निर्णय नं. १०५८८ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०५८८ - परमादेश भाग: ६२ साल: २०७७ महिना: माघ अंक: १० फैसला मिति :२०७६/०९/२० २०११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरि प्रसाद फुयाल आदेश मिति: २०७6।९।२० ०69–WO–021२ मुद्दाः- परमादेश निवेदक : जिल्ला भोजपुर बोखिम गा.वि.स. वडा नं.१ स्थायी वतन भएको तीलक बहादुर राईको नाति गंगा बहादुर राईको छोरा हाल राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, मानव संसाधन विभागमा कार्यरत वर्ष ५८ को लेखा अधिकृत राम प्रसाद राई विरूद्ध विपक्षी : राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौंसमेत § घरविदा भनेको कार्यालयमा उपस्थित भएको वा कार्यालयको कार्यमा संलग्न रहेको अवस्थामा केही अवधि फुर्सद दिनुपर्छ भन्ने मान्यतामा दिइने विदा हो। पदबाट निलम्बन भएको अवस्थामा पनि घरविदा पाईरहन्छ र सो वापतको सुविधा दिनुपर्छ भन्नु उचित र तर्कसंगत नहुने। (प्रकरण नं.४) निवेदकका तर्फबाट : विद्वान अधिवक्ता श्री ठोक प्रसाद सिवाकोटी विपक्षीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री ईन्द्र प्रसाद खरेल, विद्वान वरिष्ठ अधिवक्ता श्री महेश कुमार नेपाल र विद्वान अधिवक्ता श्री इन्दिरा कार्की अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको अन्तरिम संविधान २०६३ को धारा ३३, १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्य खण्ड म निवेदक विपक्षी राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखामा कार्यरत रहँदा एल.सी सम्बन्धी कारोबारमा अख्तियार दुरुपयोग एवं विदेशी विनिमय अपचलन गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिति २०५८।३।१९ मा म समेतलाई विपक्षी बनाई विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेकोमा सम्मानित विशेष अदालतबाट मिति २०६४।३।१२ मा आरोपित मुद्दामा सफाई पाउने फैसला भएको छ। उक्त मुद्दाको सिलसिलामा निवदेक मिति २०५८।३।१९ देखि निलम्बनमा रहेकोले विशेष अदालतको मिति २०६४।३।२६ को पत्र साथ विपक्षी बैंकको मानव संसाधन विभागमा हाजिरको लागि अनुरोध गर्दा विपक्षी बैंकको निर्णयबाट निलम्बन फुकुवा गरी हाजिर गराउने निर्णय भई मिति २०६५।२।१४ बाट मानव संसाधन विभागमा हाजिर भई विभागीय प्रमुखसँग बैंकको नियमावली अनुसार निलम्बनमा रहेको आ.व. 058/59 देखि आ.व. ०६४/६५ सम्म जम्मा ६ आ.व. को घरबिदाको प्रत्येक दिनको तलव भत्ता बराबर नगद भुक्तानीको लागि अनुरोध गर्दा समेत सो नभैरहेकोमा मिति २०६५।१०।१९ मा लिखित निवेदन विभागीय प्रमुख समक्ष गर्दा विपक्षी बैंकको संचालक समितिको मिति २०६९।२।१ मा बसेको बैठकको “यस बैंकमा कार्यरत कर्मचारीहरु निलम्बनमा परेको अवस्थामा निलम्बनमा रहेको अवधि भरको घरबिदाको सट्टा तलब नपाउने” भन्ने निर्णय भएको व्यहोरा जानकारी प्राप्त भयो। राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी सेवा विनियमावली, २०६१ को विनियम ३७(१) अनुसार कर्मचारीले प्रत्येक वर्ष ३० दिनको दरले घरबिदा पाउने व्यवस्था छ भने विनियम ३७(२) मा घरबिदा बढीमा १५० दिनसम्म संचित गरी राख्न सकिनेछ । कुनै कर्मचारीको घरबिदा ६० दिन भन्दा बढी संचित रहेमा निजले यसरी ६० दिनभन्दा बढी रहेको घरबिदाको सट्टा तत्काल खाईपाई आएको तलब भत्ता बराबरको रकम वर्षमा एक पटक पाउनेछ। तर एक वर्षमा ३० दिनभन्दा बढी घरबिदाको सट्टा तलब पाउन सक्ने छैन भन्ने व्यवस्था भएकोले निवेदक निलम्बित भएको आ.व. २०५८/५९ को ३० दिनको तलव.रु. १०,०५५।-