निर्णय नं. १०६१३ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६१३ - उत्प्रेषण / परमादेश भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०३/२९ १५०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।३।२९ मुद्दा नं.०७१-CI-१५६३ मुद्दा : उत्प्रेषण / परमादेश पुनरावेदक / विपक्षी : जिल्ला सिराहा गाउँ विकास समितिको कार्यालय सखुवा नन्कारकट्टीसमेत विरूद्ध प्रत्यर्थी / निवेदक : जिल्ला सिराहा गा.वि.स. सखुवा नन्कारकट्टी वडा नं.६ बस्ने कृष्णदेव भिण्डवार गाउँपालिकाको केन्द्र तोक्ने सम्बन्धमा कुनै प्रकारको व्यावहारिक सुविधा र असुविधा जस्ता कारण देखाएर नेपाल सरकारबाहेक अन्य कुनै निकाय, पदाधिकारी वा स्थानीय जन समुदायको भेलाबाट आफूखुसी गा.वि.स. को केन्द्र तोक्ने, स्थानान्तरण गर्ने वा परिवर्तन गर्ने जस्ता कार्य गर्न नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक / विपक्षीका तर्फबाट : प्रत्यर्थी / निवेदकका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान स्थानीय स्वायत्त शासन ऐन, २०५५ पुनरावेदन अदालतमा फैसला गर्नेः- मा.मुख्य न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री राजेश्वर तिवारी पुनरावेदन अदालत राजविराज, सप्तरी आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : पुनरावेदन अदालत राजविराज, सप्तरीको मिति २०७१।०९।२० फैसलाउपर विपक्षका तर्फबाट साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको क्षेत्रभित्र पर्ने प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- तथ्य खण्ड जिल्ला सिराहा सखुवा नन्कारकट्टी वडा नं.७(क) को कि.नं. २८४ को ०-०-१० जग्गामा अवस्थित गा.वि.स. भवन २०५२ सालमा निर्माण भएको हो । उक्त भवन द्वन्द्वकालमा क्षतिग्रस्त भएपछि पुनः निर्माण कार्यको लागि बजेट आएकोमा वडा नं.७ मा निर्माण कार्य नगरी वडा नं.१ मा कार्यालय भवन निर्माण गर्ने भनेकोले साबिक स्थानमा नै गा.वि.स. कार्यालय भवन बन्नुपर्छ भनी मिति २०७०।६।३ मा निवेदन दर्ता गराएकोमा सो निवेदनउपर चासो नराखी साबिक वडा नं. १ मा भवन निर्माण गर्न लाग्नु भएको छ सो निर्णय र निर्देशनको प्रमाणित प्रतिलिपि दिनुहोस् भन्दा म गा.वि.स.सचिव तथा अध्यक्ष हुँ, मैले चाहेको ठाउँमा पुनर्निर्माण भवन बनाउँछु भनी नक्कल दिन इन्कार गरेको हुँदा विपक्षीले जनताको भावनालाई कदर नगरी मनमानी ढङ्गले गैरकानूनी निर्णय र निर्देशनको भरमा गा.वि.स.को आफ्नो नाउँमा रहेको वा.नं.७ (क) कि.नं. २८४ को जग्गामा भवन नबनाई जुनसुकै बेला जबरजस्ती ढङ्गले वा.नं.१ मा गा.वि.स. भवन निर्माण कार्य सुरू गर्न सक्ने र सो कार्य भए यो निवेदन निस्प्रयोजन हुने हुँदा निवेदनको टुङ्गो नलागेसम्म भवन निर्माण कार्य नगर्नु, नगराउनु भनी विपक्षीहरूको नाउँमा निषेधाज्ञाको आदेश साथै गा.वि.स.को केन्द्र साबिकबमोजिम वडा नं. ७ मा नै कायम गर्नु भनी परमादेशको आदेशसमेत जारी गरिपाउँ भन्ने पुनरावेदन अदालत राजविराजमा परेको निवेदन । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? मागबमोजिमको आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १, ३ र ४ को हकमा पुनरावेदन सरकारी वकिल कार्यालय, राजविराजमार्फत लिखित जवाफ पेस गर्नु भनी आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाउँमा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नू । निवेदकले