निर्णय नं. १०६२१ - क्षतिपूर्ति दिलाई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६२१ - क्षतिपूर्ति दिलाई पाऊँ भाग: ६२ साल: २०७७ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७७/१०/०७ १०९९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।१०।७ मुद्दाः- क्षतिपूर्ति दिलाई पाऊँ ०७०-CI-०३६६ पुनरावेदक / प्रतिवादी : का.जि.का.म.न.पा.वडा नं. १ लालदरबारस्थित नेपाल इन्टरनेसनल क्लिनिक प्रा.लि.मा कार्यरत ऐ.ऐ. वडा नं. १६ को हाल ऐ.ऐ. वडा नं. ३ महाराजगन्ज, सीमाना मार्ग बस्ने डा.बुद्ध बस्न्यात विरूद्ध प्रत्यर्थी / वादी : उपभोक्ता हित संरक्षण मञ्च नेपाल, केन्द्रीय कार्य समिति काठमाडौं (संस्था दर्ता नं. ४६३/०५१/०५२, पोष्ट बक्स नं.१११६८ काठमाडौं) का तर्फबाट अधिकारप्राप्त ऐ.का महासचिव ज्योति बानियाँसमेत ०७०-CI-०३६७ पुनरावेदक / प्रतिवादी : का.जि.का.म.न.पा. वडा नं.१ लालदरबारस्थित नेपाल इन्टरनेसनल क्लिनिक प्रा.लि.को तर्फबाट अधिकारप्राप्त बागमती अञ्चल ललितपुर जिल्ला चापागाउँ गा.वि.स. वडा नं.९ बुलु बस्ने अधिवक्ता पूर्णभक्त डंगोल विरूद्ध प्रत्यर्थी / वादी : उपभोक्ता हित संरक्षण मञ्च नेपाल, केन्द्रीय कार्य समिति काठमाडौं (संस्था दर्ता नं. ४६३/०५१/०५२, पोष्ट बक्स नं.१११६८ काठमाडौं) का तर्फबाट अधिकारप्राप्त ऐ.का महासचिव ज्योति बानियाँसमेत स्वास्थ्य उपचारमा संलग्न हुने चिकित्सकहरूले बिरामीप्रति उच्चस्तरको हेरचाह (high degree of care) गर्नुपर्ने कर्तव्य रहन्छ । यदि चिकित्सकले होसियार नभई हेलचेक्र्याईं (negligence) पूर्वक बिरामीको चेकजाँच गरेमा चिकित्सकको सो कार्य दुष्कृतिअन्तर्गत पर्ने । (प्रकरण नं.१५) स्वास्थ्य परीक्षणअन्तर्गत सम्बन्धित सेवाग्राहीले यथार्थपरक पूर्ण स्वास्थ्य विवरण प्राप्त गर्ने हक अन्तर्निहित हुन्छ भने त्यस्तो सेवामा कार्यरत चिकित्सक र सम्बन्धित स्वास्थ्य संस्थाको त्यस्ता प्रतिवेदन यथार्थपरक बनाउनुपर्ने कर्तव्य समावेश भएको हुने । (प्रकरण नं.१८) कुनै मुद्दामा चिकित्सकीय लापरबाही गरी उपभोक्ता संरक्षण ऐनको बर्खिलाप कार्य गरियो वा गरिएन भन्ने सन्दर्भमा बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्ने दायित्व स्वीकार गरियो वा गरिएन भन्ने कुरा महत्त्वपूर्ण हुने । (प्रकरण नं.२३) वादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री ज्योति बानियाँ प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री लोकभक्त राणा अवलम्बित नजिर : ने.का.प.२०७५, अङ्क ७, नि.नं.१००६१ ने.का.प.२०६६, अङ्क ११, नि.नं.८२६२ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी देवानी संहिता, २०७४ उपभोक्ता संरक्षण ऐन, २०७५ सुरू निर्णय गर्ने: जिल्ला क्षतिपूर्ति समिति, काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल उच्च अदालत पाटन फैसला न्या.हरिप्रसाद फुयाल : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(क) (ख) र हालको न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (क) (ख) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– तथ्य खण्ड हाई हिमालयन गोर्खा सर्भिसेज प्रा.लि. नामक वैदेशिक रोजगार कम्पनीले इजरायलमा केयर गिभर पदमा पठाउने भनी विज्ञापन प्रकाशित गरेकोले सो कम्पनीमा सम्पर्क गर्न गएकोमा विदेश इजरायल जानको लागि नेपाल इन्टरनेसनल क्लिनिकबाट स्वास्थ्य परीक्षण गराउनुपर्ने जानकारी गराएकोले सोबमोजिम क्लिनिकमा गई शुल्क तिरी स्वास्थ्य परी