निर्णय नं. १०५७१ - निर्णय दर्ता बदरसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०५७१ - निर्णय दर्ता बदरसमेत भाग: ६२ साल: २०७७ महिना: पौस अंक: ९ फैसला मिति :२०७७/१०/१३ २११२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा। श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति स् २०७ट।१०।१३ ०74-CI-0407 मुद्दा स् निर्णय दर्ता बदरसमेत पुनरावेदक स् काठमाडौं जिल्ला, का।म।न।पा। वडा नं। छ हाँडीगाउँ बस्ने हकदार कृष्णबहादुर थापासमेत विरूद्ध प्रत्यर्थी स् मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौं ट्ट सरकारी जग्गा व्यक्तिलाई दिने अधिकार कसैलाई पनि हुँदैन। कानून विपरित कुनै निर्णयबाट जग्गा दर्ता गर्ने निर्णय गरियो भने पनि कानून वर्खिलापको सो निर्णय कायम रहन सक्दैन। नापी भई नयाँ स्रेस्ता बमोजिम सरकारको नाममा दर्ता भै सकेको र टोल, समाज, सम्बन्धित स्थानीय निकाय वडा समेतले सर्वजनिक जग्गा हो भनी बुझी सोही रूपमा उपभोग गरिरहेको जग्गा सर्भे नापीले नै स्वीकार नगरेका परापूर्वका स्रेस्ताको आधारमा जग्गा दर्ता गर्दै जाने हो भने सार्वजनिक र नदी किनारका जग्गा सकिंदै जाने र खुलाक्षेत्र समाप्त हुने स्थिति आइपर्ने। ९प्रकरण नं।८० पुनरावेदकका तर्फबाट स् बिद्वान बरिष्ठ अधिवक्ता श्री शम्भु थापा तथा बिद्वान अधिवक्ताहरू श्री कृष्ण थापा र श्री नानीबाबु बुढाथोकी सार्वजनिक जग्गा संरक्षण समितिका तर्फबाट स् बिद्वान अधिवक्ताहरू श्री अर्जुनप्रसाद थापा र गंगाप्रसाद पौडेल प्रत्यर्थीका तर्फबाट स् उप न्यायाधिवक्ता श्री महेशप्रसाद खत्री अवलम्बित नजिर स् सम्बद्ध कानून स् शुरू निर्णय गर्नेः( मालपोत अधिकृत मालपोत कार्यालय काठमडौं पुनरावेदन तहबाट फैसला गर्नेः( माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की माननीय न्यायाधीश श्री शारङ्गा सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या।डा।आनन्दमोहन भट्टराई स् पुनरावेदन अदालत पाटनबाट मिति २०७२।९।२२ मा भएको फैसला उपर मुद्दा दोहोर्‍याई हेरी पाउन प्रतिवादीहरूको तर्फबाट निवेदन परेकोमा मिति द्दण्ठद्धरढरट मा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड ९क० र ९ख० बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने गरी निस्सा प्रदान भएपश्चात् दायर भई नियमानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यसप्रकार रहेको छ स्( काठमाडौं जिल्ला, का।म।न।पा। साबिक वडा नं। २५९क० बाट हाल नापीमा कायम भएको का।म।न।पा ५ सि।नं। १०२(१०६६(०५ कि।नं। २०८, २१०, २४७, २४९, २५१ का जग्गा नयाँ नापीमा गुठी तैनाथीमा दर्ता गर्ने गरी भएको निर्णय सम्मानित सर्वोच्च अदालतबाट दर्तावालाको लंगत कट्टा गरेको अवस्था नभई २०२९ साल सम्मको तिरो निवेदकका तर्फबाट तिरेको गोकर्णेश्वर पञ्चामृत गुठी ५, ५र१ लगत कायम रहेको भन्ने देखिंदा गुठीको मोठ लगायत सम्बद्ध प्रमाण जो बुझ्नु पर्ने बुझी निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी गरेको निर्णय त्रुटिपूर्ण देखिंदा उत्प्रेषणको आदेशद्वारा बिपक्षी गुठी तहसिल कार्यालयको मिति २०५२र८र२१ को निर्णय बदर गरिदिएको छ । अब गुठीमा भएको प्रमाणहरु समेतका आधारमा कानून बमोजिम गर्नु भनी परमादेशको आदेश जारी हुने ठहरी पुनः गुठी कार्यालयबाट १६(८(० मध्ये ८(६(२ साबिकमा दर्ता भई बाकी क्षेत्रफल ८(१(२ अधिनस्थमा कार्यबाही चली मिसिल यस कार्यालयमा प्राप्त भै यस कार्यालयबाट भूमिसुधार तथा ब्यवस्था मन्त्रालयमा पठाई सो मन्त्रालय मार्फत प्रस्ताब पेश भई नेपाल सरकारबाट अदालतको मिति २०५७र१र२९ को परमादेश बमोजिम पूर्ण बहादुर थापा समेतले दिएको निवेदन र गुठीको मोठ लगायतका सम्ब