निर्णय नं. १०६३२ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६३२ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७७/०६/१६ १५५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्‍ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७७।६।१६ ०७७-WH-००६० विषयः- बन्दीप्रत्यक्षीकरण निवेदक : कपिलवस्तु जिल्ला, गजेहडा गा.वि.स. वडा नं. २ घर भई हाल कारागार कार्यालय पर्सा वीरगन्जमा थुनामा रहेको वर्ष ५६ का रामकुमार हरिजन विरूद्ध विपक्षी : तत्कालीन पुनरावेदन अदालतको हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलाससमेत डाँका चोरी मुद्दामा मिति २०६६।१०।१८ मा फैसला भई लागेको कैद सजाय भोग्नुभन्दा अगावै मिति २०६६।११।२६ मा लागु औषधको कसुर गरेको र सो लागु औषध मुद्दामा मिति २०६८।३।१३ मा फैसला भई कैद र जरिवाना भएको अवस्था हुँदा पहिलो मुद्दामा कैद नबस्दै दोस्रो कसुर अपराध गरेको हुँदा थप कैद ठेकेको देखिँदा निवेदकको निवेदन मागबमोजिम निजको थुना कानूनविपरीतको भन्न मिल्ने नदेखिने । (प्रकरण नं.६) बन्दीप्रत्यक्षीकरणको आदेश बन्दीलाई गैरकानूनी थुनाबाट मुक्त गरिपाउँ भन्‍ने मागको आधारमा चल्ने हो । यसमा थुनाको कानूनी वैधता मात्र परीक्षण गरिने हुँदा रिट निवेदकलाई थुनामा राखिएको कार्य गैरकानूनी हो वा निजलाई कानूनबमोजिम भएको सजाय भुक्तानीको निमित्त कानूनी रूपमा थुनामा राखिएको हो भन्‍ने विषयमा मात्र सीमित रही आदेश गर्नुपर्ने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री रामप्रसाद ढुंगेल विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : ने.का.प.२०७४, अङ्क ७, नि.नं.९८४६ सम्बद्ध कानून : आदेश न्या.बमकुमार श्रेष्ठ : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण अधिकार क्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं आदेश यस प्रकार छः- तथ्य खण्ड म निवेदक प्रतिवादी रामकुमार हरिजन प्र.स.नि. एकबहादुर कुमालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदकसमेत भएको लागु औषध मुद्दा (०६७ को स.फौ.नं. १४८) र प्र.स.नि. सर्वजित थापाको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी म निवेदकसमेत भएको लागु औषध मुद्दा (०६७ को स.फौ.नं. १४९) कपिलवस्तु जिल्ला अदालतबाट मिति २०६८।०३।१३ मा फैसला हुँदा दुवै मुद्दामा म निवेदकलाई ५ (पाँच) वर्ष कैद र रू. ५,०००।- (पाँच हजार रूपैयाँ) जरिवाना हुने फैसला भई म निवेदक मिति २०६६।११।२९ बाट आजका मितिसम्म कैदमा नै रही करिब १० (दश) वर्ष कैद बसेको दुवै लागु औषध मुद्दामा ठहरेको जरिवाना रू.१०,०००।- (दश हजार रूपैयाँ) र.नं. ४२१ मिति २०७४।०२।२८ मा तिरी सकेको अवस्था छ । त्यसैगरी म निवेदकसमेत प्रतिवादी भएको डाँका चोरी मुद्दा कपिलवस्तु जिल्ला अदालतबाट मिति २०६६।१०।१८ मा फैसला हुँदा ६ वर्ष कैद र रू. २,८१,९७९।- (दुई लाख एकासी हजार नौ सय उनासी रूपैयाँ) जरिवाना हुने ठहरी फैसला भएकोमा माथि उल्लिखित २ थान लागु औषध र डाँका चोरी मुद्दामा ठहरेको कैद तथा जरिवानाको रकमसमेत हद गरी पाउन सुरू कपिलवस्तु जिल्ला अदालतमा निवेदन दिएकोमा उक्त अदालतबाट दुवै मुद्दामा ठहरेको कैदहरू जोडी कैद ११ (एघार) वर्ष र जरिवानासमेत जोडी उक्त जरिवाना नतिरेमा थप ४ (चार) वर्ष कैद बस्नुपर्ने भनी तहसिल शाखाबाट च.नं. ६०७१ मिति २०६९।०३।१० गते कैदी पुर्जी दिएकोमा म निवेदकले सुरू अदालतमा ३ वटै मुद्दामा ठहर भएको कैद साबिक मुलुकी ऐन, दण्ड सजाय महलको ४१ नं. बमोजिम कैद हद गरी म निवेदक मिति