निर्णय नं. १०६११ - ठगी तथा सरकारी छाप दस्तखत किर्ते
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६११ - ठगी तथा सरकारी छाप दस्तखत किर्ते भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०२/१९ ७२१२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।२।१९ ०७५-CR-१८५५ मुद्दा : ठगी तथा सरकारी छाप दस्तखत किर्ते पुनरावेदक / वादी : मुक्तिनारायण चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : देवचन्द्र साह तेलीको छोरा, जिल्ला बारा, कलैया नगरपालिका, वडा नं. ५ (हाल कलैया उपमहानगरपालिका वडा नं.४) बस्ने उपेन्द्रप्रसाद साह तेलीसमेत लिखत किर्ते गरेको मुद्दामा लिखत कसले तयार पार्यो वा किर्ते गर्यो भन्ने तथ्यको खोजी गर्न जरूरी हुने । लिखतसम्बन्धी अपराध गर्ने व्यक्ति प्रत्यक्ष रूपमा नदेखिएको वा अपराध गर्दा गर्दै पक्राउ नपरेको अवस्थामा अनुमानको आधारमा फलानाले नै तयार गरेको हो वा दिएको हो भन्न मिल्ने अवस्था हुँदैन । कसैले पोल गरी फलानाले लेखेको वा दिएको भन्दैमा विश्वास गर्नुपर्ने अवस्थासमेत नहुने । (प्रकरण नं.१७) पुनरावेदक / वादीका तर्फबाट : प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०५६, अङ्क ७, नि.नं.६७५८ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा.न्या.श्री केशवप्रसाद अधिकारी बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री अब्दुल अजिज मुसलमान मा.न्या.श्री भोजराज अधिकारी उ.अ.जनकपुर, अस्थायी इजलास वीरगन्ज फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड मेरो छोरी भगवती चौधरी, छोरी ज्वाइँ जितेन्द्र चौधरी र भतिजी उर्मिला चौधरीलाई जिल्ला बारा, गा.वि.स. अमाव वडा नं. ३ बस्ने देवनारायण चौधरीले राहत कोटाको शिक्षकमा नोकरी लगाई दिन्छु भनी विश्वास दिलाई नगद रू.९०,०००।– लिई मिति २०७२।११।१५ गते जिल्ला बारा, कोल्हबी नगरपालिका वडा नं. ३ स्थित सडकमा बोलाई मेरो ज्वाइँ जितेन्द्र चौधरी र छोरी भगवती चौधरीको नामको नियुक्ति पत्र थान-२ र अभिलेख कायम गरिएको पत्र थान-२ मलाई दिन लागेको र उक्त पत्रहरू हेर्दा निजले जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याड, छाप र जिल्ला शिक्षा अधिकारीको दस्तखतसमेत किर्ते गरी बनाई ल्याएको हुँदा निजलाई खोज तलास तथा पक्राउ गरी कानूनबमोजिम अनुसन्धान गरी कारबाही गरिपाउँ भन्ने बेहोराको मुक्तिनारायण चौधरीको निवेदन । मिति २०७२।११।१५ गते जिल्ला बारा, कोल्हबी नगरपालिका वडा नं. ३ स्थित ऐ. गा.वि.स. अमाव वडा नं. ३ बस्ने वर्ष ४६ को देवनारायण चौधरीको शरीर खानतलासी गर्दा निजको साथबाट जिल्ला शिक्षा कार्यालय, बाराको लेटर प्याडमा लेखिएको जितेन्द्र चौधरीको नामको मिति २०७२।१०।१६ गतेको नियुक्ति पत्र-१ र अभिलेख कायम गरिएको मिति २०७२।१०।२५ को पत्र थान-१, जिल्ला शिक्षा कार्यालय बाराको लेटर प्याडमा मिति २०७२।१०।२३ मा लेखिएको भगवती चौधरीको नामको नियुक्ति पत्र-१ र मिति २०७२।१०।२९ गतेको अभिलेख कायम गरिएको पत्र थान-१ फेला पारी बरामद गरिएको भन्ने खानतलासी तथा बरामदी मुचुल्का । जिल्ला बारा, गा.वि.स. बछनपूर्वा वडा नं. १ बस्ने मुक्तिनारायण चौधरीको छोरी भगवती चौधरीसमेतलाई शिक्षकमा जागिर लगाइदिन्छु भनी