निर्णय नं. १०६४० - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६४० - उत्प्रेषण / परमादेश भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७४/०२/०२ १२०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई आदेश मिति : २०७४।२।२ ०७३-WO-०३०८ विषयः- उत्प्रेषण / परमादेश निवेदक : सुनसरी जिल्ला इनरूवा नगरपालिका वडा नं. ९ घर भई हाल मालपोत कार्यालय सुनसरी इनरूवामा ना.सु. (रा.प. अनं. प्रथम श्रेणी) पदमा कार्यरत वर्ष ५४ को कपिलमणि पोखरेल विरूद्ध विपक्षी : सामान्य प्रशासन मन्त्रालय, सिंहदरबार, काठमाडौंसमेत निजामती सेवा नियमावली, २०५० को नियम ३६(३) मा रहेको “पचास वर्ष उमेर पुगेको कर्मचारीलाई निजले मागेमा बाहेक “क” वर्गको भौगोलिक क्षेत्रमा सरूवा गरिने छैन” भन्ने प्रावधान पाको उमेरका राजपत्रअनङ्कित कर्मचारीहरूको हीत संरक्षणका लागि गरिएको विशेष व्यवस्था हो । यसको समुचित पालना सरूवा गर्ने निकाय वा अधिकारीले गर्नु पर्दछ । पचास वर्ष नाघेका कर्मचारी भए पनि केही अपवाद स्वरूपका विशेष अवस्थामा सरूवा गर्न सकिन्छ । यसरी सरूवा गर्दा पनि कानूनद्वारा निर्धारित सर्त र प्रक्रिया पूरा गर्नु नै पर्ने हुन्छ । एउटा मन्त्रालयअन्तर्गतको कर्मचारीलाई अर्को मन्त्रालयअन्तर्गतको कार्यालयमा सरूवा गरिएको जस्ता कारण देखाएर उल्लिखित नियम ३६(३) बमोजिमको सर्त पूरा भएको सम्झन नमिल्ने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री चुडामणी पोखरेल विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.ईश्वरप्रसाद खतिवडा : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ :- म मालपोत कार्यालय इनरूवा सुनसरीमा कार्यरत छु । सामान्य प्रशासन मन्त्रालयको मिति २०७३।०५।३१ को निर्णयअनुसार निजामती सेवा ऐन, २०४९ को दफा १८(३) अनुसारको अवधि कायम हुने गरी मालपोत कार्यालय इनरूवा सुनसरीबाट जिल्ला शिक्षा कार्यालय सोलुखुम्बु सरूवा गरिएको भनि सामान्य प्रशासन मन्त्रालयको प.सं.०७३/०७४ च.नं.२४० मिति २०७३।०५।३१ को पत्र बुझाइयो । निजामती सेवा नियमावली, २०५० को अनुसूची १६ को भौगोलिक क्षेत्रको विवरणमा मलाई सरूवा गरिएको सोलुखुम्बु जिल्ला “क” वर्ग को भौगोलिक क्षेत्रमा र हाल म कार्यरत रहेको सुनसरी जिल्ला “घ” वर्गको भौगोलिक क्षेत्रमा पर्ने गरी वर्गीकरण गरिएको छ । पचास वर्ष उमेर पुगेको निजामती कर्मचारीलाई निजले मागेमा बाहेक “क” वर्गको भौगोलिक क्षेत्रमा सरूवा गरिने छैन भनी निजामती सेवा नियमावली, २०५० को नियम ३६ को उपनियम ३ ले व्यवस्था गरेको छ । म निवेदक ५४ वर्ष उमेर पुगेको निजामती कर्मचारी हुँ, सो कुरामा कुनै विवाद छैन । मैले मालपोत कार्यालय सुनसरीबाट शिक्षा कार्यालय सोलुखुम्बु सरूवाका लागि मागसमेत गरेको अवस्था छैन । मैले सरूवाको माग नै नगरेको ५० वर्ष नाघेको म निवेदकलाई “घ” वर्गको सुनसरी जिल्लाबाट “क” वर्गको सोलुखुम्बु जिल्लामा सरूवा गर्न नमिल्ने निजामती सेवा नियमावलीको नियम ३६ को उपनियम (३) मा कानूनी व्यवस्था हुँदा सो कानूनी व्यवस्थाको ठाडो उल्लङ्घन गरी सामान्य प्रशासन मन्त्रालयले मेरो सरूवा “क” वर्गको भौगोलिक क्षेत्र सोलुखुम्बु जिल्लामा गर्ने गरी मिति २०७३/०५/३१ मा निर्णय भएको छ । यसबाट नेपालको संविधानको धारा १७ (१) को खण्ड (च) द्वारा प्रदत्त रोजगार गर्ने स्वतन्त्रता धारा १८ द्वारा प्रदत्त समानताको हकसमेत हनन हुन गएको र उक्त हक प्रचलन गर