निर्णय नं. १०६५३ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६५३ - परमादेश भाग: ६३ साल: २०७८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०७८/०१/०९ २७२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७८।१।९ ०६८-WO-०३०८ मुद्दा : परमादेश निवेदक : श्री चित्तरञ्जन चौधरीको छोरा जिल्ला महोत्तरी जलेश्वर न.पा. वडा नं. ११ खैरा बस्ने वर्ष ५३ को इन्जिनियर, अधिवक्ता तथा छात्र दिनेश चौधरी विरूद्ध विपक्षी : श्री क्याम्पस प्रमुख तथा परीक्षा समितिका अध्यक्ष विश्व भाषा क्याम्पस, प्रदर्शनी मार्ग, काठमाडौंसमेत परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूको उत्तरपुस्तिका हेर्न दिनु भनी परमादेशको माग गरेको अवस्थामा संविधानप्रदत्त सूचनाको हक आफ्नो वा सार्वजनिक सरोकारको कुनै विषयको सूचना माग्ने र पाउने हक हो । सार्वजनिक महत्त्वको नदेखिएको परीक्षाको उत्तरपुस्तिका जस्तो व्यक्ति सरोकारको विषयमा अन्य परीक्षार्थीको समेत उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्ने माग सूचनाको हकको अवधारणा अनुकूल नदेखिने । (प्रकरण नं.७) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दिनेश चौधरी विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली अवलम्बित नजिर : सम्बद्ध कानून : त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अनिवार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन, २०७५ आदेश न्या.दीपककुमार कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) अनुसार दर्ता भई नियम बमोजिम पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार छ:- रिट निवेदनको बेहोरा म रिट निवेदक Civil Engineering (B.E), L.L.B र Diploma in Computer Engineering शिक्षा हासिल गरी हाल विश्वभाषा क्याम्पसमा English Writing को Advanced Level को प्रथम सेमेष्टर उत्तीर्ण भई द्वितीय सेमेष्टरको नियमित विद्यार्थी हुँ । शिक्षाको क्रममा भगवान् बुद्धद्वारा उपदेशित शीलहरूको आधारमा अखिल नेपाल भिक्षु महासंघद्वारा सञ्चालित परियति शिक्षासमेत ग्रहण गरी यसको कोविद स्तरको विद्यार्थी पनि हुँ । अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा हो । यही भाषा सिक्ने क्रममा मैले थोरै भए पनि अङ्ग्रेजी शिक्षा सिकेँ । सत्यार्जन गर्नको लागि गुणस्तर शिक्षा अनिवार्य मानिन्छ । शिक्षाले व्यक्तिको नैतिकता, सदाचारको उत्थान गरिनुपर्छ र क्याम्पसले विषयवस्तुको ठिक ढङ्गले अध्ययन गराउनु, परीक्षा दिलाउनु र सही तरिकाले विधिसम्मत रूपमा परीक्षाफल प्रकाशित गर्नुपर्छ । आफूले सही उत्तर नदिई उत्कृष्ट अङ्कको आश गर्नु पाप हो भने सही उत्तर लेखेर कम अङ्क प्राप्त गर्नु र चुपचाप बस्नु महापाप हो । यस्ता क्रियाकलापले परीक्षकको मनोबल बढी उत्कृष्ट र असल विद्यार्थीको लोप हुने सम्भावना हुन्छ । मैले अङ्ग्रेजी सिक्न, जान्न अथक प्रयास गरेँ । विभिन्न पुस्तक र गुरूवर्गको direction लाई अनुशरण गरी प्रथम Semester राम्रो अङ्क प्राप्त गरी उत्तीर्ण गरेँ । जब दोस्रो (अन्तिम) Semester को कक्षा लिन पहिलो दिन क्याम्पस जाँदा अरू सबै भाषाका कक्षाहरू भइरहेको थियो तर हाम्रो कक्षा नभएकाले सोको पर्खाइमा बसेँ । धेरै समय पर्खंदा पनि कक्षा सञ्चालन नभएपछि हामीहरू Department Head (Mr. Bamdev Sharma) सँग भेट गर्यौं । आफ्नो समस्या भनेपछि वहाँले Class Teacher (Mr. Ganesh Baral) सँग भेट गराइदिनु भयो । Class Teacher ले Next Monday देखि कक्षा हुने जवाफ दिए पनि तोकिएको समयमा भएन । भोलिपल्ट बिहानै Campus Chief (Mr. Yadav Pant) सरसँग गुन