निर्णय नं. १०६५७ - मानव बेचबिखन तथा ओसारपसार / हाडनाता करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६५७ - मानव बेचबिखन तथा ओसारपसार / हाडनाता करणी भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०३/०७ १८१६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ फैसला : २०७७।३।७ ०७३-CR-०५४७ मुद्दाः- मानव बेचबिखन तथा ओसारपसार / हाडनाता करणी पुनरावेदक / प्रतिवादी : जिल्ला बर्दिया ताराताल गा.वि.स. वडा नं. १ घर भई हाल कारागार कार्यालय बाँकेमा थुनामा रहेको जितबहादुर सुनार विरूद्ध विपक्षी / वादी : परिवर्तित नाम "कालिका सी" को जाहेरीले नेपाल सरकार विधायिकाले मानव बेचबिखनजन्य कार्यलाई अति गम्भीर र संवेदनशील अपराधको कोटीमा राखी जाहेरी र अनुसन्धानको क्रममा पीडितले गरेको कागजलाई पछि यस्ता पीडित व्यक्ति सो कसुर गर्ने व्यक्तिको प्रभावमा परी अदालतमा बकपत्र गर्ने क्रममा आफ्नो मौकाको भनाइबाट विमुख नहुन भनी राखिएको देखिने । (प्रकरण नं.४) वारदातको प्रकृति, पीडितको बयान बेहोरा र मिसिल संलग्न अन्य परिस्थितिजन्य प्रमाणबाट करणी भएको होइन भन्‍न नसकिने अवस्था हुँदा पीडितको अनुसन्‍धानको क्रममा स्वास्थ्य परीक्षण नगराएको कारणले मात्र प्रतिवादीले उन्मुक्ति पाउने नदेखिने । (प्रकरण नं.७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्री ईन्दिरा सिलवाल विपक्षी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शान्तिप्रसाद लुइँटेल अवलम्बित नजिर : सम्बद्ध कानून : मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री हरिप्रताप के.सी. बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री यज्ञप्रसाद बस्याल मा. न्यायाधीश श्री भानुभक्त शर्मा न्यौपाने पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या.दीपककुमार कार्की : साबिक न्याय प्रशासन ऐन, २०४८ तथा न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः- तथ्य खण्ड म जाहेरवालीको आमा वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा गएको र अन्यायी बुबा जितबहादुर सुनार भारत कानपुरमा कुक काम गर्थे । घरमा म, भाइ र बहिनी थियौं । बुबा २०६९ साल वैशाख महिनामा घर आई म र भाइलाई सँगै भारतमा लाने कुरा गरी निजले म र भाइलाई भारत कानपुर स्थित आफू काम गर्ने ठाउँमा लगी राखेकोमा मलाई रिँगटा लाग्ने र टाउको दुख्ने भएको हुँदा बुबाले मलाई उपचार गर्न लखनउ लगेपश्चात् अस्पतालमा आज उपचार हुँदैन भोलि मात्र हुने भयो, आज यहीँ बसौं भनी छेदिलाल धर्मशालामा बास बस्यौँ । साँझको खाना खाई म दुईवटा खाट भएको कोठामा सुत्न गई एउटामा म सुतेपछि अन्यायी बाबुले रक्सी खाई म सुतेको बेडमा आई सँगै बेडमा सुती मेरो संवेदनशील अङ्गहरू छुन लागेपछि मैले होइन के गर्नुभएको भन्दा निजले मलाई गुण्डाहरू लगाएर यहीँ मारी दिन्छु मलाई छोरी भए पनि आमा भए पनि मतलब छैन भनी विभिन्न डर त्रास दिई जबरजस्ती करणी गरेका हुन् । भोलिपल्ट कानपुर स्थित डेरा कोठामा लगी मिति २०६९।६।११ र १२ गते पनि कोही नभएको मौका छोपी करणी गर्नुभएको र त्यहीँको एक नाम थाहा नभएको होटलमा लगी बन्द गरी राखी हिन्दी बोल्ने मानिससँग निजले पैसा लिई कोठामा पठाई उक्त हिन्दी बोल्ने मानिससमेतले मलाई करणी गरेको हो । त्यसपछि निज बाहिर आई अन्यायी जितबहादुर सुनारसँग यसलाई मुम्बइसम्म पुर्‍याउनु पर्छ राम्रै पैसामा बेच्न