निर्णय नं. १०६०६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६०६ - जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७५/१२/०५ ३०९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा फैसला मिति : २०७५।१२।५ ०७२-CR-११३३ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : नैनबहादुरको छोरा जिल्ला उदयपुर, वेल्टार बसाहा नगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय उदयपुरमा थुनामा रहेको साने भन्ने संगम सार्की विरूद्ध प्रत्यर्थी / वादी : जिल्ला उदयपुर, हडिया गा.वि.स. वडा नं.५ बस्ने सीता नेपालीको जाहेरीले नेपाल सरकार जबरजस्ती करणी मुद्दामा वारदातको सम्बन्धमा पीडितको मौकाको बयान, किटानी जाहेरी, पीडितको स्वास्थ्य परीक्षण, घटनास्थल मुचुल्का, प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष भएको साबिती बयान तथा घटना सम्बन्धमा अन्य व्यक्तिले गरिदिएको कागजबाट जबरजस्ती करणी पुष्टि भइरहेको अवस्थामा पछि अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी प्रतिवादी, जाहेरवाला तथा स्वयं पीडितसमेतले बयान बकपत्र गर्दैमा जबरजस्ती करणी भएको होइन भनी निष्कर्षमा पुग्न नसकिने । अन्य प्रमाणबाट कसुर पुष्टि भइरहेको अवस्थामा जाहेरवाला, पीडित तथा अन्य व्यक्तिले अनुसन्धानको क्रममा आफूले भनेको भनाइविपरीत हुने गरी अदालतमा गरेको बयान बकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिनु न्यायोचित नहुने । (प्रकरण नं.५) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने:- माननीय न्यायाधीश श्री भोजराज शर्मा उदयपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री मुहम्मद साविर हुसैन माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम पुनरावेदन अदालत राजविराज फैसला न्या.ईश्वरप्रसाद खतिवडा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र अदालतको ठहर यसप्रकार रहेको छ:- जिल्ला उदयपुर, बेल्टार गा.वि.स., वडा नं. २ पूर्वमा बेल्टार बजार, पश्चिममा ज्योति उ.मा.वि. को बन्दै गरेको भवन, उत्तरमा दुवारखोला, दक्षिणमा बेल्टार गाईघाट सडक – यति चार किल्लाबिचमा रहेको जङ्गलमा नाम परिवर्तित वि. कुमारीलाई प्रतिवादी संगम सार्कीले उत्तर टाउको, दक्षिण खुट्टा पारी जबरजस्ती करणी गरेको भनी देखाइएको घटनास्थल चार किल्लासहितको विवरण ठिक छ भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । मिति २०७०।०९।०७ गते दिनको अं.१६:३० बजेको समयमा मसहितको टोली गस्ती गर्दै जाने क्रममा बेल्टार–२ खत्री टोलबाट बाख्रा चराउन गएका गोठालाहरूले द्वारखोलापारिको जङ्गल झोडनीमा १ बालिकालाई जबरजस्ती करणी गरेको छ भन्ने खबर सुनाउनासाथ मसहित उक्त स्थानमा पुग्दा बेल्टार गा.वि.स. वडा नं. ६ घर भएका साने भन्ने संगम सार्की र निजकै झड्केली छोरी नाम परिवर्तित वि. कुमारीलाई कम्बरभन्दा मुनिको कपडा नलगाएको अवस्थामा फेला पारी यसै प्रतिवेदनसाथ दाखिला गराएका छौं, कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको प्र.स.नि. जीतबहादुर राईको प्रतिवेदन । पीडित वि. कुमारीको labia minora मा समेत चोटपटक रहेको भन्ने बेहोराको जिल्ला स्वास्थ्य कार्यालय, उदयपुरको स्वास्थ्य परीक्षण प्रतिवेदन । मिति २०७०।०९।०६ गतेको दिन म आफ्नो ससुराली घर हडिया गा.वि.स., वडा नं. ५ गएको थिएँ । मेरो झड्केली छोरीले म सँगसँगै आउने भएको कारण निजलाई मिति २०७०।०९।०७ गतेको दिन बेल्टारत