निर्णय नं. १०६६१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६६१ - उत्प्रेषण भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७६/१२/०३ १६५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७६।१२।३ ०७०-WO-०८२३ मुद्दा :- उत्प्रेषण निवेदक : उदिमबहादुरको श्रीमती ललितपुर जिल्ला गोदावरी गा.वि.स. वडा नं.६ बस्ने पबीमाया राई विरूद्ध विपक्षी : पुनरावेदन अदालत पाटनसमेत उत्प्रेषण जारी नगरे व्यक्तिको हकमा प्रत्यक्ष असर पर्ने स्थिति भएमा उत्प्रेषणको आदेश जारी गर्ने गरिन्छ । तर वैकल्पिक उपचारको विद्यमानता रहेको अवस्थामा सामान्यतया उत्प्रेषणको आदेश जारी गर्न उपयुक्त हुँदैन । फैसला कार्यान्वयनको अवस्थामा जिल्ला अदालतले गरेको आदेशलाई न्यायको कसीमा जाँच गरी सदर बदर गरी कानूनअनुरूप गरेको पुनरावेदन अदालतको आदेशलाई असाधारण क्षेत्राधिकारअन्तर्गत बदर गर्नुपर्ने प्रस्तुत मुद्दामा कुनै आधार नदेखिने । विनाआधार उत्प्रेषणको आदेश जारी गर्दा न्याय निस्पादन गर्ने निकायहरूमा अनिश्चितता हुनुका साथै फैसलाको अन्त हुने अवस्थासमेत नदेखिने । (प्रकरण नं.१८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री बालकृष्ण न्यौपाने विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रमेशकुमार मैनाली र विद्वान् अधिवक्ता श्री तेजबहादुर राई अवलम्बित नजिर : ने.का.प.२०७३, अङ्क ७, नि.नं.९६३५ सम्बद्ध कानून : आदेश न्या.विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६, १३३(२) बमोजिम यसै अदालतको अधिकार क्षेत्रभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्‍य र आदेश यसप्रकार छ:- तथ्य खण्ड वादी श्याम राई प्रतिवादी उदिमबहादुर राईसमेत भएको अंश चलन मुद्दामा ललितपुर जिल्ला अदालत तहसिल शाखाबाट मिति २०७०।३।४ मा कि.नं.२९३, २५७, २८७, ३२५, ९७ समेत जग्गाको बन्डा छुट्याउँदा विपक्षी दरखास्तवालाको ८ भागमा घर पर्ने र बाँकी रहेको मसमेतको भागमा घर नपर्ने गरी बन्डा मुचुल्का भई सोही मितिमै भोजपुर जिल्ला अदालतमा पठाइदिने गरी तामेली आदेशसमेतका काम कारबाही बदर गरी पाउन दण्ड सजायको ६१ नं. बमोजिम उजुरी गरेकोमा मुचुल्कासमेत बदर नहुने गरी मिति २०७०।९।१२ मा आदेश भयो । सो आदेशसमेत बदर गरिपाउँ भनी मुलुकी ऐन अ.बं. १७ नं. बमोजिम पुनरावेदन अदालत पाटनमा निवेदन गरेकोमा निवेदकले दाबी लिएको कि.नं. ३२५ को जग्गा तायदाती फाँटवारीमा परेको र भएको बन्डा मुचुल्काले निवेदनकको के कस्तो हक हितमा प्रतिकूल भई बेरितबाट हुन गएको हो निवेदनमा जिकिर लिन सकेकोसमेत नदेखिएबाट त्यहाँबाट मिति २०७०।९।१२ मा भएको आदेश बेरितको नदेखिँदा परिवर्तन गर्न मिलेन भन्ने बेहोराको मिति २०७०।११।२९ मा आदेश भयो । अतः विपक्षी निकायका उल्लिखित निर्णय र काम कारबाहीले म निवेदकको माथि उल्लिखित कानूनी हक र नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२ (३) (च), धारा १३ (१), धारा १९ समेतको हक हनन भएकोले धारा ३२ र १०७ (२) बमोजिम उत्प्रेषणको आदेश जारी गरी विपक्षी ललितपुर जिल्ला अदालत तहसिलबाट भएको मिति २०७०।३।४ को बन्डा मुचुल्का सोही दिनको तामेली आदेशलाई इजलासबाट भएको मिति २०७०।९।१२ र २०७०।२।३१ को आदेश सो आदेशलाई सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनबाट भएको मिति २०७०।११।२९ को आदेशसमेतका सम्पूर्ण निर्णय र काम कारबाही बदर गरी पुनः कानूनबमोजिम गर्नु, गराउनु भनी विपक्षी निकायहरूका नाममा परमादेश वा अन्य जो चाहिने आज्ञा आदेश वा पुर्जीसमेत जारी गरिपाऊँ । साथै यो र