निर्णय नं. १०६४९ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६४९ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/०३/०१ २७९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति : २०७७।३।१ ०७५-CR-१४५५ मुद्दा:- कर्तव्य ज्यान पुनरावेदक / वादी : बलबहादुर बुढाथोकीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : परिवर्तित नाम ०६ जि.प्र.का. CMA वारदातमा मनसाय, योजना तयारी, पूर्वरिसइवी र कार्यको परिणामको पूर्वानुमान नभएको अवस्थामा कसैले कुनै कार्य सावधानीपूर्वक गर्दा र सो कार्यको प्रकृति, अवस्था र परिणाम थाहा हुन नसक्ने अवस्थामा भवितव्यको वारदात र कसुर हुने । भवितव्यको निर्धारण वारदातको पृष्ठभूमि, कार्यको प्रकृति, अवस्था, परिस्थिति, मृतक र प्रतिवादीबिचको पूर्वसम्बन्ध, रिसइवी, योजना तयारी, मनसाय इत्यादिको आधारबाट हुने । (प्रकरण नं.१०) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७६, अङ्क ४, नि.नं.१०२४८ सम्बद्ध कानून : बालबालिकासम्बन्धी ऐन, २०४८ सुरू तहमा फैसला गर्नेः- मा. जिल्ला न्या. श्री नारायणप्रसाद पराजुली तेह्रथुम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः- माननीय न्यायाधीश श्री विनोद शर्मा माननीय न्यायाधीश श्री सुभाष पौडेल उच्च अदालत विराटनगर, धनकुटा इजलास फैसला न्या.तेजबहादुर के.सी.: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७४।०३।१०५ मा मेरो छोरा दुर्गाबहादुर बुढाथोकी र विपक्षी ०६ जि.प्र.का. CMA बिच जिरी खिम्ती बजारस्थित लाक्चाम टोलमा घरायसी सामग्री नाम्लोको विषयलाई लिई सामान्य भनाभन भई ठेलाठेल हुँदा निज विपक्षले लात्ती मुड्की गरी ठेली मेरो छोराको टाउकोमा गम्भीर चोट लागी मरणासन्न अवस्थामा विराटनगर गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । निज विपक्षीलाई कानूनबमोजिम होस् भन्नेसमेत बेहोराको बलबहादुर बुढाथोकीको जाहेरी दरखास्त । जिल्ला तेह्रथुम म्याङलुङ नगरपालिका वडा नं. ७ स्थित पूर्वमा धनमाया गुरूङको मकैबारी, पश्चिममा मोराहाङ आवतजावत गर्ने कच्ची सडक बाटो, उत्तरमा शिवकुमार लिम्बुको घडेरी र दक्षिणमा टिकाराम गुरूङको घर यति चार किल्लाभित्र अवस्थित भीमबहादुर तामाङको दोकान पसल घरको सिकुवामा मिति २०७४।०३।१५ मा ०६ जि.प्र.का. CMA ले दुर्गाबहादुर बुढाथोकीलाई कुटपिट गरी घाइते बनाएको भन्ने चारकिल्लासहितको घटनास्थल मुचुल्का । वारदातका दिन म काम विशेषले जिरी खिम्ती बजार गई घर फर्कने क्रममा वारदात स्थानमा आइपुग्दा जाहेरवालाको छोरा दुर्गाबहादुर बुढाथोकी मादक पदार्थ सेवन गरी अनियन्त्रित अवस्थामा थिए । निजले मलाई समाई तानी लगी नाम्लो चोर लगाई गालमुखाल कुटपिट गर्न थालेकाले म आवेशमा आई निजको संवेदनशील अङ्ग टाउकोमा एक मुक्का हानेपछि निज दुर्गाबहादुर बुढाथोकी भुइँमा ढलेका हुन् । त्यसरी मुक्काले हान्नु मेरो कमी कमजोरी हुन पुग्यो भन्ने बेहोराको अधिकारप्राप्त अधिकारीसमक्ष प्रतिवादी परिवर्तित नाम ०६ जि.प्र.का. CMA ले संरक्षक बाबु परिवर्तित नाम ०६ जि.प्र.का. CMAF को रोहवरमा गरेको बयान । An alleged history of physical assault (hit by rod) Patient is getting treatment in golden hospital (MICU). According to report of golden hospital, CT head -Lt FTP