निर्णय नं. १०६०५ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६०५ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/११/२७ १२१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७५।११।२७ ०७०-WO-०७७९ विषयः उत्प्रेषण / परमादेश निवेदक : जुजुमानको नाति कर्णप्रसाद श्रेष्ठको छोरा चितवन जिल्ला, जगतपुर गा.वि.स. वडा नं. २ स्थायी वतन भई ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका वडा नं. २ सानेपा बस्ने हाल कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौंमा वैदेशिक रोजगार ठगी मुद्दामा थुनामा रहेको कृष्णकुमार श्रेष्ठ विरूद्ध विपक्षी : वैदेशिक रोजगार न्यायाधिकरण, घट्टेकुलो, काठमाडौंसमेत आफैँले आधिकारिक निकायमा पेस गर्ने कागजातमा एउटा वतन उल्लेख गर्ने, त्यही वतन उल्लेख गरी कम्पनी सञ्‍चालन गर्न अनुमति प्राप्त गर्ने, सेयरको लाभ लिने र कम्पनीकै विषयमा मुद्दा दर्ता भइसकेपछि आफ्नो वतन त्यो होइन, त्यसमा म्याद सूचना प्रकाशित गर्दा प्रतिरक्षा गर्न पाइन, संविधानप्रदत्त हकमा आघात भयो भन्दै रिट निवेदन दायर गर्दै जाने र आदेश पनि हुँदै जाने हो भने पीडितले न्याय पाउन नसक्ने । (प्रकरण नं.८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री मुकुन्द न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री महेशप्रसाद खत्री अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ एवं धारा १०७(२) को आधारमा दायर हुन आएको प्रस्तुत उत्प्रेषणसमेतको निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ: म निवेदकको स्थायी ठेगाना चितवन जिल्ला, जगतपुर गा.वि.स. वडा नं. २ भई ऐ. भरतपुर न.पा. वडा नं. २ क्षेत्रपुर तथा ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा नं. २ सानेपामा समेत बसोबास रहेको छ । काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १३ कालिमाटीमा अवस्थित हाई हिमालयन गोर्खा सर्भिसेज प्रा.लि. मा रहेको आफ्नो सम्पूर्ण सेयर निवेदकले अन्य सेयरधनी सञ्‍चालकहरूलाई हस्तान्तरण गरी निवेदकको सेयर लगत कट्टा अभिलेख भइसकेपश्चात् उक्त प्रा.लि. का विरूद्ध विपक्षी वैदेशिक रोजगार विभागसमक्ष परेका विभिन्न उजुरीहरूउपर कारबाही भई निवेदकसमेतलाई पूरक अभियोगद्वारा प्रतिवादी कायम गरी विपक्षी वैदेशिक रोजगार न्यायाधिकरणसमक्ष चलाइएको विकास खड्‍गीसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निवेदकसमेत भएको मुद्दामा निवेदकको ललितपुर जिल्ला ल.पु.उ.म.न.पा. वडा नं. २ सानेपाको ठेगानामा म्याद जारी गरी म्याद तामेली भई सोअनुरूप उक्त मुद्दामा निवेदक न्यायाधिकरणसमक्ष हाजिर भई मुद्दा कारबाही भएको हो । विपक्षी वैदेशिक रोजगार विभागको साबिककै उजुरी मिसिलमा रहेका तर प्रमाण नपुग्ने भनी मुद्दा नचलाइएका उजुरीहरूका हकमा पुन: अभियोग प्रस्तुत गरी चलाइएको राजन राउतसमेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी निवेदकसमेत भएको वैदेशिक रोजगार मुद्दामा निवेदकको हुँदै नभएको का.जि.का.म.न.पा. वडा नं.१३ स्थायी ठेगाना उल्लेख गरी जारी भएको म्याद उक्त ठेगानामा बेपत्ते तामेल भई आएपछि अ.बं.१३ नं. बमोजिम म्यादवालाको वतन सम्बन्धित पक्षसँग खुलाउन लगाई वतन यकिन गरी म्याद जारी गर्नुपर्नेमा पुन: सोही वतनलाई निवेदक म्यादवालाको स्थायी ठेगाना उल्लेख गरिएको म्याद सूचना पत्रिकामा प्रकाशित गरी जारी गरिएछ । साथै अ.बं. १०७ नं. बमोजिम म्याद सूचनामा निवेदकका हकमा निजको बाबु वा आमा वा पत्‍नीको