निर्णय नं. १०६५२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६५२ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७७/१२/०३ १४९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७७।१२।३ ०७५-WO-०२६२ विषयः- उत्प्रेषण निवेदक : जिल्ला धनुषा क्षिरेश्‍वरनाथ नगरपालिका वडा नं. ५ बस्ने लालजी साहको छोरा आकाश गुप्‍ता विरूद्ध विपक्षी : डिनको कार्यालय, त्रिभुवन विश्‍वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, ललितपुरसमेत नागरिकता बन्न नसकेको अवस्थामा नागरिकता पेस गर्न नसकेको कारणबाट उच्च शिक्षा अध्ययन गर्नबाट कोही पनि नेपाली नागरिक वञ्चित हुनु न्यायको दृष्टिमा उचित हुँदैन । शिक्षा प्राप्त गर्ने हकलाई संविधानले मौलिक हकको रूपमा समेत उल्लेख गरेको अवस्थामा नागरिकता नबनेकै कारण भर्ना हुन नपाउने अवस्थाको सिर्जना हुनु संविधानको मर्म र भावनासमेत विपरीत हुन जाने । (प्रकरण नं.३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री शैलेन्द्रप्रसाद हरिजन र श्री राजेन्द्र खनाल विपक्षीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री दशरथ पंगेनी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान आदेश न्या.हरिप्रसाद फुयाल : नेपालको संविधानको धारा ४६ एवं धारा १३३ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छः- रिट निवेदनको बेहोरा म निवेदक जिल्ला धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ मा जन्म भई हाल १९ वर्ष पुगेका शिक्षित नेपाली नागरिक हुँ । म निवेदकको बुबा लालजी साहले जन्मको आधारमा धनुषा जिल्लाबाट नेपाली नागरिकता (ना.प्र.नं.१७३०९०-४८) प्राप्त गर्नु भएको छ भने आमा रिता देवी साहले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता (ना.प्र.नं. १७१०९०-२०) प्राप्त गर्नु भएको छ । मेरो आमा र बुबा दुवै नेपाली नागरिक हुनुहन्छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा इन्जिनियरिङ विषय अध्ययनको लागि शैक्षिक वर्ष ०७५/०७६ को स्नातक बी.ई. आर्क तहको विद्यार्थी भर्नाका लागि सञ्चालन गरिने प्रवेश परीक्षासम्बन्धी सूचनामा प्रवेश परीक्षाको फाराम भर्नका लागि कक्षा १२ को प्रवेश पत्र वा नागरिकताको प्रमाण पत्र पेस गर्नुपर्ने थियो । मैले नागरिकता नभएकोले कक्षा १२ को प्रवेश पत्र पेस गरेको थिएँ । मैले त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकमा इन्जिनियरिङ विषय अध्ययनको लागि प्रवेश परीक्षाको आवेदन दिई उत्तीर्ण भएकोले म भर्ना हुन जाँदा अनिवार्य नागरिकता पेस गर्नुपर्ने भनी नागरिकता बिना भर्ना नलिने भनी पुल्चोक क्याम्पसले मौखिक आदेश गरेको र मिति २०७५।५।२० मा बि.ई./बि.आर्क. तहमा भर्नाका लागि दोस्रो सूची प्रकाशन गरिएको भन्ने सूचनाअनुसार भर्नाको लागि थापाथली क्याम्पसमा मेरो नाम उल्लेख भएर आएकोले संस्थानको सूचनाअनुसार भर्ना हुन जाँदा त्यहाँ पनि नागरिकता अनिवार्य रूपमा चाहिने भनी क्याम्पस प्रशासनले भन्यो । डिनको मौखिक आदेश छ, उहाँको अनुमति बिना तपाइँको नागरिकता नभएकोले भर्ना लिन नमिल्ने भन्दै थापाथली क्याम्पस प्रशासनले मेरो भर्ना गर्न नमानेकाले म पढ्नबाट वञ्चित हुन पुगेको छु । मेरो जन्म नेपालमै भएको र निरन्तर रूपमा बसोबास गर्दै आएको भन्ने बेहोराको स्थानीय निकाय (वडा कार्यालय) र जिल्ला प्रशासन कार्यालय, धनुषाले दिएको सिफारिस पेस गरी क्पाम्पसमा भर्ना हुन जाँदासमेत भर्ना फाराम स्वीकृत नगरी नागरिकता नै अनिवार्य रूपमा माग गरी मलाई गैरकानू