निर्णय नं. १०६४३ - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६४३ - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/०८/२४ २४४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति : २०७६।८।२४ मुद्दाः- जबरजस्ती करणी ०७४-CR-०८९३ पुनरावेदक / प्रतिवादी : रामनाथ पासवानको छोरा, सिराहा जिल्ला सुखिपुर नगरपालिका वडा नं. ४ घर भई हाल कारागार कार्यालय सिराहामा थुनामा रहेको उपेन्द्र पासवान विरूद्ध प्रत्यर्थी / वादी : परिवर्तित नाम सिराहा ञ को जाहेरीले नेपाल सरकार ०७५-CR-०४०३ पुनरावेदक / वादी : नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सिराहा सुखिपुर नगरपालिका वडा नं. ४ घर रामेश्‍वर पासवानको छोरा विरेन्द्र पासवानसमेत अदालतमा बकपत्र गर्दा पीडित व्यक्ति साक्षीसरह मात्र भएकोले निजको भनाइ नै अन्तिम प्रमाण होइन । पीडित व्यक्ति मानवीय प्राणी भई उक्त घटना वारदात र अपराधपछि पनि निजले उही समाज र प्रतिवादीको बसोबास रहेको बसेको गाउँ ठाउँमा नै पुनः बस्नुपर्ने भएकोले विभिन्‍न पक्षहरूबाट प्रभावित हुन सक्छ । पीडितले hostile भई बकपत्र गरेको कारणले मात्र प्रतिवादीले उन्मुक्ति पाउन सक्दैन । प्रतिवादीले उन्मुक्ति पाउने कुरा अन्य मिसिल संलग्‍न प्रमाणहरूबाट प्रमाणित पनि हुनुपर्ने । वस्तुस्थितिका मानिसले पनि पीडितको भनाइबाट जबरजस्ती करणी भएको भनेको र पीडितको भनाइ पनि जबरजस्ती करणी भएको भन्ने रहेको र स्वास्थ्‍य परीक्षण प्रतिवेदनहरू र सहअभियुक्तको बयानबाट पनि जबरजस्ती करणी भएको तथ्य नै स्थापित भइरहँदा केवल पीडितको अदालतसमक्षको भनाइलाई मात्र आधार लिएर सफाइ दिन नमिल्ने । (प्रकरण नं.५) वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी प्रतिवादीका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री उज्‍ज्वल मैनाली अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री राजेन्द्र अधिकारी सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री भिमबहादुर बोहरा माननीय न्यायाधीश श्री नसरूल्लाह अंसारी उच्च अदालत जनकपुर, राजविराज इजलास फैसला न्या.प्रकाशमान सिंह राउत : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः म जाहेरवाली परिवर्तित नाम "सिराहा ञ" को मिति २०७२।१०।२६ मंगलबारको व्रत भएकोले अ.१७:०० बजेको समयमा आफ्नै छिमेकी फगुनी भन्‍ने राम लोचन पासवानको घर आँगनमा रहेको मेवाको रूखमा मेवा टिपिरहेको अवस्थामा विपक्षीहरू उपेन्द्र पासवान र विरेन्द्र पासवान म भएको ठाउँमा आई विपक्षीमध्येका उपेन्द्र पासवानले मलाई अश्लील शब्दमा जिस्काई निज विपक्षीहरूले मेरो हात र कम्मरमा जबरजस्ती समाती मलाई निज फागुनी भन्‍ने राम लोचन पासवानको घरतर्फ लान खोजेकोले मैले प्रतिकार गरेको हुँदा, सोही बेला विपक्षी रामु पासवान आई निजले र विरेन्द्र पासवानले मलाई जबरजस्ती राम लोचन पासवानको घर कोठाभित्र धकेली दिएको र विपक्षी उपेन्द्र पासवानसमेतले कोठाभित्र ममाथि धकेली दिई निज रामु पासवान र विरेन्द्र पासवानले कोठाको बाहिरबाट ढोकाको चुकुल लगाई दिई निज विपक्षीहरूले अन्य मानिस आउँछन् भनी हेरविचार गरेकोले मैले हो-हल्ला गर्दा विपक्षी उपेन्द्र पासवानले मलाई जबरजस्ती समाती आफूले घाँटीमा बेरेको गम्छाले मेरो मुख बाँधी मलाई बोल्न कराउन नदिई मलाई सोही कोठाको भुइँमा लडाई मेरो संवेदनशील अ