निर्णय नं. ८२७० - कर्तव्यज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७० - कर्तव्यज्यान भाग: ५१ साल: २०६६ महिना: फागुन अंक: ११ फैसला मिति :२०६६/०७/०४ ३१६१ निर्णय नं. ८२७० फागुन, २०६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६५ सालको स.फौ.पु.नं.– ०८१६ संवत् २०६५ सालको साधक नं.०२१ फैसला मितिः२०६६।७।४।४ मुद्दा :– कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जिल्ला ईलाम महमाई गा.बि.स.वडा नं.६ बस्ने शुकबहादुर नेम्वाङ्ग विरुद्ध प्रत्यर्थी वादीः जिल्ला ईलाम महमाई गा.बि.स.वडा नं.७ बस्ने, नन्दकुमारी नेम्वाङ्गको जाहेरीले नेपाल सरकार नन्दकुमारी नेम्वाङ्गको जाहेरीले नेपाल सरकार विरुद्ध जिल्ला ईलाम महमाई गा.बि.स.वडा नं.६ बस्ने शुकबहादुर नेम्वाङ्ग § आत्मरक्षा आफूले मनलागेको बेलामा वा अनुकूल पर्ने गरी वा बचाउको अन्य आधारको समाप्ति (exhaust at other grounds of defense) मा जिकीर लिन पाइने होइन । अपितु बास्तवमा नै ऐनले निर्दिष्ट गरेको अवस्थामा आफ्नो जीउ ज्यान जोगाउन अन्तिम बिकल्पको रुपमा हतियार उठाएको वा आफ्नो ज्यान जोखिममा पार्ने माथि प्रहार गरेको हुनु पर्‍यो । यो अवस्था कुनै संदेहविना प्रमाणित हुनुपर्ने । (प्रकरण नं.३) शुरु फैसला गर्ने मा.जि.न्या. श्री लेखनाथ घिमिरे पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री ऋषिराज मिश्र मा.न्या. श्री पुरुषोत्तम भण्डारी पुनरावेदक प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री टेकबहादुर रावल प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः § ज्यानसम्बन्धी महलको १३(१) नं. § अ.बं.१८८ नं. फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, ईलामको मिति २०६४।९।२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत परेको पुनरावेदन र ऐ.ऐनको दफा १०(१) बमोजिम साधक जाँचको लागि साधक दायरीमा समेत दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :- मिति २०६३।५।२० गते दिउँसो मेरो श्रीमान मानबहादुर र देवर शुकबहादुर नेम्वाङ्ग समेत २ जना ईलाम महमाइ–७ लक्ष्मीचोक पुगी घर फर्की आउने क्रममा बाटामा बिवाद गर्दा भाई शुकबहादुर नेम्वाङ्ग आवेशमा आई निजले भीरेको दापमा रहेको कर्द (चक्कु) निकाली श्रीमान मानबहादुरको कोखा र छाती लगायतको भागमा पटक पटक प्रहार गरी घटनास्थलमा नै कर्तव्य गरी मारेका र स्थानीय मानिसहरूले देखी घटनास्थल आउँदा अभियुक्त शुकबहादुर नेम्वाङ्ग रक्ताम्बे कर्द देखाई केही पर खोल्सीमा फ्याली भागी फरार भएकाले मिति २०६३।५।२१ गते बिहान मानिस भेला भई लाश खोलामा जलाई अन्तिम दाह संस्कार गरेको हुँ । यसरी मेरो श्रीमान मानबहादुरलाई धारिलो हतियार कर्द प्रहार गरी कर्तव्य गरी मार्ने शुकबहादुर नेम्वाङ्गलाई पक्राउ गरी कानूनबमोजिम गरिपाऊँ भन्ने समेत व्यहोराको नन्दकुमारी नेम्वाङ्गको जाहेरी दरखास्त । ईलाम महमाई–६ ठेवाटार स्थित पूर्व पश्चिम, ऐ.७ नं.वडा लक्ष्मीचोकबाट ऐ.वडा नं.१ पलासेसम्म आवतजावत गर्ने सडक, दक्षिणमा बुद्धिमान घिसिङ्गको घर, उत्तरमा बलबहादुर तामाङ्गको घर यति चार किल्ला भित्र रहेको पूर्व पश्चिम बाटोको दक्षिण पट्टि छेउमा मानबहादुर नेम्वाङ्ग लिम्बूलाई आफ्नै भाई शुकबहादुर नेम्वाङ्ग लिम्बूले मिति २०६३।५।२० गते अं.१७.३० बजेको समयमा आफैले भिरेको खुकुरीको दापमा रहेको कर्द (चक्कु) ले मानबहादुर नेम्वाङ्ग लिम्बूको शरीरको अगाडि छातीका भागमा विभिन्न ठाउँमा घोची रोपी कर्तव्य गरी मारेको भनिएको घटनास्थलमा रहेको झार जंगलमा रगत जस्तो पदार्थ लागेक