निर्णय नं. ८२६८ - करार बदर गरिपाऊँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२६८ - करार बदर गरिपाऊँ भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०८/१५ ५९१७ निर्णय नं. ८२६८ फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गौरी ढकाल माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६१ सालको दे.पु.नं. ––– ८८२९ फैसला मितिः २०६६।८।१५। मुद्दाः करार बदर गरिपाऊँ । पुनरावेदक प्रतिवादीः जिल्ला मोरङ राजघाट गा.वि.स. वडा नं. ६ घर भई काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने इन्द्रबहादुर राई विरुद्ध विपक्षी वादीः काठमाडौ जिल्ला फर्पिङ्ग गा.वि.स. वडा नं. ३ बस्ने मंगलीमाया कुस्ले शुरु फैसला गर्नेः मा.जि.न्या. शारदाप्रसाद घिमिरे पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री दामोदरप्रसाद प्रजापति मा.न्या. श्री बोधरीराज पाण्डे § विशेष प्रकृतिको करारहरू वाहेक जुनसुकै नामाकरण गरी गरिएको लिखत भए पनि वा लिखत नै नभई मौखिक रुपमा वा आचरणबाट (By Conduct) कानूनबमोजिम करार गर्न सक्षम पक्षहरूको बीचमा साझा उद्देश्यका लागि स्वतन्त्र सहमति रहेको देखिन्छ र त्यस्तो सहमति कानूनतः कार्यान्वयन गर्न सकिने रहेछ भने करार भएको मान्नुपर्ने । (प्रकरण नं.३) § सर्वसाधारणका समक्ष राखिएको एकपक्षीय करार (Unilateral Contract) वाहेक अन्य दुई वा बहुपक्षीय करारमा स्वीकृतिको सञ्चार प्रस्तावकसमक्ष नपुगेको अवस्थामा करारका पक्षहरू बीच बिचारको मिलन (Meeting of the Mind) भएको मान्न नमिल्ने । § प्रस्तावमै यस्तो तरिकाले स्वीकृति दिनु भनी पूर्वरुपमा निर्धारण गरेमा बाहेक प्रस्तावकसमक्ष स्वीकृतिको सञ्चार स्वाभाविक र उपयुक्त ढंगले (Usual and Reasonable Manner) गरिएको हुनुपर्ने हुन्छ । करार गर्ने एउटा पक्षले तत्काल सहिछाप गरेको तर अर्को पक्षले सहिछाप नगरी राख्ने र पछि फाइदा हुने भएमा म सहमतै थिएँ भनी दावी गर्ने र फाइदा नहुने भएमा मेरो सहिछाप छैन त्यसैले सहमति छैन भनी दोहोरो फाइदा लिने गुञ्जायस रहेको अवस्थामा करार भएको मान्न नमिल्ने । § करार उल्लंघन भएमा उपचारको समानता (Equality in Remedy) को दृष्टिले पनि हेर्नुपर्ने हुन्छ । विवादित लिखतमा लेखिएको शर्त कुनै पक्षले उल्लंघन गरेमा एउटा पक्षलाई उपचार प्राप्त भएको तर अर्को पक्षको दायित्व मात्र भएको, करार उल्लंघन भएमा उपचारै छैन भने त्यस्तो करारलाई समानतामा आधारित भन्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ताहरू अर्थबहादुर हमाल, रामप्रसाद श्रेष्ठ, सविता बराल, कृष्णप्रसाद सापकोटा विपक्षी वादी तर्फवाटः विद्वान अधिवक्ताहरू गणेश वराल र राजु बस्नेत अवलम्वित नजीरः सम्बद्ध कानूनः § करार ऐन, २०५६ को दफा २(क) § करार ऐन, २०२३ को दफा ४(७) फैसला न्या. गौरी ढकालः न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएर पुनरावेदन दायरीमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– विपक्षीले करारबमोजिम लिखत पारित गराई पाऊँ भनी म उपर दायर गरेको म्याद २०५५।१२।२४ गते प्राप्त भएपछि करार भएको भनिएको कागज कानून व्यवसायी मार्फत् सारी हेर्दा मलाई थाहा जानकारी नदिई मैले नभने नगरेका कुराहरू लेखी झुक्यानमा पारी का.जि.अ. को फैसलाअनुसार प्राप्त भएका जग्गाको पूर्जा लिई दिएबापत आधा जग्गा सित्तैमा बकसपत्र गरिदिने भनी व्यहोरा उल्लेख गरी स्पष्ट रुपमा जानकारी नगराई मालपोत तथा गुठीमा पेश गर्ने वारेशनामा हो भनी मेरो सही गराएर लगेको कागजलाई करारको व्यहोरा उल्लेख गरी लगेका रहेछन् । मैल