निर्णय नं. ४४२९ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४४२९ - कर्तव्य ज्यान भाग: ३३ साल: २०४८ महिना: फागुन अंक: ११ फैसला मिति :२०४८/०८/२२ २८४७ निर्णय नं. ४४२९ ने.का.प. २०४८ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको फौ.पु.नं. ३८०, सा.नं. ६५ फैसला भएको मिति: २०४८।८।२२।१ मा पुनरावेदक/प्रतिवादी: जि.का. कारागार शाखा चितवनमा थुनामा रहेको भैरवबहादुर भण्डारी विरुद्ध विपक्षी/वादी: राजनकुमार खड्काको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) जघन्य अपराध भरसक्य लुकेरै गर्ने हुँदा चश्मदिद गवाह नहुनुलाई अस्वभाविक मान्न सकिदैन र शव परीक्षण हुँदा लास सडी गली सकेकोले कारण नखुले पनि लासको लुगा आदि विवरण तथा प्रहरीको साविती अन्य सबूदबाट समर्थित भएको अवस्था देखिएबाट अपराध र अपराधी प्रमाणित हुने । (प्रकरण नं. २९) पुनरावेदकतर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगाना विपक्षी/वादीतर्फबाट: विद्वान सहन्यायाधिवक्ता श्री नरेन्द्रकुमार श्रेष्ठ फैसला न्या.गोविन्दबहादुर श्रेष्ठ १. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको मिति ०४६।८।६।३ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । (साविक पेज नं. ८०४) २. मेरो पिताको नामको जग्गा भैरवबहादुरलाई कमाउन दिएको थियो । भैरवबहादुरले बाली बुझ्न बोलाएकोले ०४३।४।२१ गते भैरवबहादुर कहाँ जानु भएकोमा भाद्र १६ गतेसम्म घर नफर्कनु भएकोले भैरवबहादुरलाई सोद्धा पोखरा जानु भएको भन्थ्यो । पछि बुझ्दा जग्गा भैरवबहादुरकी श्रीमती कल्पनाकुमारीको नाममा दर्ता गरिसकेको र निजै दुईजना मिली मेरो पितालाई बेपत्ता पारेकोले पक्राउ गरी ज्यान पत्ता लगाई पाउँ भन्ने समेत व्यहोराको राजनकुमार खडकाको जाहेरी दर्खास्त । ३. उक्त जग्गाको रुपैयाँ पचाउने नियतले मेरो पितालाई कर्तव्य गरी मारी लाश बेपत्ता पारी नक्कली चिठ्ठी पठाउन लागेकाले साँचो कुरा पत्ता लगाई कारवाही किनारा हुन मैले जाहेरी दर्खास्त दिएको हो भनी जाहेरवालाले गरेको सनाखत कागज । ४. ढलकबहादुरको बम्बैमा मृत्यु भयो भनी हिन्दी र नेपाली दुई छुट्टा छुट्टै भाषामा लेखिएको पत्रहरु मिसिल सामेल रहेछ । ५. म लेखापढी गर्न जिल्ला कार्यालय अगाडि बसिरहेको अवस्थामा एक जना मानिसले कागज लेखी दिनु पर्‍यो भनेबाट लेखी नाम सोद्धा नीर शम्शेर भनेका थिए निजको नाम भैरवबहादुर रहेछ भन्ने अहिले थाहा भयो । लेखन्दास हुँदा लेखी दिएको हुँ भन्ने समेत व्यहोराको ओमप्रकाश जोशीको जि.प्र.का.चितवनमा भएको बयान कागज । ६. मिति ०४३।५।२ गते बेलुका ढलकबहादुर रक्सी खाई मेरो घरमा आएको रहेछ । दिसा बस्न भनी घोल तर्फ गएको थियो । निजलाई मार्न पाए रुपैयाँ तिर्न पर्दैन भनी घाँटी थिची मारी दिएको हुँ । पछि खोजतलास गर्दा म माथि शड्ढा नगरुन भनेर नक्कली चिठ्ठी पठाएको हुँ भन्ने समेत व्यहोराको भैरवबहादुरको प्रहरी समक्ष भएको बयान कागज । ७. चितवन पंचकन्या गा.पं. वडा नं. ९ जय मंगला बस्ने भैरवबहादुरको बारीमा खाल्टो भित्र ढलकबहादुरको लाश पुरी ढलकबहादुरको लाश हो भनी राजकुमार समेतले गरिदिएको सनाखत मुचुल्का । ८. भैरवबहादुर भण्डारीले ढलकबहादुरलाई कर्तव्य गरी मारेकोमा विश्वास लाग्छ श्रीमतीको नाममा जग्गा पास गरेबाट श्रीमती समेतको संलग्नता रहेकोमा शंका लाग्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ९. म बिहान बेलुका पढ्न जाने हुँदा दाजु भाउजुले के के गर्छ थाहा छैन भन्ने समेत व्यहोराको भैरवबहादुरको बहिनी वि