निर्णय नं. १०५९६ - मानव बेचबिखन तथा ओसारपसार
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५९६ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०३/०१ २४१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।३।१ ०७६-CR-०६६४ मुद्दा:- मानव बेचबिखन तथा ओसारपसार पुनरावेदक / वादी : L उपनामसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला झापा, धाइजन गाउँ विकास समिति वडा नं. ७ घर भई हाल परिवर्तन मेचीनगर नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल कारागार कार्यालय, झापामा कैदमा रहेको मुना मगर मेचे फौजदारी कसुरमा जसले जे जस्तो कसुर गरेको हो सोहीअनुसारको नै सजाय हुनु न्यायोचित हुन जाने हुन्छ । केबल कसुर कायम भयो भन्दैमा कसुरको मात्रालाई विचारै नगरी ठुलो सजाय गराउने र गर्ने उद्देश्यबाट अभिप्रेरित भई बलपूर्वक व्याख्या गरी ठुलो सजाय तोकिनु फौजदारी न्यायको मर्मविपरीत हुन जाने भई न्यायको अनुभूतिसमेत हुन सक्दैन अतः कसुरअनुसारकै सजाय तोकिनु न्यायको मर्म पनि हो भने न्यायोचित कुरा पनि हुन आउने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सुरू तहमा फैसला गर्नेः- मा. न्यायाधीश श्री पुर्णेश्वरप्रसाद उपाध्याय झापा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री प्रकाशचन्द्र गजुरेल माननीय न्यायाधीश श्री अच्युत विष्ट उच्च अदालत विराटनगर, इलाम इजलास फैसला न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) (ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७१।०५।१६ गते बिहान ०८:०० बजेको समयमा हाम्रा छोरीहरू नाबालक S उपनाम र M उपनाम घर डेराकोठाबाट स्कुलमा कोचिङ क्लास लिनको लागि भनी स्कुल ड्रेस लगाई झोला बोकी गएकामा स्कुल छुट्टी भएपश्चात् पनि घरमा नआएपछि छोरीहरूको खोजी गर्दै जाँदा विपक्षीमध्येका मुना मगर मेचेले आफ्नो डेराकोठामा बोलाई मासु कोकलगायतका खाने कुरा दिई लोभलालचमा पारी वेश्यावृत्तिमा लाउने उद्देश्यले विभिन्न केटा (पुरूष) मानिसहरूसँग सम्पर्क गराइदिनेसमेतको कार्य गरेको र विपक्षीमध्येका केदार चौलागाइँले सञ्चालन गरेको होटलमा लगी होटलमा आउने पुरूषहरूसँग चिनजान गराई सँगै बियर खान लगाई पैसा कमाई हुन्छ भनी पुरूषहरूसँग शारीरिक सम्पर्कसमेत गर्न लगाएको हुँदा निज प्रतिवादीहरूलाई पक्राउ गरी कानूनबमोजिम कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको जाहेरी दरखास्त । मिति २०७१।०५।१६ गते बिहान अन्दाजी ८:३० बजेको समयमा म र M उपनाम भएकी साथीलाई मुना मगर मेचेको घर डेरामा बोलाएकाले गयौं निजले स्कुल ड्रेस चेन्ज गर्न लगाई बसपार्कमा मेरो घर छ हेर्न जाउँ भनी हामीलाई एउटा रिक्सामा पठाइन् । निज एक्लै अर्को रिक्सामा आइन् । बसपार्कमा पुगेपछि नाम थाहा नभएको होटलमा सरासर लगी तलामाथि गएपछि अर्का प्रतिवादी केदार चौलागाइँ आई हाम्रो छेउमा बसे । निज केदार चौलागाइँले बियर मगाई जबरजस्ती हामीलाई खान लगाए र इन्कार गर्दा मुना मगर मेचेले समेत गाली गरिन् । सोही होटलमा आउने परपुरूषसँग साथी M उपनामलाई पैसा आउँछ भनी कोठामा जबरजस्ती छिराई बाहिरबाट केदार चौलागाइँले ढोका लगाई दिएका हुन् । यसरी निज मुना मगर मेचे र केदार चौलागाइँले हामीलाई विभिन्न