निर्णय नं. १०६४४ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६४४ - लेनदेन भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/११/०२ ५४७४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही फैसला मिति : २०७६।११।२ ०७३-CI-१६३३ मुद्दाः लेनदेन पुनरावेदक / प्रतिवादी : सिराहा जिल्ला, सीतापुर गा.वि.स. वडा नं.१ हाल मौवाही वडा नं.२ बस्ने विश्‍वर यादवको छोरा हरेराम यादवसमेत विरूद्ध प्रत्यर्थी / वादी : सिराहा जिल्ला, सोठीयाइन गा.वि.स. वडा नं.४ बस्ने रामप्रसाद ठाकुर बरहीको छोरा रामेश्‍वर ठाकुर बरही बैना कागजको लेखक साक्षीको बयान, प्रतिवादीका साक्षीहरूको बकपत्र मौखिक प्रमाण (oral evidence) हुन् । मौखिक प्रमाण आफैँमा conclusive evidence होइन । साक्षीको बयान, प्रतिवादीको साक्षीको बकपत्रलाई अन्य यथेस्ट प्रमाण / अन्य समर्थित प्रमाणले समर्थन (support/corroborate) नगरेको अवस्थामा यी मौखिक प्रमाणहरूलाई मात्र आधार मानेर अदालत निष्कर्षमा पुग्न सक्ने देखिँदैन । अन्य समर्थित प्रमाणको अभावमा यस्ता मौखिक प्रमाणहरूलाई अकाट्य प्रमाण (irrefutable evidence) अथवा एकल निर्णायक प्रमाण (conclusive evidence) को रूपमा अदालतले ग्रहण गर्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री शशीकुमार लाल कर्ण प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्या. श्री उद्धवप्रसाद भट्टराई सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री राजकुमार वन माननीय न्यायाधीश श्री विनोदप्रसाद शर्मा पुनरावेदन अदालत राजविराज फैसला न्या.हरिकृष्ण कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः विपक्षी प्रतिवादीहरू दाजु भाइ नाताको हो । निज प्रतिवादीहरूको संयुक्त नाम दर्ताको जिल्ला सिराहा, गा.वि.स. सिंगराही मटियर्वा वडा नं. ४(ख) को कि.नं. २८६ को ज.वि. ०-०-५ जग्गा मिति २०७० साल वैशाख मसान्तसम्ममा रू.१९,५०,०००।- मा राजीनामा पारित गरी दिने सहमति भई बैनाबापत प्रतिवादी हरेराम यादवले रू.३,००,०००।- शतिराम यादवले रू.१,००,०००।- र प्रतिवादी धनिराम यादवले रू.२,००,०००।- गरी जम्मा रू.६,००,०००।- लिई प्रतिवादीहरूले संयुक्तरूपमा मेरो नाममा मिति २०६९।१०।२३ मा रू.६००,०००।- को बैनाको कागज गरिदिएकोमा उक्त भाखाभित्र मलाई जग्गा पास नगरी अन्यलाई जग्गा पास गरिदिएको र मेरो सावाँ ब्याजसमेत माग गर्दा नदिएकोले विपक्षीहरूबाट मेरो सावाँ ब्याज र कोर्ट फीसमेत दिलाई भराई पाउँ भन्‍ने बेहोराको फिराद दाबी । म प्रतिवादी हरेराम यादवको छोरीको विवाह २०६९।११।२७ गते हुने निश्चित भएपछि सोही विवाहमा आवश्यक पर्ने खर्च जुटाउनको लागि आफ्नो नाम दर्ताको जग्गा बिक्री गर्ने भनी विपक्षी वादीसँग २ प्रतिबैनाको कागज गरेको थिएँ । तर वादीले बाँकी रकम बुझाई जग्गा पास नगरेको र मेरो छोरीको विवाहको लागि रूपैयाँ आवश्यक परेको हुँदा मैले आफ्नो नाम दर्ताको जग्गा अन्यत्र बिक्री गरी छोरीको विवाहको लागि आवश्यक रकम जुटाई छोरीको विवाह गरेको र विपक्षी वादीको उक्त बैनाबापतको रकम रू.६,००,०००।- समेत लेखक साक्षीको सामुन्‍नेमा बुझाई निज वादीसँग भएको एकप्रति बैनाको कागज फट्टा गरेको र एकप्रति लेखक साक्षीले राखेकोमा हामी प्रतिवादीहरूको विश्वासघात गरी उक्त बैनाको कागज वादीलाई दिई प्रस्तुत झुटा ब