निर्णय नं. १०६२० - हाडनातामा जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६२० - हाडनातामा जबरजस्ती करणी भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/०८/२५ ८११९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७७।८।२५ मुद्दाः- हाडनातामा जबरजस्ती करणी ०७४-CR-०३१९ पुनरावेदक / प्रतिवादी : जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा नं. ३ घर भई हाल कारागार कार्यालय धनकुटामा कैदमा रहेको काइला भन्‍ने धनबहादुर राई विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम ०८ धनकुटा नगरपालिका (क) को जाहेरीले नेपाल सरकार ०७४-CR-०९२१ पुनरावेदक / वादी : परिवर्तित नाम ०८ धनकुटा नगरपालिका (क) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला धनकुटा, धनकुटा नगरपालिका वडा नं. ३ बस्ने काइला भन्‍ने धनबहादुर राई पीडितले जन्माएको नवजात बच्चाको बाबु प्रतिवादी होइनन् भनी DNA परीक्षणले देखाएको कारणले आरोपित जबरजस्ती करणीको कसुर निज प्रतिवादीबाट हुनै सक्दैन भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.६) जबरजस्ती करणीको कसुर र पीडितले धारण गरेको गर्भसम्बन्धी विषय छुट्टाछुट्टै विषय भएकोले पीडितले धारण गरेको गर्भ प्रतिवादीको नदेखिएको भनी DNA परीक्षणबाट देखिएको आधारमा मात्र जबरजस्ती करणीको वारदात नै भएको रहेनछ भनी अर्थ गर्न पनि नमिल्ने । (प्रकरण नं.७) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री विदुरकुमार कार्की प्रतिवादीका तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ता श्री शम्‍भु थापा र विद्वान् अधिवक्ता श्री रोहितकुमार डाँगी अवलम्बित नजिर : ने.का.प.२०६५, अङ्क १, नि.नं.७९२३ ने.का.प.२०६८, अङ्क ३, नि.नं.८५७८ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री किशोर घिमिरे धनकुटा जिल्ला, अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री उमेशकुमार सिंह माननीय न्यायाधीश श्री जनक पाण्डे उच्च अदालत विराटनगर धनकुटा इजलास फैसला न्या.दीपककुमार कार्की : उच्च अदालत विराटनगर, धनकुटा इजलासको मिति २०७४।३।२८ को फैसलाउपर साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदक / प्रतिवादी धनबहादुर राई र पुनरावेदक / वादी नेपाल सरकारको छुट्टाछुट्टै पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड म जाहेरवालाकी छोरी सुस्त मनस्थिति भएकी वर्ष १८ की परिवर्तित नाम ०८ धनकुटा (क१) मिति २०७२।११।१६ गतेका दिन ज्वरो आई टाउको र पेट दुख्यो भनी बिरामी भएकी हुँदा मेरी श्रीमती परिवर्तित नाम ०८ धनकुटा (क२) समेत भई उपचारको लागि जिल्ला अस्पताल धनकुटामा लगी जाँच गराउँदा डाक्टरले नानीको पेटमा बच्चा छ भनेको सुनी निज छोरीलाई सोधपुछ गर्दा हामीलाई केही नभनेपछि डाक्टरले नै सोधीखोजी गर्दा हाम्रै घरनजिकको धनबहादुर राई बाजेको हो, निजले मलाई गत श्रावण महिनादेखि कागजको नोट रकम दिँदै फकाउँदै कसैलाई नभन्‍नु भनिस् भने काट्छु मार्छु भनी डर, त्रास देखाई ललाई फकाई घाँस काट्न, नुहाउन जाँदा पटकपटक मेरो सुरूवाल खोली जबरजस्ती करणी गर्दै आएका हुन् भनी पीडित छोरीले भनेकी हुँदा निज प्रतिवादीले नातिनी नाता पर्ने मेरी छोरीलाई ललाई फकाई डर त्रासमा पारी पटकपटक जबरजस्ती करणी गरी ३० हप्‍ताको गर्भधारण गराएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम सजाय गरिपाउँ भन्‍ने बेहोराको परिवर्तित नाम ०८ धनकुटा नगरपालिका (क) ले मिति २