निर्णय नं. १०६१४ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६१४ - कर्तव्य ज्यान भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०३/३१ ६५६७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७७।३।३१ ०७५-CR-०२१९ मुद्दा: कर्तव्य ज्यान पुनरावेदक / प्रतिवादी : कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. ५ घर भई भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका-३ बस्ने हाल कारागार कार्यालय, डिल्लीबजारमा कैदमा रहेका पारस भनिने अभिषेक कोइराला विरूद्ध विपक्षी / वादी : कपिलमणि रेग्मीको जाहेरीले नेपाल सरकार आफूले गरेको काम थाहा नपाउने मानसिक अस्वस्थतामा रहेको दाबी गर्नेले सोको पुष्टि आफैँले गर्नुपर्ने हुन्छ र सो हुनसकेमा मात्र मानसिक अस्वस्थताको दाबी (defense of insanity) स्वीकार्य हुने । (प्रकरण नं.७२) मानसिक रोगको विशेषज्ञबाट वैज्ञानिक विधि प्रक्रियाको आधारमा घटना घटेको समयमा प्रतिवादी आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक रूपमा अस्वस्थ रहेको पुष्टि गरेको हुनुपर्दछ । डाक्टरको त्यस्तो रायलाई घटना घटाउनु अघिपछि र घटना घटाएको समयको प्रतिवादीको व्यवहार गतिविधिले समेत थप पुष्टि गरेमा मात्र कानूनन: defense of insanity लाई स्वीकार्य मान्नुपर्ने । (प्रकरण नं.७५) मानसिक रोगी भए पनि अभियुक्त / प्रतिवादी होसमा रहेको वा भएको घटनाको बारेमा बताउन सक्ने वा होसपूर्वक बयान दिनसक्ने वा आफूले घटाएको घटना गलत भनेर बुझ्न सक्ने अवस्थामा रहेको वा घटना घटाई त्यसको परिणाम थाहा पाई सोबाट बच्ने होसपूर्वकको प्रयास गरेको स्थितिमा यस्तो अवस्थालाई कानूनको प्रयोजनका लागि मानसिक अस्वस्थता नमानिने र अपराधबाट उन्मुक्ति दिन नसकिने । (प्रकरण नं.७७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल र श्री लभकुमार मैनाली तथा विद्वान् अधिवक्ताद्वय श्री ज्योती बानिया र श्री देवी रेग्मी विपक्षी / वादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७१, नि.नं.९१५८ ने.का.प.२०६५, नि.नं.८०२९ ने.का.प.२०६४, नि.नं.७८७१ ने.का.प.२०४६, नि.नं.३९३३ ने.का.प.२०४६, नि.नं.३८४८ ने.का.प.२०४५, नि.नं.३४०७ ने.का.प.२०४४, नि.नं.२९७८ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री विदुर कोइराला भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने मा. न्यायाधीश श्री ऋषिप्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या.कुमार रेग्मी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ । संक्षिप्त तथ्य जिल्ला भक्तपुर, मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ स्थित पूर्वमा विष्णु कुटुको जग्गा, पश्चिममा एकमणि श्रेष्ठको जग्गा, उत्तरमा पुरूषोत्तम नेपालको खाली जग्गा र दक्षिणमा सागबारी गठ्ठाघर जाने कच्ची सडक यति चारकिल्लाभित्र रहेको पूर्व मोहडा भएको चार तल्ले आनन्दसिंह भाटको पक्की घर रहेकोमा सो घरको पूर्वतर्फ रहेको काठको मुलढोकाबाट भित्र प्रवेश गरी सिँढी चढ्दा सिँढीमा रगत जस्तो रातो देखिने टाटा रहेको दोस्रो तलाको उत्तरपूर्वको कोठामा प्रवेश गर्दा उक्त कोठामा हरियो रंगको कार्पेट बिछाएको अवस्थामा रहेको, ढोकाबाट ९ फिटको दूरीमा उत्तरतर्फ बक्स पलङ्ग रहेको, ढोकाबाट ११ फिट ४ इन्चको दूरीमा मासु जस्तो पदार्थ रहे