निर्णय नं. १०६४८ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६४८ - मोही नामसारी भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७६/१२/०४ १८०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा फैसला मिति : २०७६।१२।४ ०६७-CI-१२८४ मुद्दा : मोही नामसारी पुनरावेदक / प्रतिवादी : बारा जिल्ला, वरियापुर गाउँ विकास समिति वडा नं. २ बस्ने विनोदकुमार साह कानुसमेत विरूद्ध प्रत्यर्थी / वादी : बारा जिल्ला, वरियापुर गाउँ विकास समिति वडा नं. १ बस्ने अलाउदिन चुरिहार वास्तविक मोहीप्रति बदनियत राखी मिलुवा मोहीसँग हतार हतारमा थोरै जग्गा लिनु दिनु गरी मिलापत्र गरेको जग्गाधनी पुर्जामा मोही उल्लेख भएको कारणले मात्र मोही नामसारी हुन सक्दैन । मोही नामसारी हुन र मोही मिलापत्र हुन वास्तविक मोही को हो र मोहीको हैसियतले कसले कमाएको छ, कसको जोतभोगमा रहेको छ, सोसमेतका सम्पूर्ण प्रमाणहरूको विवेचना गरी निर्णयमा पुग्नुपर्ने । (प्रकरण नं.११) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुरेश महतो प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा निर्णय गर्नेः भूमिसुधार अधिकारी श्री राजाराम थापा भूमिसुधार कार्यालय, बारा पुनरावेदन तहमा फैसला गर्नेः मा. मुख्य न्यायाधीश श्री केशरीराज पण्डित माननीय न्यायाधीश श्री सुष्मालता माथेमा पुनरावेदन अदालत हेटौंडा फैसला न्या.पुरूषोत्तम भण्डारी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड साबिक जग्गाधनी मौलेश्वरी कनुईनको नाममा दर्ता कायम रहेको जिल्ला बारा गा.वि.स. बरियारपुर वडा नं.२ कि.नं.१ को ज.वि.०-५-८ को दर्तावाला मोही मेरो पिता अजिज मियाँँ चुरिहार भई जोती कमाई मोही अजिज मियाँँ मिति २०५८।१०।१० मा प्रलोक भई हकवाला छोरा ४ मध्ये जग्गाधनीले मलाई नै मोहीमा पत्याई खलैबाट बाली बुझाई आएकोमा मौलेश्वरी कनुईनको मृत्यु भई विनोदकुमार साह कानूको नाममा दर्ता भई निज विनोद साह र विपक्षीहरूबिच बन्डा हुँदै कि.नं.१ कि.का.भई कि.नं. ३८३ को ज.वि.०-१-१६ विनोदकुमार साह, कि नं. ३८४ को ०-१-१६ बैजनाथ साह र कि.नं. ३८५ को ०-१-१६ हृदयनारायण साह कानुको नाममा कायम भई आफ्नो मोही हकको जग्गा जोत आवाद गरी आएकोमा उक्त जग्गा पिता अजिज मियाँँ चुरिहारको नामबाट मेरो नाममा मोही नामसारी गरिपाउँ भन्ने फिरादपत्र । वादी दाबी झट्ठा हो, दाबी जग्गाको पुर्जामा अजिम राय भाट र मोही १ नं. लगतमा अजिज मियाँँ चुरिहार भएकोमा २०५६ सालमा अजिम राय भाटको छोरा उसमान राय भाटले बाली नदिँदा २०५६ सालको कुतबाली मुद्दा कार्यबाहीमा नै रहेको र मोही लगत अजिज मियाँँ चुरिहारको नाममा नै रही निजको मृत्युपश्चात् छोराले २०५७, २०५८, २०५९, २०६० र २०६१ सालसमेतको कुतबाली नदिँदा निजउपर कुतबाली मुद्दा यसै कार्यालयमा चली नै रहेकोले उक्त मुद्दाहरूबाट मोही निष्काशन हुने नै हुँदा वादी दाबीअनुसार मोही नामसारी हुनुपर्ने होइन, छैन खारेज गरिपाउँ भन्ने प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर पत्र । यिनै वादी प्रतिवादी भएको निर्णय बदर मुद्दामा आजका मितिमा वादी दाबी खारेज हुने गरी निर्णय भएको तथा दाबी जग्गाको मोही लगत कट्टा हुने गरी मिलापत्र भइसकेकोले वादी दाबी खारेज हुने ठहर्छ भन्ने सुरू भूमिसुधार कार्यालय बाराको मिति २०६६।४।१५ को फैसला । प्रस्तुत