निर्णय नं. १०५३७ - खोटा चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५३७ - खोटा चलन भाग: ६२ साल: २०७७ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७६/११/१६ ३२४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति स् २०७६।११।१६ ०७४-CR-००९७ मुद्दाः खोटा चलन पुनरावेदक र वादी स् गणेशबहादुर थापा समेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी र प्रतिवादी स् जिल्ला अछाम भैरवस्थान गाविस वडा नं। ठ बस्ने नरेन्द्र बहादुर बि।सी। समेत § फोटोकपी भएका नोटको परिणाम हेर्दासमेत यसको उत्पादन योजनावद्ध र नक्कली नोटको कारोबारको लागि थियो भन्ने कुरा वस्तुस्थिति र प्रमाणबाट खुल्न आएको हुनुपर्ने । § खोटा वा नक्कली नोटलाई चलनमा ल्याउनु भनेको त्यस्तो मुद्रा विनिमेयको लागि मुद्रा बजारमा पठाउनु हो ि § कुनै कार्य अपराध हो भन्नका लागि त्यस्तो कार्य कानूनद्वारा निषेधित हुनुका साथै इच्छित परिणाम निकाल्नुमा त्यस कार्यमा संलग्न व्यक्तिको मनसाय के थियो भनी हेरिनुपर्ने । ९प्रकरण नं।२० पुनरावेदक र वादीका तर्फबाट स् विद्वान उपन्यायाधिवक्ता श्री चन्द्रप्रसाद पोखरेल प्रत्यर्थी र प्रतिवादीका तर्फबाट स् अवलम्बित नजिर स् सम्बद्ध कानून स् सुरु तहमा फैसला गर्नेस् माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा उपाध्याय पंज्ञानी अछाम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेस् माननीय न्यायाधीश श्री चित्रदेव जोशी माननीय न्यायाधीश श्री शेखरचन्द्र अर्याल उच्च अदालत, दिपायल फैसला न्या।बमकुमार श्रेष्ठ स् न्याय प्रशासन ऐन, २०ठघ को दफा ९ बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ ( मुद्दाको तथ्य मिति २०७१र११र१३ गते जिल्ला अछाम भैरवस्थान गा।वि।स। वडा नं। ७ बस्ने वर्ष २८ को नरेन्द्र वि।सी। ९बुढा० र जिल्ला दैलेख राकमकर्णाली गा।वि।स। वडा नं। १ बस्ने विक्रान्त माझी यी दुई जनाको मिलोमतोमा जाली नक्कली नोट छापी छपाई हामीलाई दिएको हुँदा निजहरुलाई आवश्यक कारवाही गरिपाउँ भनी सबुदको रुपमा रु। एक हजार दरको घर३१ ४२०२७० नं। को नोट संलग्न राखी गणेशबहादुर थापा, कर्णबहादुर थापा र खगेन्द्रप्रसाद बुढा जैसीले दिएको संयुक्त निवेदन। नरेन्द्र बहादुर वि।सी। ९बुढा० र विक्रान्त माझीले निवेदकहरु गणेशबहादुर थापा, कर्णबहादुर थापा र खगेन्द्र प्साद बुढा जैसीलाई एकरएक हजारका एकै नम्बर घर३१ ४२०२७० का नक्कली नोटहरु दिएको हुँदा उक्त घटनामा संलग्न नरेन्द्र बहादुर वि।सी। र विक्रान्त माझीलाई आवश्यक कारवाही गरिपाउँ भनी नक्कली नोटहरु सहित संयुक्त निवेदन दिएको हुँदा निज नरेन्द्र बहादुर वि।सी। र विक्रान्त माझी दुवै जनालाई आवश्यक कारवाही गरिपाउँ भन्ने व्यहोराको प्रहरी चौकी ढकारीको संचारपत्र। जिल्ला अछाम हिच्मा गा।वि।स। वडा नं। ६ ढकटेना बजारस्थित पुर्वमा ढकारी देखि हिच्मा जाने ग्रामिण सडक खण्ड, पश्चिममा खाली जमिन, उत्तर(दक्षिणमा ढकटेना बजार यति चार किल्लाभित्र रहेको पुर्व मोहडा भएको विक्रान्त माझीको मोबाईल पसल, उक्त पसलको ढोका खोली भित्र गई हेर्दा भुँइ तलाको कोठाबाट नक्कली नोटहरु छपाई फोटोकपी गर्न प्रयोग भएको ब्ऋभ्च् लेखेको कालो रंगको ीबउतयउ थान १, भ्एक्इल् लेखेको सेतो रंगको सानो फोटोकपी मेशिन थान १, ब्द्ध साइजका कागज पाना २, भ्एक्इल् को कालो रंगको फोटोकपी मेशिन थान १ र रु। १०००र( को नं। घर३१ ४२०२७० नोटको फोटोकपी गरेको थान ६ समेत बरामद गरेको भन्ने व्यहोराको बरामदी मुचुल्का। मिति २०७१र११र११ गते नरेन्द