निर्णय नं. १०६६० - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६६० - जबरजस्ती करणी भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०६/११ २३३७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ फैसला मिति : २०७७।६।११ ०७४-CR-०४६३ मुद्दा : जबरजस्ती करणी पुनरावेदक / प्रतिवादी : अर्घाखाँची जिल्ला, जधुके गा.वि.स. हालको ऐ.गाउँपालिका वडा नं.१ घर भई हाल कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंअन्तर्गत भद्रबन्दी गृहमा थुनामा रहेको चन्द्रबहादुर गाहा विरूद्ध प्रत्यर्थी / वादी : ०७२-२ को जाहेरीले नेपाल सरकार विशेषज्ञ चिकित्सकले पीडितको शरीर, यौनाङ्गको जाँच गरी शरीरमा देखिएको घाउ चोटको बारेमा उल्लेख गरी तयार पारिएको स्वास्थ्य परीक्षण प्रतिवेदन अन्यथा प्रमाणित नभएसम्म जबरजस्ती करणी जस्तो अपराधमा महत्त्वपूर्ण प्रमाणको रूपमा रहन्छ । वैज्ञानिक विधि पद्दतिबाट जाँच गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदन तथ्यगत प्रमाण नै हो । पीडितको शरीरमा जबरजस्ती आपराधिक कार्य गर्दा पर्न गएको घाउ चोट प्रमाण वस्तुगत आधारमा देखिने हुँदा त्यस्तो प्रमाणलाई न्यायको रोहमा अनदेखा गर्नु मनासिब नहुने । (प्रकरण नं.१६) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान्‌ वैतनिक अधिवक्ता श्री ईन्दीरा सिलवाल प्रत्यर्थी / वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.न्या.श्री विष्णुप्रसाद अर्याल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री रामप्रसाद अधिकारी मा.न्या.श्री यमुना भट्टाराई उच्च अदालत पाटन फैसला न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्य खण्ड मिति २०७२।०५।२५ गते राति अं. २०:३० बजेको समयमा काठमाडौं जिल्ला, टोखा न.पा., वडा नं.१३ मिलनटोल स्थित अच्युत लामिछानेको घरमा डेरा गरी बस्ने म जाहेरवालाको दिदी वर्ष ५९ की दुवै आँखा नदेख्‍ने वृद्ध महिला परिवर्तित नाम ०७२-१ आफ्नो आवास कोठा बाहिर प्यासेजमा एक्लै बसिरहेको अवस्थामा चन्द्रबहादुर गाहाले विभिन्न प्रलोभन देखाई सोही घरको भुइँ तलामा रहेको ट्वाइलेटमा लगी ट्वाइलेटको ढोकाको चुकुल लगाई बोल्न कराउन नदिई ज्यानसमेत लिने डर धम्की दिई शरीरको सम्पूर्ण कपडाहरू खोली पीडितको मन्जुरीविना नै जबरजस्ती करणी गरी ढोका उघारी भाग्न खोज्दा मेरो घर परिवारका सदस्यहरूले थाहा पाई दोषी चन्द्रबहादुर गाहालाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो । निज चन्द्रबहादुर गाहालाई मुलुकी ऐन, जबरजस्ती करणीको महलबमोजिम कारबाही गरी पीडित मेरी दिदी परिवर्तित नाम ०७२-१ लाई विपक्षी पीडक चन्द्रबहादुर गाहाबाट कानूनबमोजिम क्षतिपूर्तिको रकमसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको परिवर्तित नाम ०७२-२ को जाहेरी दरखास्त । पीडित र जाहेरवालाको वास्तविक नाम परिवर्तन गर्नुपर्ने भएको हुँदा निजहरूको वास्तविक नामको सट्टामा जाहेरवालाको परिवर्तित नाम ०७२-२ र पीडितको परिवर्तित नाम ०७२-१ भनी नाम परिवर्तन गरिएको छ भन्नेसमेत बेहोराको नाम परिवर्तन गरेको कागज । परिवर्तित नाम ०७२-२ को जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चन्द्रबहादुर गाहा भएको जबरजस्ती करणी मुद्दामा वारदातमा संलग्न चन्द्रबहादुर गाहाले परिवर्तित नाम ०७२-१ लाई जबरजस्ती करणी गरेको भनी मुख साबिती भएको हुँदा निजलाई पक्राउ गरी दाखिला गरेका छौं । निजउपर कानूनबमोजिम कार