निर्णय नं. १०६२९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६२९ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७६/१२/०२ २९२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति : २०७६।१२।२ ०७३-WO-०१४० विषयः- उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १९ बस्ने रूद्रबहादुर खड्गीको छोरा वर्ष ४५ को नेपाल खड्गी सेवा समितिको तर्फबाट अख्तियारप्राप्त निवर्तमान अध्यक्ष मनोजकुमार खड्गी विरूद्ध प्रत्यर्थी / विपक्षी : सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत कुनै समुदायले परम्परादेखि प्रयोग गर्दै आइरहेको ‘थर’ को नेपाली शब्दकोशमा प्रयोग गरिएको शब्दार्थको कारण समग्र जाति तथा समुदायले नै मनौवैज्ञानिक रूपमा ग्लानि, अपहेलित महसुस गर्नुपर्ने अवस्था आउनु सम्मानपूर्वक बाँच्न पाउने संविधान प्रदत्त मौलिक हकको विपरीत हुने । (प्रकरण नं.३) खड्गी समुदायका व्यक्तिहरूलाई राज्यबाट प्रदान गरिएको नागरिकता, पासपोर्ट, शैक्षिक प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्रलगायतको सरकारी कागजातहरूमा साबिकमा प्रयुक्त थरहरू कसाई, कसाही, साही, साईको सट्टामा आत्मसम्मानको बोध हुने थरहरू नाय:, सिंह, शाही, खड्गी कायम गराउन यथाशीघ्र आवश्यक कानूनी तथा अन्य व्यवस्थापकीय प्रबन्ध गरी कार्यान्वयन गर्नुपर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री अञ्जीता खड्गी प्रत्यर्थी / विपक्षीका तर्फबाट : विद्वान् शाखा अधिकृत श्री श्रीराम खनाल, विद्वान् अधिवक्ता श्री नरेन्द्र पाठक अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.हरिकृष्ण कार्की : नेपालको संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ:- तथ्य खण्ड नेपाल खड्गी सेवा समिति (खड्गी समाज) आदिवासी जनजाति उत्थान प्रतिष्ठान ऐन, २०५८ को दफा २(क) बमोजिम आदिवासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको जाति वा समुदाय सम्झनुपर्छ भनी परिभाषित गरिएको छ । सोही ऐनको अनुसूची २ बमोजिम सूचीकृत ५९ आदिवासी जनजातिमध्येको नेवार जातिभित्रको एक समुदाय, खड्गी जाति हो । नेपाल खड्गी सेवा समिति नेवार आदिवासीभित्रको खड्गी समुदायको प्रतिनिधिमूलक संस्था हो । देशका विभिन्न भू-भागमा बसोबास गरेका नायः, सिंह, शाही तथा खड्गी समुदायलाई गोलबद्ध गरी उनीहरूको उत्थान गर्ने उद्देश्यले वि.स. २०२६ सालदेखि सङ्गठित भई सङ्घ संस्था दर्ता ऐन, २०३४ बमोजिम काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मिति २०५६।१२।११ गते दर्ता भई कार्य गरी आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत् शब्दकोशमा कसाई शब्दको अर्थ मासु व्यवसाय गर्ने, निर्दयी, निष्ठुर, वधिक, घाती (पृष्ठ नं. २०४) उल्लेख गरिएको छ । त्यस्तै वधिकको अर्थ वध गर्ने, मार्ने (पृष्ठ नं. ११२९), घातीको अर्थ घात वा प्रहार गर्ने, हान्ने, हत्या गर्ने, हत्यारो, नाश गर्ने, बिगार्ने (पृष्ठ नं. ३५४), निर्दयीको अर्थ दया नभएको (पृष्ठ नं. ६९६) र निष्ठुरको अर्थ कठोर हृदय भएको, उज्जन्ड, क्रूरता (पृष्ठ नं. ७०१) भनी उल्लेख गरिएको छ । त्यस्तै कसाई शब्द नेपाली आगन्तुक अरबी शब्द (पृष्ठ नं. २०४) भनी उल्लेख गरिएको छ । यस शब्दले समग्र खड्गी जातिप्रति मनोवैज्ञानिक रूपमा ग्लानि, अपहेलित अनुभूति ग