निर्णय नं. १०६३७ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६३७ - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: बैशाख अंक: १ फैसला मिति :२०७७/११/०६ ५४२५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७७।११।६ ०७६-WO-००३० मुद्दाः उत्प्रेषण / परमादेश निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ बल्खु कुमारी क्लब बस्ने सुवास बोगटी विरूद्ध विपक्षी : सुवास बोगटीको श्रीमती काठमाडौं जिल्ला, साबिक गोठाटार गाउँ विकास समिति वडा नं. ८ को हाल काठमाडौं जिल्ला कागेश्वरी मनहरा नगरपालिका वडा नं. ९ बस्ने मार्था पुर्कुटीसमेत असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुने रिट निवेदनले साधारण अधिकारक्षेत्रअन्तर्गत पेस हुने पुनरावेदनको स्थान ग्रहण गर्न मिल्ने नदेखिने । प्रमाणको मूल्याङ्कनसम्बन्धी विषय वा तजबिजी अधिकारको प्रयोग गर्दा विविध मानवीय दृष्टिकोणमा रहने स्वाभाविक विविधताको कारणबाट देखा पर्ने अन्तरभिन्नता जस्ता कुरालाई हेरेर मातहतका अदालतले साधारण अधिकारक्षेत्रअन्तर्गत मुद्दाको नियमित प्रक्रियाका सन्दर्भमा गरेको निर्णय वा आदेशमा प्रमाणको मूल्याङ्कनमा कमी कमजोरी भई त्रुटि भयो भन्ने जस्ता विषयलाई लिएर रिट क्षेत्राधिकारअन्तर्गत प्रवेश गर्न नमिल्ने । (प्रकरण नं.५) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री नेत्र आचार्य र विद्वान् अधिवक्ता श्री मदनबहादुर कार्की विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री गोपालप्रसाद रिजाल अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी देवानी संहिता, २०७४ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ बालबालिकासम्बन्धी ऐन, २०७५ आदेश न्या.बमकुमार श्रेष्ठ : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ :- तथ्य खण्ड म निवेदक नेपाली नागरिक हुँ । काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ मा बसोबास गर्दै आएको छु । मिति २०६९।११।७ गते काठमाडौं जिल्लाको गोठाटार गा.वि.स. वडा नं. ८ बस्ने मार्था पुर्कुटीसँग मागी विवाह भएको हो । हाम्रो सम्बन्धबाट मिति २०७०।१२।२४ मा एक छोरा आरोग्य बोगटीको जन्म भएको थियो । करिब ३ वर्षपहिला श्रीमती मार्था पुर्कुटी माइत जान्छु भनेर गएकोमा बिनासूचना ६ महिना माइत बसी आइन् । निजको काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १४ कालिमाटी भिममुक्तेश्वर बस्ने वर्ष ३५ को रवि शाही भन्नेसँग भएको प्रेमको कारण बानी बेहोरामा परिवर्तन भइसकेको रहेछ । निजसँग प्रेममा फसेको कारण फोन तथा च्याटमा कुरा गर्ने एक्लै बसी मोबाइल मात्र खेलाउने अब तँसँग बस्दिनँ मेरो अर्कोसँग प्रेम बस्यो भनी मिति २०७५।५।२५ गते बिहानै विभिन्न बहाना बनाई निहुँ खोजी निजको मोबाइलमा समेत अश्लील हर्कतको फोटोहरू र मेसेन्जरमा पनि विभिन्न अतिरन्जित अश्लील प्रेमका वार्तालापहरू देखिएको छ । छोरा आरोग्य बोगटी साबिकदेखि नै हाम्रो साथमा नै रही आएका छन् । निजले भनेको समयमा सम्बन्ध विच्छेदको निवेदन दर्ता गर्न आलटाल गरेकोले मैले नै मिति २०७५।५।३१ मा काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको फिराद दायर गरेँ, निजले प्रतिउत्तर फिराउँदा मबाट अंशसमेत लिने गरी सम्बन्ध विच्छेदको प्रत्युत्तर पत्र पेस गरिन् । उनाउ व्यक्तिको प्रेममा डुबेकी विपक्षीले मसँग अंश दाबी गर्न कानूनतः मिल्दैन । मुलुकी देवानी संहिता, २०७४ को दफा ९४, ९८ र ९९ को उपदफा (६) मा यस दफा