निर्णय नं. १०६०१ - उत्प्रेषण / निषेधाज्ञा / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६०१ - उत्प्रेषण / निषेधाज्ञा / परमादेश भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०३/२९ १५२६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।३।२९ ०७३-CI-१२१४ मुद्दा : उत्प्रेषण / निषेधाज्ञा / परमादेश पुनरावेदक / निवेदक : जिल्ला महोत्तरी गा.वि.स. सुन्दरपुर वडा नं.३ बस्ने तौकिर मंसुर विरूद्ध विपक्षी : गा.वि.स. को कार्यालय सुन्दरपुर महोत्तरीसमेत स्थानीय समुदायको धर्म, संस्कृति, मूल्य, मान्यता संरक्षण र संवर्द्धन गर्न परम्परादेखि चली आएको कब्रस्थानको जग्गाको हकमा समेत उचित व्यवस्था गर्नुपर्ने । (प्रकरण नं.१० र १३) पुनरावेदक / निवेदकका तर्फबाट : विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान सुरू अदालतमा फैसला गर्नेः- मा. मुख्य न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश श्री रामचन्द्र यादव पुनरावेदन अदालत, जनकपुर आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत, जनकपुर मिति २०७३।०३।२८ को फैसलाउपर निवेदकका तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- तथ्य खण्ड हामी मुस्लिम समुदायले परापूर्वकालदेखि उपयोग गरिरहेको महोत्तरी जिल्ला सुन्दरपुर गा.वि.स. वडा नं. ३ को साबिक मौजा ६३३ नं. तथा हालको कि.नं. ६३२, ६३३ र ६३४ तथा वडा नं.३ (ख) कि.नं.६६ को २-११-१९ मुस्लिम समुदायले आफ्नो धार्मिक आस्था परम्परा संस्कारबमोजिम पोखरीको डिलको जग्गामा लास दफनाउने पोखरीको पानीले लासलाई पवित्र पार्ने लास दफनाइसकेपछि संस्कारमा भाग लिने व्यक्तिहरू पवित्र हुन हातखुट्टा धुने नुहाउने र वर्षमा एक पटक आफ्ना पुर्खाको सम्झनामा जम्मा भई पूजाआजा गर्ने जस्ता कार्यको लागि निर्विवाद रूपमा उपयोग गरिरहेकोमा विपक्षी गा.वि.स. तथा सचिवले वडा नं.३ को जंगलहिया पोखरीलाई वडा नं.२ भनी दूषित सूचना प्रकाशित गरी हाम्रो रीतिरिवाज परम्पराविपरीत व्यावसायिक तथा आर्थिक प्रयोजनका लागि मिति २०७०/३/७ मा ठेक्कापट्टा लगाउने सूचना प्रकाशन गरेकोले सो सूचनाले निवेदकसमेतको नागरिक हकमा गम्भीर आघात पुर्याएको र पुनः पुर्याउन सक्ने आशंका भएको हुँदा विपक्षीको ठेक्का पट्टासम्बन्धी सूचना सो सम्बन्धमा विपक्षीले निर्णय पत्राचार गरेको भए सोसमेत उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः ठेक्का टेन्डरको सूचना र प्रकाशित सूचनालाई कार्यान्वयन नगरी लास दफनाउने कार्यमा हस्तक्षेप नगर्नु, नगराउनु तथा भौतिक संरचनालाई परिवर्तन नगर्नु, नगराउनु शान्ति सदभाव कायम राख्नु सार्वजनिक पोखरीयुक्त जग्गालाई कब्रस्थानकै रूपमा संरक्षण गर्नु, गराउनु भनी विपक्षीहरूको नाउँमा निषेधाज्ञायुक्त परमादेशलगायतको उपयुक्त आदेश जारी गरिपाउँ भन्नेसमेत रिट निवेदन बेहोरा । यसमा के कसो भएको हो ? निवेदन मागबमोजिमको आदेश किन जारी नहुने हो ? आदेश जारी हुनु नपर्ने कुनै कारण र आधार भए सोसमेत खुलाई बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी नियमानुसार पेस गर्नु । साथै निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा मिसिल संलग्न कागजातको अध्ययन गर्दा विषयवस्तुको संवेदनशीलतालाई समेत विचार गर्दा अन्तरिम आदेश जारी गर्न आवश्यक देखिँदा निवेदनमा उल्लिखित जंगलहिया पोखरीको डिल तथा सो पोखरीमा व्यावसायिक प्रयोजनको कार्य हाल नगर्नु नगराउनु