निर्णय नं. १०६४२ - जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६४२ - जालसाज भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०८/११ २२९९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।८।११ ०७२-CR-११६५ मुद्दाः जालसाज पुनरावेदक / प्रतिवादी : दिवाकर अधिकारीको छोरा दाङ लालमटिया गा.वि.स. वडा नं.७ बस्ने खोपीराम शर्मा अधिकारीसमेत विरूद्ध प्रत्यर्थी / वादी : मोहन अधिकारीको पत्नी दाङ देउखुरी लालमटिया गा.वि.स. वडा नं.७ घर भई हाल दाङ सिसहनिया गा.वि.स. वडा नं.७ सिङ्गे बस्ने निर्मला अधिकारी एकै तारिख पर्चामा एकै मितिमा रहेको लगाउको एक मुद्दा (अंश) को मिसिल सामेल रहेको तारिख भरपाईलाई नियमित गरिदिई सोही तारिखको अर्को लगाउको मुद्दा (जालसाज) को मिसिलमा रहेको तारिखमा भरपाई नगराई तथा, सो नगर्नु नगराउनुपर्ने आधार कारणसमेत उल्लेख नगरी बसेको देखिँदा त्यस्तो गल्ती वा त्रुटि तारिख लिने मुद्दाका पक्षको नभई अड्डाकै तर्फबाट भएको मान्नुपर्ने । जुन उद्देश्यका साथ सेवाग्राहीलाई अड्डामा बोलाइन्छ त्यस कामको अर्थपूर्ण निकासा दिने कर्तव्य पनि सम्बन्धित अड्डाकै हुन्छ l अड्डाको त्रुटिपूर्ण काम कारबाहीको दायित्व मुद्दाका पक्षलाई बेहोर्न लगाउनु न्यायोचित नहुने । (प्रकरण नं.२) कुनै कामकारबाही रीतपूर्वक भए नभएको भनी जाँच गर्ने कुरा तथ्यगत आधारमा नभई कानूनी व्यवस्थाको कसीमा परीक्षण हुने विषय हो l मुद्दामा उठेको कानूनी प्रश्न निरूपणका लागि त्यस्तो विषयवस्तु स्वभावैले न्यायिक सरोकार बन्न जाने हुँदा कसैले दाबी लिए पनि नलिए पनि सम्बद्ध कानून र उपलब्ध प्रमाणको परीक्षण गरी कुनै कामकारबाही रीतपूर्वकको हो होइन भनी अदालत स्वयंले जाँच निर्क्यौल गर्न नसक्ने भन्ने नहुने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०४८ सुरू तहमा फैसला गर्ने : मा. जिल्ला न्यायाधीश श्री सूर्यबहादुर थापा दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : माननीय न्यायाधीश श्री रामकृष्ण खनाल माननीय न्यायाधीश श्री श्रीमण कुमार गौतम पुनरावेदन अदालत, तुलसीपुर फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतको पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ : तथ्य खण्ड मेरो पति विपक्षी मोहन अधिकारी, ससुरा खोपीराम शर्मा अधिकारी, सासू शान्तादेवी, जेठाजुहरू मधुसुदन र तिलक अधिकारीसमेतले मिलेमतोमा मेरो अंश हक मार्ने उद्देश्यले कमसल जग्गा र रू.४,९५,०००/- अंशबापत मेरो पतिले बुझेको भनी बनाइएको मिति २०७०/०९/०८ को अंश छोडपत्रको लिखत तथा सो कार्य किर्ते कागजको ३ नं. बमोजिम ठहर गरी ऐजन १० नं. बमोजिम प्रतिवादीहरूलाई सजायसमेत गरिपाउँ भन्ने वादी निर्मला अधिकारीको फिराद दाबी । उमेर पुगेका वादीका पति म मोहन अधिकारी र हामी जेठाजुहरू सबैले आ-आफ्नो भागमा पर्न आउने अंश लिई मुलुकी ऐन रजिस्ट्रेसनको १ नं. बमोजिम अंश छोडपत्रको लिखत दर्ता गरी कानूनबमोजिम छुट्टिई भिन्न भएका हौँ l वादीले दाबी गरेजस्तो कम सम्पत्ति लिएर छुट्टिने निजको पतिलाई फाइदा हुने तर निजलाई नहुने भन्ने भनाइ तर्कयुक्त छैन l यसर्थ, झुट्ठा दाबी खारेज गरिपाउँ भन्ने प्रतिवादीहरू खोपीराम शर्मा अधिकारीसमेतको संयुक्त प्रतिउत्तरपत्र l निर्मला अधिकारीले अदालतबाट तोकिएको मिति २०७०/१२/२७ गतेको तारिख गुजारी बस