निर्णय नं. १०५९८ - लागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५९८ - लागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत) भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०३/२१ ५६२८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति: २०७७।३।२१ ०७२-CR-०७७८ मुद्दाः लागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत) पुनरावेदक / वादी : प्रहरी नायब निरीक्षक अरूणकुमार चौधरीको प्रतिवेदनले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका वडा नं.१ घर भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३५ कोटेश्‍वर जडीबुटी बस्ने श्रीप्रसाद राजभण्डारीको छोरा समिर राजभण्डारीसमेत सेवनकर्ताले पनि कहीँ-न-कहीँबाट लागु औषध प्राप्त गर्ने हुन्छ । यसरी प्राप्त गर्ने र आफ्नो साथमा लिई हिँड्ने कार्य व्यापारिक प्रकृतिको अर्थात् अरू मानिसलाई बिक्री गरी नाफा वा लाभ प्राप्त गर्ने गरेको भन्ने नदेखिएको अवस्थामा त्यसलाई खरिद-बिक्री, सञ्चय वा ओसारपसारको कसुर ठहर गर्नु न्यायोचित नहुने । अभियोजन पक्षले खरिद-बिक्री तथा ओसारपसारतर्फको कसुर प्रमाणद्वारा पुष्टि गर्न नसकेको, केबल केही मात्राको प्रतिबन्धित लागु औषध बरामद भएको भन्ने आधारमा नै शंका गरी अभियोग मागदाबीअनुसार खरिद-बिक्री, सञ्चय तथा ओसारपसारको कसुर गरेको भनी ठहर गर्नु मनासिब नहुने । (प्रकरण नं.३) पुनरावेदक / वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री प्रकाशकुमार मरासिनी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः मा. न्यायाधीश श्री श्‍यामसुन्दर अधिकारी पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री डा. कुलरत्‍न भुर्तेल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्‍ठ पुनरावेदन अदालत हेटौंडा फैसला न्या.ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम पुनरावेदन गर्ने अनुमति प्रदान भई यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य खण्ड पर्सा जिल्ला, वीरगन्ज उपमहानगरपालिका वडा नं. १७ स्थित उत्तर दक्षिण सडक, पूर्व गण्डक अस्पताल तथा पश्चिम गण्डक प्रहरी पोष्ट सो चारकिल्लाभित्र सडकमा समिर राजभण्डारी, प्रेम भन्ने प्रकाश महत र सुनिल प्रजापतीको कानूनबमोजिम शरीर खानतलासी गर्दा सुनिल प्रजापतिको साथबाट लागु औषध नाइट्रोभेट ट्याबलेट ४५ वटा, बसको टिकट थान १, निजको नाउँको सवारी चालक अनुमतिपत्र, प्रेम भन्ने प्रकाश महतको साथबाट लागु औषध इन्जेक्सन २ एम.एल.को डाइजेपाम ५० पिस, फेनारगन ५० पिस, लुप्रिजेसीक ५० पिस र समिर राजभण्डारीको साथबाट निजको नाउँको सवारी चालक अनुमतिपत्र थान १ फेला परेकोले बरामद गरेको भन्ने खानतलासी तथा बरामदी मुचुल्का । मिति २०७०।३।१२ गते मेरो कमान्डमा टोली खटी विभिन्न सवारी साधन तथा पैदल यात्रुहरूसमेतको चेकजाँच गरिरहेको अवस्थामा ३ जना पुरूष मानिसहरू दक्षिणतर्फबाट उत्तरतर्फ जाने उद्देश्यले पैदल हिँडी आई रहेको देखी रोकी नाम, थर, वतन सोधपुछ गर्दा समिर राजभण्डारी, प्रेम भन्ने प्रकाश महत र सुनिल प्रजापती भनी बताएकोले निजहरूको शरीर खानतलासी लिँदा निज सुनिल प्रजापतीको साथबाट लागु औषध नाइट्रोभेट ट्याबलेट ४५ वटा, बसको टिकट थान १, निजको नाउँको सवारी चालक अनुमतिपत्र, प्रेम भन्ने प्रकाश महतको साथबाट लागु औषध इन्जेक्सन २ एम.एल.को डाइजेपाम ५० पिस, फेनारगन ५० पिस, लुप्रिजे