निर्णय नं. १०६२८ - किर्ते जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६२८ - किर्ते जालसाजी भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/१०/२१ ३८५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना फैसला मिति : २०७६।१०।२१ ०७०-CR-०५०१ मुद्दाः किर्ते जालसाजी पुनरावेदक / वादी : काठमाडौं जिल्ला, रामकोट डाँडापौवा गा.वि.स. वडा नं.५ बस्ने हेमलाल गिरीको मु.स. गर्ने ऐ. रामकोट वडा नं. ५ हाल नागर्जुन नगरपालिका वडा नं. ६ बस्ने समित राज गिरी विरूद्ध प्रत्यर्थी / प्रतिवादी : काठमाडौं जिल्ला, रामकोट डाँडापौवा गा.वि.स. वडा नं. ५ बस्ने जयन्तीकुमारी गिरीसमेत कुनै निवेदन वा लिखतबाट कारबाही सुरू भई त्यस लिखतका आधारमा कसैले कुनै सम्पत्तिमा हकअधिकार (Right) प्राप्त गरेको तथ्यलाई वैध मानी स्वीकार गरी बस्दछ भने सोही आधारमा भएको अरू कार्यलाई पनि निजले स्वीकार गरेको मान्नुपर्ने । (प्रकरण नं.७) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री तिर्थ बसौला र श्री रमण कुमार श्रेष्ठ तथा विद्वान् अधिवक्ता श्री विधा पौडेल अवलम्बित नजिर : ने.का.प. २०६८, अङ्क ५, नि.नं. ८६२४ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्या. श्री ऋषिप्रसाद अधिकारी काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- मा. मुख्य न्यायाधीश श्री केशरी राज पण्डित माननीय न्यायाधीश श्री प्रकाश चन्द्र गजुरेल पुनरावेदन अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भन्ने निवेदन परेकोमा यस अदालतबाट मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नअनुसार छ:- तथ्य खण्ड स्व.पिता पदमबहादुर गिरीका २ छोरामा जेठा विपक्षीका पति कोमल गिरी र कान्छो म फिरादी हेमलाल गिरी हौं । पैतृक सम्पत्ति नरम करम मिलाई भाग शान्ति भोग गरी आएका थियौं र केही सम्पत्ति साझा दर्ता रही आ-आफ्नो भाग, भोग गरी आएका छौं । रैंकर सम्पत्तिबाहेक हाम्रा पिता पदमबहादुर गिरीले मोहीयानीमा कमाएका जग्गाहरू पनि थिए । जग्गाधनीसँगको व्यवहार दाजु कोमल गिरीले मिलाई आउनु भए तापनि जग्गा खनजोत गर्ने कुरामा दाजु कोमल र म फिरादीको समान सहभागिता रहने गरेको थियो, दाजु कोमल गिरीको मृत्युपछि पनि सोहीबमोजिम जग्गा कमाई आएको र मेरो हिस्साको आयस्ता मलाई दिई जग्गाधनीको माग हिस्सा मैले मिलाई आएकी छु मिलाउँछु भनी विपक्षी भाउजू जयन्तीकुमारी गिरीले भनी आउनु भएकोले सोहीबमोजिम भोग व्यवहार गरी आएका छौं । मिति २०६०।७।२४ मा मबाट गराई लिएको लिफामा वारेसनामाको बेहोरा नलेखाई कि.नं. १०९, ११०, ११३ र १०६ को जग्गासमेत दाजु कोमल गिरीका नाउँमा एकलौटी नामसारी भएमा मेरो मन्जुरी छ भन्ने बेहोरा पारी मन्जुरनामा लेख्ने लेखाउने काम भएछ । सो मन्जुरनामा तयार भएकै मिति २०६०।७।२५ मा निवेदनसाथ दाखेल गरेका अंशियारबाट मिति २०६०।८।१८ मा भूमिसुधार कार्यालय काठमाडौंबाट दाजु कोमल गिरीका नाउँमा मोही नामसारी हुने निर्णय गराई मोही हिस्सा छुट्टयाई लिने कार्य भएछ । साथै शेषपछि विपक्षी भाउजूका नाममा नामसारीसमेत भइसकेको भन्ने कुरा प्रतिलिपि उतार मिति २०६४।११।५ ऐ. १० र १४ गते प्राप्त गरी हेर्दा थाहा जानकारी हुन आएकोले एक कामको लागि गरी दिएको लिफामा अर्कै