निर्णय नं. १०६४१ - लागु औषध (ब्राउन सुगर)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६४१ - लागु औषध (ब्राउन सुगर) भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०८/१० ६०६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७६।८।१० ०७४-CR-०८०६ मुद्दाः लागु औषध (ब्राउन सुगर) पुनरावेदक / वादी : प्रहरी नायब निरीक्षक रामबहादुर अधिकारीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कास्की जिल्ला, पोखरा लेखनाथ महानगरपालिका वडा नं.१७ बस्ने हाल कारागार कार्यालय कास्कीमा थुनामा रहेका अर्जुन वि.क.समेत प्रतिवादीको साथमा यति परिमाणको लागु औषध फेला परे त्यो कारोबारको लागि हुने र यति परिमाणसम्म भए त्यो सेवनका लागि हुने भन्ने कुनै सर्वमान्य सिद्धान्त वा मापदण्ड भएको पाइँदैन l बरामद भएको लागु औषधको दसी प्रतिवादीसँग त्यसबखत कुन प्रयोजनका लागि रहेको थियो भन्ने कुरा तत्क्षण फेला परेको लागु औषधको परिमाणसँग निरपेक्ष रूपमा नभई तत्कालीन वस्तु परिवेशसँगको सापेक्षतामा हेरिनुपर्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री नवराज पराजुली प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०६९, अङ्क ११, नि.नं.८९२३ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने: मा.जिल्ला न्या.श्री नारायणप्रसाद दाहाल कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री अच्युत विष्ट उच्च अदालत पोखरा फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- मुद्दाको तथ्य मिति २०७१/०१/२८ गते साँझ १६:३० बजेको समयमा कास्की जिल्ला, पोखरा उ.म.न.पा. वडा नं.-५ प्रस्याङस्थित धनबहादुर गौतम र सोमबहादुर पुनको डेराकोठा खानतलासी लिने क्रममा सेतो प्लाष्टिकको झोलाभित्र लुकाई राखेको अवस्थामा भिडियो क्यामेरा थान-१, रातो पत्थर भएको पहेलो रङको लेडिज औंठी थान-१, डेल ल्यापटप थान-१, चरेसको थाल थान-३, चरेसको कचौरा थान-३, सेतो पोलिथिनमा पोको पारी राखेको अवस्थामा लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ-४ ग्राम, सेतो रङको सामसुङ मोबाइल थान-१, कालो रङको सामसुङ मोबाइल थान-१, निलो कालो रङको नोकिया मोबाइल थान-१, कालो रङको नोकिया मोबाइल थान-१, CRUISER लेखिएको घडी थान-१ फेला पारी बरामद गरेको भन्ने बेहोराको खानतलासी तथा बरामदी मुचुल्का । उषा के.सी. समेतको जाहेरीबमोजिमको धनमाल चोरी गरी फरार रहेका सोमबहादुर पुनसमेतलाई खोजतलास गर्दै जाने क्रममा मिति २०७१/०१/२८ गते कास्की जिल्ला, पोखरा-४ सिद्दार्थ चोकमा सोमबहादुर पुन, विमल पाण्डे, जिवन नेपाली, अर्जुन वि.क., धनबहादुर गौतमलाई फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्ने गर्दा निजहरूले मिति २०७१/०१/२३ गते यी जाहेरवालीको घरबाट गरगहना, नगद, क्यामेरा, ल्यापटप, मोबाइल, थाल कचौरासमेत चोरी गरी सोपश्चात् सोही राति उक्त घर नजिकै न्यौपाने थरका व्यक्तिको घरबाट समेत नगद, धनमाल, सुनका गरगहना, कपडाहरू चोरी गरेका हौँ । उक्त चोरीको धनमालहरूमध्ये केही सोमबहादुर पुनको डेराकोठामा र केही सन्तुमाया सार्कीको घरमा राखेका छौँ भनी बताएपश्चात् निजहरूलाई पक्राउ गरी खुलाएबमोजिम घरकोठा खानतलासी गर्ने क्रममा बरामदी मुचुल्कामा उल्लिखित सामान फेला पारी बरामद गरी चोरीको धनमाल राख्