निर्णय नं. ४४२६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४२६ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/१०/१९ २७६९ निर्णय नं. ४४२६ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरगोविन्द सिंह माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४७ सालको फौ.पु.नं. ३८५ फैसला भएको मिति: २०४८।१०।१९।१ मा पुनरावेदक/प्रतिवादी: जि.प्र.का.कारागार शाखा पाल्पामा बन्दी भई बस्ने हस्तीमा रोका मगर्नी विरुद्ध विपक्षी/वादी: टिकाप्रसादको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) प्रतिवादीको उमेर २१ वर्षको युवा महिलालाई सामाजिक लान्छनाबाट बच्नु पर्ने बाध्यताले गर्दा अवान्छित कार्यमा संलग्न हुन वा कुनै प्रलोभनबाट बाध्य हुन पर्ने अवस्था समेत हुँदा निजलाई कानुन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं. बमोजिम आजसम्मको अर्थात ५ वर्ष २१ दिन मात्र कैदको सजायँ गर्नु पर्याप्त हुने । (प्रकरण नं. १७) पुनरावेदिकातर्फबाट: विद्वान वैतनिक अधिवक्ता श्री होमनाथ ढुंगाना (साविक पेज नं. ७९३) फैसला न्या.कृष्णजंग रायमाझी १. प.क्षे.अ. को फैसला उपर चित्त नबुझी पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. मेरो बहिनी हस्तीमा रोक्का मगर्नीले दरवाङ गा.पं. वडा नं. २ ढाडीखर्क बस्ने खिमबहादुर गुरुङको गर्भ बोकेकी रहिछन् । यहि २०४३।९।२२ गते बेथा लागी मरेको जातक बच्चा जन्मेको भनी मैले २०४३।९।२५ गते थाहा पाई जाँदा बहिनी हस्तीमालाई सोधपुछ गर्दा मरेको बच्चा बारीमा जन्मेको हो बच्चालाई त्यही छोडी म सुत्केरी अवस्थामा कमजोरी भएकोले घरमा आई सुतेकी हुँ भनेकीले उक्त बच्चाको खोजतलास गर्दा तोलावाङको पहिरोमा बच्चाको लास फेला परेकोले जाहेर गर्न आएको छु । मृत्यु भवितत्व, कर्तव्य, कालगति के भई मरको हो लास जाँच गरी सदगत गर्ने पूर्जी पाउँ भन्ने टिकाप्रसाद रोक्का मगरको जाहेरी । ३. पूर्व अन्दाजी २५ मि. टाढा ठुलो पहिरो दक्षिण अं. ५० गज टाढा तल म्याग्दी खोलाको किनारमा मूल बाटो, यति चार किल्ला भित्रको कांशखरको जंगल भएको पहिरोको भिरमा जातक मृतक बच्चा पूर्व मुख गरी कोल्टो परेको र नाइटो माथि १ वित्ताको निलो टालो रहेको लास केही फुलेको र दुर्गन्ध चलेको, मुखबाट रगत बगेको खुट्टा छाला खुइलिएको अन्य शरीरमा कुनै घा–खत नदेखिएको भन्ने २०४३।९।२८ को घटनास्थल विवरण तथा लास जाँच प्रकृति मुचुल्का । ४. २०४३।९।२२ गते बेलुका घाम अस्ताउने बेलामा घरदेखि अलिपर खेतमा दिसा गर्न गएको बेला सुत्केरी हुने व्यथा लागेकोले त्यही खेतमा नै बच्चा जन्माएको हो । तुरुन्तै बच्चालाई हेर्दा बच्चा मरिसकेको थियो । मैले जन्माएको बच्चा दरवाङ गा.पं. वडा नं.२ ढाडखर्क बस्ने खिमबहादुर गुरुङको गर्भ हो । मैले कर्तव्य गरी मारेको होइन भन्ने समेत व्यहोराको हस्तीमा रोक्का मगर्नीले प्रहरीमा गरेको बयान कागज । ५. लास पोष्टमार्टम हुँदा मृत्युको कारण टाउकोमा चोट लाग्नुको साथै घाँटी अठिई भएको हो भन्ने मेडिकल अधिकृतको राय । ६. २०४३।९।२६ गते तालवाङको पहिरोमा मरेको बच्चाको लास देखेका हौं उक्त मृतक बच्चा हस्तिमा रोक्का मगर्नीले पाएको बच्चा हो भन्ने सुनेका हौं । तर हस्तिमाले मरेको बच्चा पाएको हो वा के हो सो हामीलाई थाहा छैन भन्ने समेतको मिति २०४३।१०।१२ को सरजमीन मुचुल्का । ७. सबूद प्रमाण तथा लास पोष्ट मार्टम रिपोर्टको आधारमा प्र.हस्तीमा रोक्का मगर्नीले जीउँदो बच्चा जन्माएको र सो बच्चाको घाँटी अठ्याई कर्तव्य गरी मारी पहिरोमा लगी फालेको प्रष्ट हुन आएकोले