निर्णय नं. १०५५२ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५५२ - आयकर भाग: ६२ साल: २०७७ महिना: मंसिर अंक: ८ फैसला मिति :२०७६/०५/१६ २५९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के।सी। माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति स् २०७६।५।१६ ०७४-RB-०३६३ मुद्दाः आयकर (२०७०/71) पुनरावेदक स् आन्तरिक राजस्व कार्यालय काठमाडौँ, क्षेत्र नं। ३ को तर्फबाट प्रमुख कर प्रशासक बलराम रिज्याल विरूद्ध प्रत्यर्थी स् काठमाडौँ जिल्ला काठमाडौँ महानगरपालिका वडा नं। ४ विशालनगर स्थित सेराजेम हेल्थ केयर नेपाल प्रा।लि।को तर्फबाट अख्तियार प्राप्त संचालक समितिका अध्यक्ष पंकज कुमार पौद्धार  कुनै एउटा विभागीय निर्देशिकाको उदाहरणमा प्रयुक्त शव्दावलीलाई कानून सरह मान्यता दिई उदाहरणमा परे ईतरका उही आशय बोक्ने शव्दावलीलाई बाहेक गरेर अर्थ र व्याख्या गर्दा कानूनको वास्तविक मनसाय प्रकट हुँदैन भन्ने कुरा निर्णयकर्ताले निर्णयको दौरान हेक्का राख्नुपर्ने हुन्छ िनिर्देशिकाको मूल व्यवस्थामा नभई उदाहरणमा मात्र “परामर्श सेवा” भन्ने शब्दहरुको प्रयोग भएकोले परामर्श सेवा बापत उपलब्ध हुने कमिशनलाई मात्र सेवा शुल्क मान्न मिल्छ तर परामर्श बाहेक अन्य सेवा ९वस्तु बिक्री गरी उपलब्ध गराएको सेवासमेत० बापत पाएको कमिशनलाई सेवा शुल्क मान्न मिल्दैन भन्ने निर्णयाधार ग्रहण गरेबाट कानूनमा स्पष्ट नगरी केवल उदाहरणस्वरूप उद्धृत गरिएको अमुक शव्दावलीलाई कसैको हक र दायित्वमा सारभूत असर पार्ने शव्दको रुपमा स्वतः अनुमान लगाई अर्थ गरिनुलाई कानूनको सही व्याख्या भएको भनी मान्न नसकिने ि ९प्रकरण नं।५०  आयकर ऐन, २०५८ को दफा २ को खण्ड ९क म० मा सेवा शुल्क भन्नाले “कुनै व्यक्तिले उपलब्ध गराएको सेवा बापत निजलाई बजारमूल्य अनुसार भुक्तानी गरिएको कुनै शुल्क सम्झनु पर्छ र सो शव्दले कमिशन, बैठक भत्ता, व्यवस्थापन शुल्क वा प्राविधिक सेवा शुल्कलाई समेत जनाउँछ” भनी सेवा शुल्कलाई परिभाषित गरेको देखिंदा वस्तु बिक्री गरी प्राप्त गरेको कमिसन सेवाशुल्क अन्तर्गत पर्दैन भनी कानूनले प्रष्ट रुपमा नबोलेको अवस्थामा कमिशन बापत पाउने रकम सेवा शुल्कभित्र पर्दैन भनी अनुमान गर्न नमिल्ने ि९प्रकरण नं।६०  “बिक्री प्रबन्धकको नियुक्त एजेन्टलाई दिईने कमिशन सेवा शुल्क हुन्छ भने बिक्रीको लक्ष्य हासिल गरे बापत तोकिएका कर्मचारीलाई उपलब्ध हुने कमिशन भने पारिश्रमिक अन्तर्गत पर्दछ” भनी स्पष्ट शव्दहरुमा उल्लेख गरी आन्तरिक राजस्व विभागको आयकर निर्देशिकामा उल्लेख भएको व्यवस्थाले नै सेल्स एजेन्टको कमिशनलाई सेवा शुल्क मानेको हुँदा कमिशन प्रयोजनको लागि सेल्स एजेन्टलाई विशेष रुपमा नहेरी यसमा प्रयुक्त यी तीन शब्दहरु सेवा शुल्क, कमिशन र बिक्री बोनस लाई केवल प्राविधिक दृष्टिकोणबाट हेरी निरपेक्ष रुपमा अलग अलग अर्थ र अस्तित्व बोकेका हुन् भनी अर्थ गर्न मिल्ने देखिंदैन िकानूनमा प्रयुक्त शब्दहरुको अर्थ लगाउँदा कानूनको व्यवस्थालाई समुचा रुपमा हेरी सन्दर्भ अनुसारको सापेक्षतामा ती शब्दहरुको अर्थ निकाल्नुपर्ने हुन्छ ियस उपदफामा प्रयुक्त सेवा शुल्क, कमिशन र बिक्री बोनस शव्दहरुको छुट्टाछुट्टै प्रयोग भएको कारण ती शव्दहरुले स्वतन्त्र अर्थ ग्रहण गर्ने भएतापनि सेल्स एजेन्टको कमिशनको हकमा भएको अलग व्यवस्था र सो कमिशनलाई बर्गिकरण नगरिएको अवस्थामा बिक्री प्रबन्धकको लागि नियुक्त त्यस्ता सेल्स एजेन्टले पाउने कमिशनलाई सेवा शुल्ककै रुपमा बुझ्नुपर्ने । ९प्रकरण नं।७० पुनरावेदकका तर्फबाट स् विद्वान उपन्यायाधिवक्ता श्री हरिशंकर ज