निर्णय नं. १०६१० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६१० - उत्प्रेषण भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७६/११/२० २१२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही आदेश मिति : २०७६।११।२० ०६८-WO-०८४६ विषय :- उत्प्रेषण निवेदक : ललितपुर जिल्ला ललितपुर उपमहानगरपालिकामा पञ्‍जीकृत कार्यालय रहेको हिमाल पावर लिमिटेडको तर्फबाट ऐ.का अधिकारप्राप्‍त जनरल मेनेजर टम क्रष्टियन लार्सन (Tom Kristian Larsen) विरूद्ध विपक्षी / प्रत्यर्थी : ठुला करदाता कार्यालय, हरिहर भवन, ललितपुर, नेपालसमेत मुलुकको आर्थिक प्रशासनलाई बलियो बनाउन, देश विकासको गतिलाई तीव्र पार्न र सर्वसाधारण नागरिकलाई आर्थिक सुविधा प्रदान गर्न हरेक आर्थिक वर्षहरूमा सरकारले कर, राजस्व र शुल्क उठाउने नयाँनयाँ क्षेत्रहरूको पहिचान गरी करका दररेटहरू र कार्यविधिसमेत निर्धारण गर्न सक्ने नै हुन्छ । मुलुकको आर्थिक विकासका लागि राजस्वको सङ्कलन आवश्यक रहेको र राजस्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालन र अभिवृद्धि गर्ने कुरालाई अन्यथा मान्‍न नमिल्ने । (प्रकरण नं.६) आयकर भनेको आर्जन भएको आयमा कानूनबमोजिम कट्टा गर्न पाउने रकम कट्टी गरी भएको खुद नाफामा लाग्ने कर हो । विशेष शुल्क राज्यको लागि शुल्क उठाउनुपर्ने विशेष परिस्थिति पर्न गएको कारण विशेष अवस्थामा लगाएको अन्य करहरूभन्दा फरक रहेको छुट्टै किसिमको एक प्रकारको राजस्व सङ्कलन गर्ने शुल्क भन्‍ने बुझ्नुपर्ने । आयकर छुट हुँदैमा राज्यले ऐन कानून बनाई केही अवधिको लागि राजस्व सङ्कलन गर्ने उपाय स्वरूप शुल्क दस्तुर उठाउने भनी गरेका अन्य सबै किसिमका कर दस्तुरहरू छुट हुने भन्‍न नमिल्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ताद्वय श्री महेशकुमार थापा, श्री नारायण नेपाल विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री हरिशंकर ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : विद्युत् ऐन, २०४९ आर्थिक ऐन, २०५८ आयकर ऐन, २०५८ आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : तत्कालीन नेपालको अन्तरिम संविधानको धारा ४६, १३३(२) बमोजिम यसै अदालतको असाधारण अधिकार क्षेत्रभित्रको भई पेस हुन आएको रिट निवेदनको संक्षिप्‍त तथ्‍य र आदेश यसप्रकार छ:- तथ्य खण्ड निवेदक कम्पनी प्रचलित कानूनबमोजिम विदेशी लगानीसमेतमा स्थापित ठुलो उर्जामूलक उद्योग हो, विदेशी लगानीकर्ताले देशको कानूनी व्यवस्था, लगानीको वातावरण, प्राप्त गर्नसक्ने सुविधालगायतका विषयमा जानकारी लिई लगानी गरी त्यसैअनुरूपको सुविधा पाउने अपेक्षा राखेको हुन्छ । निवेदक कम्पनीले पनि तत्काल प्रचलित विद्युत् ऐन, २०४९ बमोजिम मिति २०५१।११।१ मा नेपाल सरकारबाट अनुमति प्राप्त गरी दोलखा जिल्लामा ६०,००० किलोवाट क्षमताको खिम्ती १ जलविद्युत् आयोजना (Khimti-1 Hydropower Project) को निर्माण तथा सञ्चालनमा आएको छ । यस प्रयोजनको लागि मिति २०५०।११।१७ (३० मार्च १९९४) मा नेपाल सरकार र कम्पनीका बिच (project Agreement) आयोजना सम्झौता भएको छ । पछि मिति २०५२।१०।१ (१५ जनवरी १९९६) मा Amended and Restated project Agreement) भई अघिल्लो सम्झौता प्रतिस्थापित भई नयाँ सम्झौता भएको छ । जलविद्युत् उत्पादित गर्ने उद्योग स्थापना गरी मिति २०५७।३।२७ (११ जुलाई २०००) देखि विद्युत् उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले अनुमति प्राप्त गर्दा, विद्युत् उत्पादन र बिक्री सुरू गर्दा प्रचलित विद्युत् ऐन, २०४९ को दफा १२(३) ले ज