निर्णय नं. १०५९९ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५९९ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०३/२८ २१४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. आदेश मिति : २०७७।३।२८ ०७३-WO-०८४७ मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : पर्वत जिल्ला पकुवा गा.वि.स. वडा नं. ६ घर भई हाल भक्तपुर जिल्ला स्थित परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा लेखा नियन्त्रक पदमा कार्यरत कर्मचारी संकेत नं. १४०५३४ को वेगनाथ पौडेल विरूद्ध विपक्षी : नेपाल सरकार, सामान्य प्रशासन मन्त्रालयसमेत राज्यद्वारा निर्मित ऐन नियमहरूमा राज्यको भन्दा पनि कर्मचारीहरूको हक-हित सम्बर्द्धन गरिएको हुन्छ । निजामती सेवाको सेवा सर्तसम्बन्धी व्यवस्था राज्य र कर्मचारीबिचको सम्बन्धलाई निश्चित गर्ने र कर्मचारीको सेवाको सुरक्षाको प्रत्याभूति दिने महत्त्वपूर्ण कडीको रूपमा रहेको छ । निजामती सेवा राज्य र कर्मचारीबिचको करारको रूपमा लिइन्छ भने करारको सर्तको रूपमा निजामती सेवा ऐन तथा नियमावलीमा भएका व्यवस्था रहेका हुन्छन् । तसर्थ, त्यस्तो करारको उल्लङ्घन दुवै पक्षबाट गरिँदैन भन्ने मान्यतामा सेवाका सर्तहरू निश्चित गरिएको हुने । (प्रकरण नं.६) कर्मचारीले प्रक्रिया पूरा नगरी समयावधिपछि निवेदन दिन आएको भए (करारको उल्लङ्घन भएको अवस्था) सेवा सुविधाबाट वञ्चित गर्ने आधार हुन सक्छ । तर निवेदक आफैँ जागरूक भई समय समयमा विभिन्न सम्बन्धित निकायमा आफ्नो सेवा अवधि गणना गर्न लागिपरेको अवस्थामा कार्यालयको लापरबाहीका कारण सो निवेदनबमोजिमको माग पूरा गर्न नमिल्ने भनी विपक्षीहरू आफ्नो दायित्वबाट पञ्छिन नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री यज्ञमूर्ति बन्जाडे विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : निजामती सेवा ऐन, २०४९ आदेश न्या.दीपककुमार कार्की : नेपालको संविधानको धारा ४६ एवं धारा १३३ को उपधारा (२) र (३) बमोजिम दर्ता भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार रहेको छः- म निवेदक मिति २०४२/१/१९ मा नेपाल प्रशासन सेवा लेखा समूहको सहलेखापाल (रा.प.अनं. द्वितीय श्रेणी) पदमा स्थायी नियुक्ति भई मिति २०५२/१०/६ सम्म अविच्छिन्न १० वर्ष ८ महिना १८ दिन सोही पदमा सेवारत रहेकोमा सोही सेवा समूहको लेखापाल रा.प.अनं. प्रथम श्रेणी पदमा खुल्ला प्रतियोगिताबाट उत्तीर्ण भई रा.प.अनं. द्वितीय श्रेणी पदबाट राजीनामा दिई सोही मितिबाट लेखापाल (रा.प.अनं. प्रथम श्रेणी) को स्थायी नियुक्ति पाई सोही पदबाट पदोन्नति हुँदै हाल सोही सेवा, समूहको उपसचिव (रा.प. द्वितीय श्रेणी) मा कार्यरत छु । सहलेखापाल (रा.प.अनं. द्वितीय श्रेणी) पदमा रहँदाको कार्य अवधि पनि हालको सेवा अवधिमा गणना गरिपाउँ भनि निजामती किताबखानामा निवेदन दिएकोमा निजामती किताबखानाबाट मिति २०७३/८/१५ च.नं. ३७३९ को पत्रमा “विद्यमान निजामती सेवा नियमावली, २०५० को नियम १२३ को व्यवस्थाबमोजिम निजको तत्कालीन सेवा हाल आएर गणना गर्न सकिने आधारहरू संलग्न कागजातमा नदेखिएको हुँदा पहिलेको सेवा गणना गर्न नसकिने बेहोरा निर्णयानुसार अनुरोध छ” भनी परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा पठाई मलाईसमेत बोधार्थ गरेकोमा सो निर्णयउपर सामान्य प्रशासन मन्त्रालयमा उजुरी-निवेदन दिएकोमा सो मन्त्रालयबाट मिति २०७३/९/१९ च.नं. ३१४ को “निजको पहिलेको स्थायी सेवा अवधि हालको सेवा (पदम