निर्णय नं. १०६५८ - खुन डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १०६५८ - खुन डाँका भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०६/१२ १८८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपककुमार कार्की माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान फैसला मिति : २०७७।६।१२ मुद्दाः- खुन डाँका ०७४-CR-०२३१ पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं.१ तौलिहवा घर भई हाल कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेको शिवदास कान्दुको छोरा वर्ष २३ को कृष्ण कान्दु विरूद्ध प्रत्यर्थी / वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार ०७४-CR-०५२२ पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं.४ घर भई हाल कारागार कार्यालय कपिलवस्तुमा थुनामा रहेको वर्ष २७ को मालिंगा तथा दिनेश भन्ने सुर्यनाथ मिश्र विरूद्ध प्रत्यर्थी / वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार ०७४-CR-०९६७ पुनरावेदक / प्रतिवादी : जिल्ला कपिलवस्तु, कपिलवस्तु नगरपालिका वडा नं.२ घर भई हाल कारागार कार्यालय कपिलवस्तुमा थुनामा बस्ने सतिशकुमार कौशल (गुप्ता) विरूद्ध प्रत्यर्थी / वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार ०७४-CR-१२०२ पुनरावेदक / वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला कपिलवस्तु, कपिलवस्तु न.पा. वडा नं.४ अदालत टोल वतन भई हाल जिल्ला कारागार कार्यालय, कपिलवस्तुमा थुनामा रहेका विष्णुप्रसाद मौर्य (मुराउ) को छोरा बब्लु मौर्य (मुराउ) भन्ने देवव्रत मौर्यसमेत ०७४-RC-०१४८ वादी : नितिनकुमार मित्तलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : बब्लु मौर्य मुराउ भन्ने देवव्रर्त मौर्य कुनै पनि प्रतिवादीले अनुसन्धान तहकिकातको अवस्थामा अधिकारप्राप्त अधिकारीबाट स्वेच्छाविरूद्ध बयान गराइएको अवस्थामा त्यसको विरूद्ध अदालतमा निवेदन दिई स्वेच्छाविरूद्धको बयान हो भनी प्रमाणित गराउन सक्नुपर्ने । (प्रकरण नं.६) वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री गोविन्दप्रसाद उपाध्याय प्रतिवादीका तर्फबाट : विद्वान् वैतनिक अधिवक्ताद्वय श्री इन्दिरा सिलवाल, श्री रजिता थापा तथा विद्वान् अधिवक्ता श्री गोपाल पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ बालबालिकासम्बन्धी ऐन, २०४८ सुरू तहमा फैसला गर्नेः मा. जिल्ला न्यायाधीश श्री हरिश्चन्द्र ढुंगाना कपिलवस्तु जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः माननीय न्यायाधीश श्री हेमराज पन्त माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या.दीपककुमार कार्की : उच्च अदालत तुलसीपुर, बुटवल इजलासबाट मिति २०७३।१२।१ मा भएको फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम वादी नेपाल सरकार तथा प्रतिवादीहरू कृष्ण कान्दु, मालिंगा तथा दिनेश भन्ने सूर्यनाथ मिश्र र सतिशकुमार कौशल गुप्ताको तर्फबाट पुनरावेदन परी र प्रतिवादी बब्लु मौर्य मुराउ भन्ने देवव्रत मौर्यको हकमा न्याय प्रशासन ऐन, २०७३ को दफा १०(३) बमोजिम साधक दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड मेरो बुबा श्यामसुन्दर मित्तल मिति २०७१।४।२८ गतेदेखि हराउनु भएको हुँदा खोजतलास गरिपाउँ भनी निजको छोरा नितिनकुमार मित्तलको तर्फबाट हुलिया निवेदन पर्न आएको हुँदा निजको खोजतलासको लागि परिपत्र गरिदिनु हुन अनुरोध भन्ने बेहोराको इलाका प्रहरी कार्यालय चन्द्रौटाको सञ्चार पत्र । मिति २०७१।४।