निर्णय नं. १०६१२ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६१२ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०३/२२ २००८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. आनन्दमोहन भट्टराई माननीय न्यायाधीश डा. मनोजकुमार शर्मा आदेश मिति : २०७७।३।२२ ०६७-WO-११०६ मुद्दाः- उत्प्रेषण / परमादेश निवेदक : हरिप्रसाद चपाईको छोरा कास्की जिल्ला पोखरा उपमहानगरपालिका वडा नं.१ बस्ने छवीलाल चपाई विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत सार्वजनिक बाटोको जग्गा दर्तामा घुसाएको भनी प्रश्‍न उठिसकेपछि सो जग्गाको नापजाँच सर्जमिन गरी यथार्थ के हो यकिन गर्नुपर्ने । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय बदर हुनासाथ मालपोत कार्यालयको निर्णय स्वत: बदर भइहाल्छ भन्‍न नमिल्ने । (प्रकरण नं.१३) निवेदकका तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता श्री तिर्थ बसौला, विद्वान्‌ अधिवक्ताहरू श्री टिकाराम भट्टराई, श्री सुरज अधिकारी र श्री रामप्रसाद चापागाईं विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री गंगाप्रसाद पौडेल अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क २, नि.नं.१०२०६ ने.का.प.२०७६, अङ्क ५, नि.नं.१०२७० ने.का.प.२०७६, अङ्क ५, नि.नं.१०२७५ ने.का.प.२०७६, अङ्क ९, नि.नं.१०३५८ सम्बद्ध कानून : नेपालको अन्तरिम संविधान, २०६३ अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ मालपोत ऐन, २०३४ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ बमोजिम दायर हुन आएको यस अदालतको क्षेत्राधिकारभित्रको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यसप्रकार रहेको छ: तथ्य-खण्ड पूर्व चौतारो पश्‍चिम दाताकै घरगार्‍हो उत्तर कटेरो दक्षिण बाटो यति चार किल्लाभित्रको विज मुरी।।।१ को तिरो।२ लागेको टुँडीखेल भन्‍ने पाखो जग्गा र सोमा बनेको दक्षिण मोहडा लम्बाई हात १७ गज हात १३ भएको ढुङ्गाको गारो फुसको छाना भएको एकतल्ले घर जग्गासमेत मेरा पिता हरिप्रसाद चपाईंले विष्णुमाया पराजुलीसँग मिति २०२९।०९।२४ मा राजीनामा रजिस्ट्रेसन पारित गराई लिनुभएपछि सो लिखत बदर गरिपाउँ भनी थीरकुमारी पराजुलीसमेतले मेरा पिता र निजका दाता विष्णुमाया पराजुलीसमेतका विरूद्धमा दिनुभएको लिखत बदरसमेत मुद्दामा सुरू कास्की जिल्ला अदालतले लिखत बदर र जालसाजी ठहर्दैन भनी मिति २०३१।०३।२८ मा गरेको फैसलालाई तत्कालीन अञ्चल अदालतले मिति २०३२।११।०१ मा मुनासिव ठहर गरेको फैसलामा तत्कालीन पश्चिमाञ्‍चल क्षेत्रीय अदालतले मिति २०३३।०५।१६ मा अनुमति प्रदान नगरेपछि सो विवादको अन्तिम टुङ्गो लागेको थियो । उपर्युक्त खरिदीले हक हुन आई हामीले निर्विवादरूपमा भोग चलन गरिरहेका आफ्नो घर कम्पाउन्डभित्रको उक्त घरजग्गामध्येको केही जग्गा सर्भे नापीको समयमा सार्वजनिक कित्तामा घुसेको हुनाले सो सार्वजनिक कित्ताफोडी मेरा नाममा दर्ता गरिपाउँ भनी मेरा पिता हरिप्रसादले विपक्षीमध्येको मालपोत कार्यालय कास्कीमा निवेदन दिनुभएको थियो । सो कार्यालयले मागबमोजिम गरी नदिएपछि तत्काल प्रचलित कानूनअनुसार जिल्ला कार्यालय, कास्कीमा पुनरावेदन परेकोमा कानूनबमोजिम जग्गा दर्ता गराउने बेहोरा निवेदकलाई सुनाई मिसिल मालपोत कार्यालयमा पठाइदिनु भनी मिति २०४४।०२।०७ मा निर्णय भएको थियो । मेरा पिता हरिप्रसाद मिति २०४३।०९।१२ मा स्वर्गे हुनुभएकोले सो मुद्दा मैले सकार गरी पुर्पक्ष गरी आएको थिएँ । उक्त मिसिल विपक्षी मालपोत कार्यालयमा निर्णयको लागि फर्किएर आएपछि उपयुक्त उल्लिखित फैसलाहरू, पो