निर्णय नं. १०६४७ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६४७ - अंश चलन भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/१२/०४ २७१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७६।१२।४ ०७२-CI-०७९८ मुद्दाः- अंश चलन पुनरावेदक / वादी : कान्छाभाइको नाति अनिलकुमारको छोरा काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बस्ने वर्ष ३१ को निशान वैद्यसमेत विरूद्ध प्रत्यर्थी / प्रतिवादी : लालकाजीको नाति कान्छाभाइको छोरा काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. ७ बस्ने अनिलकुमार वैद्यसमेत कुनै व्यक्तिले आफ्नो मूल अंशियारबाट अंश पाउनु उसको नैसर्गिक अधिकार भए पनि सो अधिकार सम्बन्धित अंशियारले परित्याग गर्न पाउने । जालसाजी गरेको, वादीहरूलाई ठग्ने, नोक्सान पार्ने अभिप्राय नदेखिएसम्म सक्षम अंशियारहरूबिच भएको व्यवहारको कुरामा त्यसपछिको हाँगाको (दोस्रो तहका) छोरा नातीले गरेको दाबीलाई उचित मान्न नमिल्ने । (प्रकरण नं.५) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री श्याम प्रसाद खरेल, श्री हरिहर दाहाल, श्री श्याम प्रसाद ढुंगेल तथा अधिवक्ता श्री अभिषेक अधिकारी प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, डा. श्री शंकर कुमार श्रेष्ठ र श्री रमन कुमार श्रेष्ठ, तथा अधिवक्ताहरू श्री राजेश्वर अधिकारी, श्री नवराज वडाल, श्री अन्जन धिताल, श्री जयलाल भण्डारी, श्री सरिता शर्मा, श्री शिवराम तिमिल्सिना अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू फैसला गर्ने:- माननीय न्यायाधीश श्री दीपेन्द्र अधिकारी काभ्रेपलाञ्चोक जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने:- माननीय न्यायाधीश श्री गोपाल पराजुली मा. न्यायाधीश श्री नारायणप्रसाद धिताल पुनरावेदन अदालत पाटन फैसला न्या.सुष्मालता माथेमा : तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्राप्‍त भई पुनरावेदनको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छः- हाम्रा बाजे कान्छाभाइ वैद्य तथा बज्यै ज्वाहरीदेवी वैद्यका तर्फबाट दुई छोरा जेठो अनिलकुमार वैद्य र कान्छो सुनिलकुमार वैद्य तथा २ छोरीहरू जेठी अमला देवी र कान्छी रमिला वैद्यसमेत जम्मा ४ सन्तानको जायजन्म भएकोमा मिति २०६१।११।४ मा बाजे कान्छाभाइ वैद्यको देहावसान भएको तथा फुपूहरूको समेत विवाह भइसकेको छ । बाजेको देहान्तपश्‍चात् पनि हामी वादी प्रतिवादीहरू एकासगोलमा बसि आएका छौँ । प्रतिवादीहरू अनिलकुमार वैद्य र पुण्यश्‍वरी वैद्यका हामी फिरादीहरू निशान वैद्य तथा गौरव वैद्य २ छोराहरू तथा दुर्गा १ छोरीसमेत ३ मात्र सन्तान भएकोमा म निशान वैद्य र बहिनी दुर्गाको विवाह भइसकेको हुँदा जम्मा ४ अंशियार मात्र विद्यमान रहेको अवस्था छ भने अन्य प्रतिवादीहरूमध्ये ज्वाहरीदेवी वैद्य हजुरआमा, सुनिलकुमार वैद्य काका, सुष्मा अमात्य (वैद्य) काकी तथा आकाश र असीम निज काकाकै छोरा भाइ नाताका हुनुहुन्छ । घरको मुख्य भई सम्पूर्ण कामकाज प्रतिवादी सुनिलकुमार तथा सुष्मा वैद्यले गरी आउनु भएको र हामीले व्यवसायसमेत एकासगोलमा गरी बसिआएकाले पुर्ख्र्यौली चल अचल श्रीसम्पत्ति, घरभाडा, मोटरकारसमेतबाट आम्दानी रहेको अवस्थामा हामी फिरादीले व्यवसाय गर्न नगद वा हाम्रो भाग अंश दिनुहोस् भन्दा प्रतिवादीहरूले कुनै अंश वा खर्च पनि दिँदैनौँ, जानेको गर भनी अन्याय गरेको तथा प्रतिवादीहरू सुष्मा