निर्णय नं. १०६६५ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १०६६५ - कर्तव्य ज्यान भाग: ६३ साल: २०७८ महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/११/०७ ३१०६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७७।११।७ ०७६-RC-०१६८ मुद्दाः- कर्तव्य ज्यान वादी : प्र.ना.नि. होमनाथ अधिकारीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : बाल सुधार गृह भक्तपुरमा रहेका परिवर्तित नाम थर ४४ कुश्‍मा (९) बालबालिकाको अधिकारको परिप्रेक्ष्यमा किशोर अवस्थामा रहेका कानूनले बालबालिका हुन् भनी निर्धारित गरेको उमेर समूहभित्र देखिएका वा सामान्यतया २० वर्षको उमेरसम्मका किशोर किशोरीहरूबिच हुने असुरक्षित यौन सम्बन्धसँग सम्बन्धित कसुरजन्य कार्यमा कानून कार्यान्वयन गर्दा उदार दृष्टिकोण अपनाउनु उपयुक्त देखिने । किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोर किशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने हुँदा तथा असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा किशोर किशोरीहरूको सामाजिक पुनर्स्थापनामा समस्या देखिन सक्ने । (प्रकरण नं.६) असुरक्षित यौन सम्बन्धका कारण जुनसुकै उमेर समूहका महिलाबाट जन्मिने नाबालकलाई वा कानूनले निर्धारण गरेको बालबालिकाको उमेर समूह वा बिस वर्षभन्दा कम उमेर समूहका महिलाबाट त्यस्तो असुरक्षित यौन सम्बन्धका कारण जन्मने नाबालकको तत्काल गरिने जातक हत्या (Infanticide) का सम्बन्धमा महिलालाई हेर्ने परिवर्तित संवैधानिक, कानूनी तथा सामाजिक दृष्टिकोणमा आएको परिवर्तन, उनीहरू रहेको सामाजिक परिस्थिति तथा त्यस्तो कार्यमा संलग्न महिलाहरू क्रूर तथा अपराधी नभई सम्बन्धित पुरूष गैरजिम्मेवार भएको र लोकलज्जाका कारण त्यस्तो कार्य गर्न बाध्यात्मक अवस्था सिर्जना भई अविवाहित वा विवाहित अवस्थामा पनि बच्चा जन्मनासाथ लुकाउने, छोड्ने वा मारिदिनुपर्ने अवस्था सिर्जना भएको हुन सक्ने । जातक हत्याको अभियोगमा परेका महिलाहरूले गरेको ज्यानसम्बन्धी कार्य कसुरको रूपमा मानिने भए तापनि यथासम्भव मानवीय दृष्टिकोणबाट हेरिनुपर्ने र कम उमेर समूहका महिला भए उनीहरूको विकासशील अवस्थालाई मध्यनजर गरिनुपर्ने । न्यायिक दृष्टिकोणले अदालतहरूले यस प्रकृतिको कसुरमा उल्लिखित आधार र कारणसहित सम्बन्धित महिलाको आत्मसम्मान, समानताको हक र समाजमा महिलाको परिवर्तित पहिचानसमेतलाई मध्यनजर गरी यस प्रकृतिको कसुरमा न्यूनतम सजाय गर्दा पनि न्यायको उद्देश्य पूरा हुने । (प्रकरण नं.७) असुरक्षित यौन सम्बन्ध हुन गई गर्भ रहन गएको र सामाजिक लान्छनाबाट बच्न जातकको हत्या गरेको अवस्था तथा परिस्थितिलाई समेत विचार गरी निर्णय गर्नु उपयुक्त देखिने । सामाजिक तिरस्कार तथा लोकलज्जाबाट बच्न आपराधिक कार्यको परिणामका सम्बन्धमा कुनै सोच विचारै नगरी शिशु जन्मनासाथ शिशुलाई जन्म दिने आमाले हत्या गरेको तथा प्रारम्भदेखि नै कसुर स्वीकार गरी न्यायिक प्रक्रियालाई सहयोग पुर्‍याएकोले ऐनअनुसार सजाय गर्दा चर्को पर्न जाने अवस्था र परिस्थितिलाई समेत विचार गरी निजलाई २ वर्ष कैद गर्दा पनि कानूनको मकसद पूरा हुने । (प्रकरण नं.८) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : ने.का.प.२०७२, अङ्क २, नि.नं.९३५२ ने.का.प.२०६३, अङ्क १२, नि.नं.७७९७ ने.का.प.२०३८, अङ्क २, नि.नं.१४३९ सम्बद्ध कानून : मुलुकी अपराध (संहिता) ऐन, २०७४ फौजदारी कसुर (