निर्णय नं. १०६०२ - मानव बेचबिखन तथा ओसारपसार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६०२ - मानव बेचबिखन तथा ओसारपसार भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७७/०३/२९ २६८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्‍मालता माथेमा फैसला मिति : २०७७।३।२९ मुद्दाः- मानव बेचबिखन तथा ओसारपसार ०७२-CR-०४२९ पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, मोतिपुर गा.वि.स. वडा नं. ८ घर भई हाल जिल्ला कारागार कार्यालय, पाल्पामा थुनामा रहेको लाल बहादुर परियारको श्रीमती माया परियारसमेत विरूद्ध प्रत्यर्थी / वादी : उमा परियारको जाहेरीले नेपाल सरकार ०७२-CR-११३१ पुनरावेदक / वादी : उमा परियारको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला प्युठान, बाङ्गेसाल गा.वि.स. वडा नं. २ बस्ने सुनिल मिश्रको श्रीमती माष्टर्नी भन्ने गीता मिश्रसमेत वादी पक्षका साक्षीहरूले जाहेरवालाको कुरा सुनेकै भरमा बकपत्र गरेको देखिएबाट त्यस्तो जाहेरी बेहोरा जाहेरवालाको बकपत्र र निजले भनेकाले सुनी थाहा पाएको हो भन्‍ने साक्षी भनाइका आधारबाट मात्र मानव बेचबिखनजस्तो गम्भीर अपराधमा दोषी ठहर गर्नु न्याय र कानूनसङ्गत नहुने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्द उपाध्याय प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्‍ठ अधिवक्ता श्री कृष्‍णप्रसाद सापकोटा र विद्वान् अधिवक्तात्रय श्री मुकुन्द न्यौपाने, श्री कमलेश द्विवेदी र श्री श्यामकुमार श्रेष्‍ठ अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ सुरू तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री अच्युतप्रसाद भण्डारी कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री प्रकाशचन्द गजुरेल माननीय न्यायाधीश श्री वीरेन्द्र कुमार कर्ण पुनरावेदन अदालत बुटवल फैसला न्या.सुष्मालता माथेमा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मिति २०६८ सालको जाडो महिनामा मलाई माया परियारले ब्युटीपार्लरमा काम गर्ने भनी ललाई फकाई गरी मोतिपुर गा.वि.स.को वनगाईसम्म ल्याई लिला गुरूङ र विना भन्ने महिलाहरूको जिम्मा लगाइ दिएको र तीनजना महिलाहरूले मलाई वनगाईबाट नेपालगन्ज हुँदै भारतको दिल्ली पुर्‍याई लिई जानेमध्ये विनाको घरमा ४ दिन राखी जि.वि. रोड स्थित वेश्यालयमा बेचिदिएकोमा एकजना नेपाली केटाको सहयोगमा त्यहाँबाट भाग्न सफल भएकी हुँदा उक्त प्रतिवादीहरूलाई कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको उमा परियारले दिएको जाहेरी दरखास्त । मेरो घरमा सौतेनी आमा तथा गरिबी भएको कारण रोजगारीको खोजीमा रहेकी र मैले माया परियारलाई जागिर खोजिदिन भनी अनुरोध गरेकीमा मिति २०६८ सालको जाडो समयमा माया परियारले मलाई बोलाई तिमीलाई भारतको कोटला शहरमा ब्युटी पार्लरमा काम लगाई दिन्छु भनेकोले म पनि सहमत भएपछि निजले मलाई मेरो घर ढोडेकोलबाट वनगाई ल्याइ मलाई विना र लिलासँग भेट गराई माया परियार र ३ जना महिलाले कुराकानी गरे । त्यसपछि मलाई माया परियारले तिमी उहाँ दिदीहरूसँग जानु र दिदीहरूले भने जस्तै गर्नु भनी अह्राई माया परियार सोही वनगाईबाट फर्किइन् । मसमेत नेपालगन्ज जाने माइक्रो बसमा चढी तीनजना दिदीहरूसँगै नेपालगन्जतर्फ लाग्यौ । दाङ पुगेपछि माष्टर्नी दाङ झरिन् भने हामी ३ जना विनाको भाउजुको घर नेपालगन्जमा गई बसी अर्को दिन बिहान विना, लिला र म दिल्ली पुगी विनाको दिल्ली स्