निर्णय नं. १०६५१ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६५१ - बन्दीप्रत्यक्षीकरण भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/०७/२४ १३८८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति : २०७७।७।२४ ०७७-WH-००९८ मुद्दाः- बन्दीप्रत्यक्षीकरण निवेदक : हुम्ला जिल्ला, नाम्खा गाउँपालिका वडा नं. ६ स्थित स्थायी ठेगाना भई काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने हाल कारागार कार्यालय, धुन्चे रसुवामा थुनामा राखी बन्दी बनाइएको कुन्जोक छिरिङ तामाङको हकमा कानून व्यवसायी अधिवक्ता डिलहरी शर्मा विरूद्ध विपक्षी : कारागार कार्यालय, धुन्चे, रसुवासमेत बन्दीप्रत्यक्षीकरणको रिटबाट अदालत वा मुद्दा हेर्न कुनै निकायमा विचाराधीन मुद्दाको तथ्यभित्र प्रवेश गरी विवादित विषयमा प्रमाणसमेत बुझी केलाई ती अदालत वा निकायले गर्ने फैसलामा नै प्रभाव पार्ने गरी औचित्यताको खोजी गर्ने कार्य गरिँदैन । बन्दीलाई थुनामा राखिएको कार्यको वैधतासम्म परीक्षण गरी गैरकानूनी तरिकाबाट थुनामा राखिएको भएमा बन्दीलाई थुनाबाट मुक्त गर्न बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिने । स्वच्छ सुनुवाइ गर्नुपर्ने दायित्त्व हरेक तहको अदालतमा रहन्छ । न्यायिक स्वायत्तता मर्ने गरी तल्लो तहमा विचाराधीन मुद्दामा हस्तक्षेप गर्नु उचित हुँदैन । त्यसो गर्दा न्यायिक निकायहरूको तहगत सोपान खलबलिन जान्छ । सबै तहका अदालतले सक्षमतापूर्वक सुनुवाइ गरी विवादहरूको निरूपण गर्छन् भन्ने विश्वास सर्वोच्च अदालतले राख्नुपर्छ । सर्वोच्च अदालत अन्तिम तहको न्यायकर्ता हुँदा सबै तहका अदालतले न्याय गर्छन् भन्ने कुरालाई यसले चनाखोपूर्वक हेर्ने हो, हरेक तहमा हस्तक्षेप गर्ने होइन । (प्रकरण नं.११) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री डिलहरी शर्मा र श्री चिरञ्जिवी कोइराला विपक्षीका तर्फबाट : विद्वान् नायब महान्यायाधिवक्ता श्री पदमप्रसाद पाण्डेयय र विद्वान् सहन्यायाधिवक्ता श्री श्यामकुमार भट्टराई अवलम्बित नजिर : ने.का.प. २०६८, अङ्क ८, नि.नं. ८६६५ सम्बद्ध कानून : नेपालको संविधान मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र १३३(२) बमोजिम यस अदालतको असाधारण क्षेत्राधिकारभित्र दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य खण्ड एवं आदेश खण्ड यस प्रकार छ: तथ्य खण्ड रसुवा जिल्ला अदालतमा कारबाही चलिरहेको वादी नेपाल सरकार प्रतिवादी कुन्जोक लामासमेत भएको अवैध रूपमा आखेटोपहार ओसारपसार गरेको ०७६-C२-०००५ नं. को मुद्दामा कुन्जोक छिरिङ तामाङलाई गैरसंवैधानिक र गैरकानूनी किसिमले थुनामा राखी बन्दी बनाइएको छ । उक्त ०७६-C२-०००५ नं. को मुद्दामा प्रतिवेदन, बरामदी तथा खानतलासी मुचुल्कासमेतका कागजपत्रहरूमा कुन्जोक छिरिङ तमाङको नाम उल्लेख छैन । उक्त कागजपत्रहरूमा कुन्जोक लामाको नाम उल्लेख छ । कुन्जोक लामा र कुन्जोक छिरिङ तामाङ एउटै व्यक्ति नभई फरक-फरक व्यक्ति हुन् । अभियोगपत्रमा समेत कुन्जोक छिरिङ तामाङको नाम उल्लेख भएको छैन । अदालतमा बयान गर्दा कुन्जोक छिरिङ तामाङले आफ्नो नाम कुन्जोक छिरिङ तामाङ लेखेको अवस्था छ । कुन्जोक लामा भन्ने मानिस कुन्जोक छिरिङ तमाङ होइन भन्ने कुरा नाम्खा गाउँपालिका वडा नं. ६ को कार्यालयको मिति २०७७।६।१९ को प्रमाणित कागजले पुष्टि गरेको छ । म कुन्जोक लामा नभएको पुष्टि कुन्जोक छिरिङ तामाङको नागरिकताको प्रमाणपत