निर्णय नं. १०६०७ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६०७ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/०२/१० १९५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७६।२।१० ०६७-CR-००८६ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक / वादी : प्र.स.नि. तामबहादुर तामाङको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सिराहा, कटारी पर्सा गा.वि.स. वडा नं.८ घर भई हाल सिन्धुली जिल्ला, टाँडी गा.वि.स. वडा नं.६ बस्ने सुकना साह तेली फौजदारी कसुरमा आरोपित व्यक्तिउपरको जिकिर अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्नेमा प्रतिवादी फरार रहेको भन्ने आधारमा मात्र आरोपित व्यक्तिउपरको अभियोग स्थापित हुन सक्दैन । फरार रहेकै आधारमा मात्र अभियोग पुष्टि हुने हो भने न्यायको मर्म खण्डित हुने र अनुसन्धान प्रक्रियामा नै गम्भीर असर पर्न जाने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री चन्द्रकान्त खनाल प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने: मा.जिल्ला न्या.श्री लिप्तबहादुर थापा क्षत्री सिन्धुली जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री लोकेन्द्र मल्लिक माननीय न्यायाधीश श्री फणिन्द्रदत्त शर्मा पुनरावेदन अदालत जनकपुर फैसला न्या.दीपककुमार कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ: मिति २०५३।०५।०४ गते बिहान प्रहरी चौकीमा आई गुन्नु साह तेलीले मेरी श्रीमती सुरतीदेवी साह तेली मिति २०५३।५।४ गते बिहान ५ बजे घरदेखि पश्‍चिम पदमबहादुर जर्गा मगरको घरअगाडि कटहरको रूखमा आफ्नै नाइलनको साडीको पासो लगाई झुन्डिइरहेको अवस्थामा देखी, जीवितै छन् कि भनी घर ल्याई हेर्दा मरिसकेको हुँदा लास रूङ्न लगाई आएको छु भनी मौखिक उजुरी गर्न आएकोले कानूनबमोजिम लास जाँच तथा अन्य कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको प्र.स.नि. तामबहादुर तामाङको जाहेरी प्रतिवेदन । मृतक सुरतीदेवी साहको लास रहेको घरबाट १०४ फिट पश्‍चिममा पदमबहादुर जर्गाको घर जग्गामा कटहरको रूख भएको, सोही कटहरको रूखको सानो हाँगामा मृतक झुन्डिएको, पूर्व कोमलबहादुर जर्गा मगरको घर, उत्तर दक्षिण मूल बाटो, उत्तर तुलसीप्रसाद काफ्लेको खेतबारी, दक्षिण कर्णबहादुर जर्गा मगरको घर भएको चार किल्लाभित्र मृतक सुरतीदेवीको लास रहेको भन्नेसमेत बेहोराको घटनास्थल तथा मृतकको दाहिनेपट्टिको आँखा बन्द भएको, मुख अर्ध खुल्ला भई अनुहारको बायाँ भाग र सिरानीमा रगतको दाग देखिएको, बायाँ आँखामा निलडाम भई बन्द भएको, नाकको प्वालबाट रगत बगेको, दुवै स्तनबिच भागमा १/२ इन्चि कोतरिएको घाउ देखिएको भन्नेसमेत बेहोराको लास जाँच प्रकृति मुचुल्का । मिति २०५३।५।४ गते बिहान गोठमा गई गोबर फाल्न लाग्दा मेरो गोठ नजिकैको कटहरको रूखमा एउटी महिला झुन्डिरहेको देखेपछि आत्तिँदै गा.वि.स. अध्यक्षलाई बोलाई ल्याउँदा उक्त कटहरको रूखमा लास थिएन । वरपर हेर्दा गुन्नु साह तेलीको पसलभित्र राखेको रहेछ । गुन्नु साह तेलीले कान्छी श्रीमती मृतक सुरतीदेवी साह तेलीलाई बेलाबेलामा कुटपिट गर्ने झै-झगडा गर्ने गर्दथे । कसले मार्‍यो वा आफैँ झुन्डिएको हो थाहा भएन भन्नेसमेत बेहोराको पदमबहादुर जर्गा मगर र कोमलबहादुर जर्गा मगरको कागज । मृतक सुरतीदेवी साहसँग कान्छी श्रीमतीको रूपमा ०४९ सालतिर विवाह