निर्णय नं. १०६३६ - अपहरण तथा शरीर बन्धक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६३६ - अपहरण तथा शरीर बन्धक भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७७/१०/२२ ४५६० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीरा खडका माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।१०।२२ ०७४-CR-०८८८ मुद्दा: अपहरण तथा शरीर बन्धक पुनरावेदक / प्रतिवादी : म्याग्दी जिल्ला, साबिक हिस्तान गा.वि.स. वडा नं. ९ परिवर्तित ऐ. अन्नपूर्ण गाउँपालिका वडा नं. ७ घर भई हाल कारागार कार्यालय, म्याग्दीमा थुनामा रहेको एकेन्द्र, योगेन्द्र भन्ने सन्देश गर्बुजासमेत विरूद्ध प्रत्यर्थी / वादी : निलप्रसाद पुनको जाहेरीले नेपाल सरकार बल प्रयोग गरी डर, त्रास देखाई वा हतियार देखाई कुनै यातायातको साधनमा वा कुनै ठाउँमा नियन्त्रणमा लिई राखेको वा थुनेको तथ्य प्रमाणित नभएसम्म शरीर बन्धकको कसुरको वारदात स्थापित भएको मान्न नमिल्ने । (प्रकरण नं.२१) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री गोपालप्रसाद शर्मा प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री प्रकाश गौतम अवलम्बित नजिर : ने.का.प.२०३६, अङ्क १, नि.नं.१३१२ सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री रामप्रसाद शर्मा म्याग्दी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री रत्नकुमार बागचन्द माननीय न्यायाधीश श्री अजयराज उपाध्याय उच्च अदालत पोखरा, बागलुङ इजलास फैसला न्या.मीरा खडका : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने निस्सा प्रदान गरी पुनरावेदन दर्ता भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा जिल्ला म्याग्दी, बेगखोला गा.वि.स. वडा नं. ९ तिप्ल्याङस्थित सिता पुर्जाको होटल हुँदै कालीगण्डकी नदीसम्मको स्थानमा मलेसियाबाट पठाएको पार्सल-नासो बुझाउने उद्देश्य लिएर सँगसँगै निस्केका माइला छोरा रविन पुन र कान्छा छोरा मनकुमार पुनले तिप्ल्याङ बजारमा केही समय साथीहरूसँग भलिबल पनि खेलेका रहेछन् । भलिबल समाप्त भएपछि सिता पुर्जाको होटलमा खाजा खाने क्रममा घर घेरा हाली जोगेन्द्र भन्ने जयन गर्बुजाले मेरो छोराका साथीहरू दिनेश गर्बुजासमेतलाई बाहिरतिर बोलाएर बाहिर निस्किन पाउँदा नपाउँदै धर्मेन्द्र सिंजालीले आफैँले लुकाई ल्याएको खुकुरीले मनकुमार पुनलाई टाउकोमा प्रहार गर्ने, सुजन गर्बुजाले चिरूवा दाउराले माइला छोरा रविन पुन, मनकुमार पुनलाई हिर्काउँदै गर्दा होटलको पछाडिको ढोकाबाट मनकुमार पुन र रविन पुन भाग्दै गर्दा पछाडि लुकेर बसेका अन्य व्यक्तिहरूले आक्रमण गरी अपहरण गरी साथमा रहेको धनमाल, सुनसमेत लुटी डाँका, चोरी (खुन डाँका), कर्तव्य गरी मारी लास कालीगण्डकीमा फाली निज रविन पुनलाई बेपत्ता पारेका र टिका पुर्जासमेतले मिति २०७२।०२।१० गते बेलुका १८:३० बजेको समयमा कालीगण्डकी नदिको बाढीमा बगाएको लास देखेका हुँदा आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको निलप्रसाद पुनको जाहेरी दरखास्त । मिति २०७२।०२।०९ गते बेलुका अन्दाजी १९:३० बजेको समयमा धर्मेन्द्र सिंजालीले सिता पुर्जाको होटलमा नास्ता खुवाउँछु भनेकाले जाँदै गर्दा सिता पुर्जाको होटलमा रविन पुन र मनकुमार पुन रक्सी खाँदै थिए । मनकुमार पुनले धर्मेन्द्रलाई तँ यहाँ आइज भनी बोलाएपछि विवाद हुँदा म, यामबहादुर के.सी., सुजन गर्बुजा र टेकबहादुर पुर्जा भित्र गयौं । भित्र जाँदा दुवै पक्षबिच हानाह