निर्णय नं. १०६२४ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६२४ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७४/०७/२७ १३७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान आदेश मिति : २०७४।७।२७ ०७३-WO-०१११ विषयः- उत्प्रेषण / परमादेश निवेदक : झापा जिल्ला तोपगाछी गा.वि.स. वडा नं.४ बस्ने युवराज कार्कीसमेत विरूद्ध विपक्षी / प्रत्यर्थी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंसमेत राजदूतको पदमा निर्वाह गर्नुपर्ने कार्यको प्रकृति हेर्दा उसले तत्काल कायम रहेको सरकारको प्रतिनिधिको रूपमा कार्य गर्ने हो । यही कार्यको प्रकृतिले गर्दा आफ्नो विचारको राजदूतले सही प्रतिनिधित्व गरेको छैन भन्ने लागेमा सरकारले उसलाई फिर्ता पनि गर्न सक्छ । राजदूत पदमा गरिएको सिफारिस र सिफारिस फिर्ता लिने निर्णय पनि त्यही प्रकृतिको कार्य हो भनी बुझ्नुपर्ने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री शम्भु थापा र विद्वान् अधिवक्ता श्री केदारप्रसाद दाहाल विपक्षी / प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सन्जिव रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छ :- निवेदकमध्येको म युवराज कार्कीले स्नातक तहको शैक्षिक उपाधि हासिल गरी, पहिलो संविधान सभामा सभासद् भई काम गरेको, सामान्य प्रशासन मन्त्रीको समेत जिम्मेवारी सम्हाली सकेको छु । निवेदकमध्येको म खडगबहादुर के.सी. अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा जापानको नागासाकी विश्वविद्यालयबाट पी.एच.डी. तहको शैक्षिक उपाधि हासिल गरी त्रि.वि. अन्तर्गतको मानविकी तथा सामाजिक शास्त्र अध्ययनअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुख एवं त्रि.वि.को सहप्राध्यापक तहमा कार्यरत रही आएको छु । निवेदकमध्येको म अलि अख्तर मिकारानीले सिभिल इन्जिनियरिङ विषयमा स्नातक तहको शैक्षिक उपाधि हासिल गरी विभिन्न इन्जिनियरिङ परामर्शसम्बन्धी काम गरी आएको छु । निवेदकमध्येको म नारदनाथ भारद्वज (वाग्ले) ले पी.एच.डी. तहको शैक्षिक उपाधि हासिल गरी विगत २२ वर्षदेखि त्रि. वि. अर्न्तगत अध्यापन गरी हाल सहप्राध्यापक तहमा कार्यरत रहेको छु । निवेदकमध्येकी म शिवमाया तुम्वाहाम्फे राजनीतिक शास्त्रमा पिएचडी तहको शैक्षिक उपाधि हासिल गरी त्रि.वि. अन्तर्गत विराटनगर डिग्री कलेजमा प्राध्यापन पेसा एवं कानून व्यवसायीको हैसियतले समेत काम गरी आएकी छु । यसरी निवेदकहरूले प्राप्त गरेको शैक्षिक योग्यता, अनुभव, भिन्न भिन्न क्षेत्रमा कार्य गरेको अनुभवसमेतलाई विचार गरी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३।१।६ को निर्णयअनुसार निवेदक युवराज कार्कीलाई गणतन्त्र कोरिया, निवेदीका शिवमाया तुम्वाहाम्फेलाई इजरायल, निवेदक खडगबहादुर के.सी. लाई जापान, निवेदक अलि अख्तर मिकरानीलाई साउदी अरेविया, निवेदक नारदनाथ भारद्वज (वाग्ले) लाई श्रीलंकाको लागि नेपाली राजदूतको लागि छनौट गरी नियुक्तिका लागि सिफारिस गरेको थियो । राजदूत वा विशेष प्रतिनिधिको रूपमा काम गर्नको लागि निवेदकसहितका २२ जनालाई सिफारिस गरिएको थियो । उक्त सिफारिसउपर संविधानको व्यवस्थाअनुसार संसदीय सुनुवाइबाट सिफारिसबमोजिमको पदहरूमा नियुक्ति हुनको लागि ती व्यक्तिहरूको नाम अनुमोदन हुनुपर्ने प