निर्णय नं. ४४२७ - जग्गा दर्ता बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४४२७ - जग्गा दर्ता बदर भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/०७/११ ३३८० निर्णय नं. ४४२७ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी सम्वत् २०४६ सालको दे.पु.नं ४३९ फैसला भएको मिति: २०४८।७।११।२ मा पुनरावेदक/प्रतिवादी: पोखरा न.पं.वा.नं. १५ स्थित मिशिनरी अस्पतालको प्रतिनिधि दिपक गुरुङ विरुद्ध प्रत्यर्थी/वादी: पोखरा न.पं.वा.नं.१२ बस्ने पदमराजको मु.स. गर्ने विष्णुराज घिमिरेसमेत मुद्दा : जग्गा दर्ता बदर (१) तत्काल प्रचलित ऐनले नालिस गर्ने हदम्याद नाघीसकेको कुरामा ऐनमा भएको संशोधनबाट सुविधा प्रदान गर्दछ भन्न कानुन व्याख्या सम्बन्धी ऐनले नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल प्रत्यर्थीतर्फबाट : विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल अवलम्बित नजीर: न्हुच्छेबहादुर बासुकला विरुद्ध कर्णबहादुर बासुकला भएको दर्ता बदर मुद्दा (ने.का.प. २०३६, अंक ८ पृष्ठ २५३) सम्माति गोसाइको मु.स.गर्ने नमिन्द्रनाथ गोसाई विरुद्ध श्यामलाल थारु भएको जग्गा खिचोला मुद्दामा सर्वोच्च अदालत फुलबेञ्चबाट २०३३।३।२६ मा सिद्धान्त प्रतिपादित । फैसला न्या.कृष्णजंग रायमाझी १. प.क्षे.अ.को फैसला उपर यस अदालतबाट पुनरावेदन गर्ने अनुमति पाई दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. १९९१ सालको जाँचमा जि.रामकृष्ण कार्की जिम्मा बदलसिंह र दलबहादुरका पर्खाल देखि पश्चिम वनपाला र समीतराका डिलदेखि पूर्व वाबीयातराका पर्खालदेखि दक्षिण चिसापानीका तेर्छो पर्खाल देखि उत्तर यति ४ किल्ला भित्रको वारी पाटन भन्ने जग्गा हामीहरुका आ–आफ्ना बाबु बाजे अंशियाराका नाउँमा खर्चरी तिरो रु. ।५२।२ लागी दर्ता भएको जग्गा हो । सनदको वनपालाको जता पनि सो जग्गाको ४ किल्ला भित्र पर्दछ । उक्त हाम्रो संधीको जग्गामा खिचोला गरेकोले खिचोला मेटाई हाम्रो समेत हक कायम गरी पाउँ भन्ने दावी परी तह तह भई जाँदा उक्त जग्गा सबै सन्धी जानी चलन गर्न पाउने गरी १९९४।९।८।४ मा खड्ग निसाना भई (साविक पेज नं. ७९७) खर्चरी दर्ता सन्धी कायम भई सन्धी जानी सन्धीवाला हामी समेतले वस्तु चराई भोगी चर्ची आएको अवस्था दर्तावाला मध्येकै गोपालले जग्गाको साविक किल्लाको नाउँ नलेखी अरु जग्गाको नाउँ किल्ला लेखी चिसापानी भन्ने उल्लेख गरी हाल आवादी दर्ता गराई खाने मिलेमतोबाट गोपाल वानियाले दर्खास्त दिई मिलेमतोबाट सरजमीन बसी पर्ती ऐलानी भनी नापी मुचुल्का गराई गोपाल र तिलकबहादुर समेत जना ७ को नाउँमा दर्ता मुचुल्का बनाए उपर मुद्दा परी शुरु इलाका अदालतको इन्साफ सदर गरी तत्काल नक्सामा न.नं. ३–४ को हामीलाई चाहिएमा छाड्ने गरी महारोगी राख्ने अस्पताललाई दिएको समीतराको पुछारमा रहेको महारोगीखानाको आडैमा हाम्रो खर्चरी दर्ता मध्येका पश्चिमपट्टि ३०।४० रोपनी जग्गा जति मात्र मिसन अस्पताल बनी महारोगीले सेवा पाई आएको उक्त खड्ग निसाना सनद बमोजिम सन्धीसर्पन कायम रहेको दर्ता समेत भित्रको हुँदा २०१२।१२।१४।३ को हाल आवादी दर्ताको लागि भएको नापी मुचुल्का बदर भई ग.अं.अदालतबाट २०२४।१।२७।४ मा फैसला भई सो उपर अपील उजुर समेत नपरी सो फैसला अन्तिम भएको फैसला समेतको दर्ता खडग निसाना फैसला भित्रै स्थापित यो अस्पताल हो । सो अस्पताल विदेशीको सहयोगबाट स्थापित हुँदा हामीले विपक्षी अस्पताललाई हक छाडी दिएको नहूँदा सो जग्गा हाम्रै दर्ता सन्धीको हुँदा र विपक्षी