महिला विरूद्ध हुने हिंसा नियन्त्रण गर्ने अभिप्रायले विभिन्न संरक्षणात्मक प्रावधानहरू व्यवस्थित गरेको पाइन्छ । तथापि यी विषयहरूलाई न्यायको मूल अपेक्षा वा सम्भावित न्यायिक प्रक्रिया दुरूपयोगको अवस्थातर्फ दृष्टि नपुर्‍याई एक पक्षीय ढङ्गबाट मुद्दाको सुरूवातमा दिएको जाहेरी वा उजुरीलाई नै निश्चयात्मक प्रमाणको रूपमा मान्यता दिई कुनै व्यक्तिलाई दोषी ठहर गर्दा अन्यायपूर्ण अवस्था परिणामले प्रश्रय पाउन सक्छ । यस्तो अन्यायपूर्ण र विभेदकारी अवस्था पैदा नहोस् भन्‍ने मान्यतालाई आत्मसाथ गरेर फौजदारी न्यायका आधारभूत मान्यताहरूअनुकूल हुने गरी न्याय निरूपण गर्नु वाञ्छनीय देखिने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री नारायणप्रसाद पराजुली तेह्रथुम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री नीता गौतम दीक्षित माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम उच्च अदालत विराटनगर, धनकुटा इजलास फैसला न्या.हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७४/०८/२५ गते बिहानको अ.४:३० बजेको समयमा म आफ्नो श्रीमान् परिवर्तित नाम D-D2 सँग घरमा सुतिरहेको अवस्थामा प्रतिवादी दलबहादुर तामाङ रक्सी बोकी मेरो घरमा आई मेरो श्रीमान्‌लाई रक्सी दिई मलाई आज सोमबारको बसन्तपुर बजार लागेको छ मसँग हिँड् मासु खरिद गरिदिन्छु भनेकोले मेरो श्रीमान्‌को सल्लाहमा बिहानको अ.५:०० बजे म प्रतिवादी दलबहादुर तामाङसँग बसन्तपुर बजारतर्फ गइरहेको अवस्थामा जिल्ला तेह्रथुम लालीगुँरास न.पा.१ स्थित देवेन्द्र थापाको बारीको पश्चिमपट्टिको डिलको भित्तामा मलाई जबरजस्ती भुइँमा लडाई मैले लगाएको सुरूवाल तानी खोली आफ्नो पाइन्ट कट्टुसमेत खोली मेरो ईच्छाविपरीत मेरो योनिभित्र आफ्नो उत्तेजित लिङ्ग छिराईभित्र बाहिर गरी मलाई जबरजस्ती करणी गरी भागी फरार भएको हुँदा अन्यायी दलबहादुर तामाङलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडित वर्ष ५० की परिवर्तित नाम D-D1 ले मिति २०७४।०८।२५ मा दिएको जाहेरी दरखास्त । जिल्ला तेह्रथुम लालिगुँरास न.पा. वडा नं.१ स्थित देवेन्द्र थापाको बारीदेखि पूर्वमा देवेन्द्र थापाको गोठ, पश्चिममा कल्पना अधिकारीको जग्गा, उत्तरमा दलबहादुर गुरूङको जग्गा र दक्षिणमा बुद्ध कुमारी लिम्बुको जग्गा यति चार किल्लाभित्रमा पर्ने देवेन्द्र थापाको बारीको पश्चिम पट्टिको डिलको भित्तामा असारेको स-सानो बिरूवा घाँस रहेको उक्त